गुरू मिङ्मा

अभिनवप्रभा साहित्यिक पत्रिका कात्तिक–पुस, २०७९ अंक २ बाट धन्यवाद सहित साभार।
(कथा) १५


उनको पार्थिव शरीरलाई पशुपतिनाथ मन्दिरको पूर्वतर्फ बागमती नदीको किनारमा रहेको ब्रह्मनालमा राखियो । पवित्र मानिएको बागमतीको प्रदूषित पानी मृतकको ओठमा राखियो । आफन्त र साथीभाइले श्रद्धापूर्वक चढाएको पूmल र मालाले बाँसका घारामा सुताएको लास पूmलकै थुम्को जस्तै बन्यो । अनि लासलाई हेलिकप्टरमा राखेर चुमलिङतिरै लगे ।
हिराबहादुर रोकाया क्षेत्रीका मातापिता छ दशक पहिले रुकुमबाट गोर्खाको आरूघाट झरेका थिए । त्यसबेला पिता धनबहादुर तीस र आमा ठूली बीस वर्षका थिए । सन्तानलाई अक्षर चिनाउन बास सारेका थिए । बाबुले दुई हजार पाँच सय रुपियाँ उनलाई दिँदै भनेका थिए, “दिन सक्ने भइछस् भने आउनू, माग्न चाहिँ नआउनू । यसलाई अंश नै ठान्नू ।”
धनबहादुर आरूघाट बजार नजिकै बसे । अंशको मूल धन र कठोर परिश्रम गरेर त्यहाँ उनले खेत, बारी, खरबारी जोडे । हिरापछि दुई छोरी र एक छोरा थपिए । आरूघाट झरेपछि दुई पटक रुकुम पुगे । पहाडमा खेतीपाती गरेर दुईछाक खान र लत्ताकपडाका लागि ऋण लिन नपर्ने परिवारलाई इज्जतदार ठानिन्थ्यो । धनबहादुर त्यस्तै थिए । उनले जेठी छोरीको विवाह धादिङ सल्यानटार र कान्छीको गोर्खा बजारमै गरिदिए ।
शिक्षाको महत्त्व बुझेकाले बाबुले बारम्बार हिरालाई “ए, ठूले तँ पनि गोर्खामा पढ्न जा । हाम्लाई कुरेर नबस । सकुन्जेल काम गर्छौँ । हातखुट्टा चल्न छाडेपछि बाँच्नै पो किन परो र” भन्थे ।
हिराले बाइस वर्षको उमेरमा बल्ल एसएलसी गरे । ‘ हिरा, ढिलो भएर केही हुँदैन । जा पोखरै गएर पढ् । खेत बेच्न परे पनि बेचौँला” भन्दै बाबुआमाले कर गरे तर हिराले आँटै गरेनन् ।
हिराले आरुघाटमा नै अस्थायी शिक्षकका रूपमा पढाउन थाले । गाउँको पौष्टिक आहारले उनको शरीर खाइलाग्दो थियो । उनी अग्लो, गोरो र हँसिला थिए । गाउँका केटीहरू हिरा भनेपछि भुतुक्कै हुन्थे । आखिर मन न हो, कमजोर हुन्छ । मन पग्लन बेर लाग्दैन । त्यस्तैमा आरूघाटकै एक जना गुरूङ कन्या कमलासँग हिरा प्रेमबन्धनमा बाँधिए । पातलो सलक्क परेको जीउ, छिनेको कम्मर, ठूला आँखा, पातला ओठ, हँसिलो, गोरो मुहार भएकी कमला पनि आरूघाटमा राम्री भनेर चिनिएकी थिइन् । कमलाले पाँच कक्षा मात्र पढिन् । गाउँको कुरा दुई दिन पो लुक्न सक्छ । हिरा र कमलाको प्रेमको कुरा पनि एक–कान, दुई–कान आरूघाट मैदान भइहाल्यो ।
एक दिन उनीहरूले बूढीगण्डकीका किनारमा ठूलो ढुङ्गाले छेलिएर धेरै बेर कुरा गरे । हिराले कमलाको हात समाउँदै भने “कमला, तिमी एक पटक तिम्रो आमाबालाई भन । उहाँहरूले स्वीकृति दिनुभयो भने म घरमा बाआमालाई भन्छु । हामीले आमाबाबुलाई मनाएरै विवाह गरौँ । त्यसो गर्दा विस्तारै जातपातको विभेद कम हुन्छ ।”
कमलाले सानो ढुङ्गाले चिसो बालुवामाथि चित्र कोर्दै उनकी आमाले भनेको कुरा सुनाइन्, “ हिरा क्षेत्री हुन् । हामी गुरूङ हाँैं । हाम्रो जात र संस्कार फरक छ । तँलाई भोलि हेलाँ गर्लान् तर पनि यदि हिराको बाबु र तेरो बाबुले ‘हुन्छ’ भने सबै मिल्छ । ती रुकुमका क्षेत्री हुन्, सम्पत्ति भए पनि मात्तेका छैनन् ।”
त्यो सुनेर हिरा निकै खुसी भए । उनको ध्यान आफ्ना बाबुआमालाई सम्झाइबुझाई गर्नेतिर गयो । त्यो साँझ हिराले भैँसी दुहुने, घाँस हाल्ने काम छिट्छिटो ग¥यो । सधैँझैँ खाना खाएपछि भाइबहिनीहरू पिँढीमा गुन्द्री ओच्छ्याएर पल्टेका थिए । मङ्सिर महिनाको जुनेली रात थियो । खेतमा धान पाकेर पहेंलपुर भएको थियो । त्यो साँझ जूनको उज्यालोमा बूढीगण्डकीका छाल सेताम्मे देखिएका थिए भने हलुका हावाको झोंकामा लहराएका धानका बाला बयली खेलेको दृश्य लोभलाग्दो देखिन्थ्यो ।
आमासँग टाँसिएर गाह्रो मान्दै हिराले भन्यो, “ बा, एउटा कुरा भन्नु थियो ।”
“के भो, पोखरा पढ्न जाने भइस् ?” बाबुले भने ।
“हैन”
“अनि के त ?”
“तपाईंको छोरो तन्नेरी भयो रे बिहे गर्नु परो रे बाउ भएर पनि केही वास्ता छैन”, ठूलीले भनिन् ।
“के भन्छे यो ?” अलि झर्केको स्वरमा बाबुले भने ।
“बा, दाइले तलकी कमला दिदीलाई मन पराउँछ । तपाईंले मान्नुभयो भने बिहे गर्ने रे”, हिराकी बहिनीले प्वाक्कै भनिदिई ।
धनबहादुर पिँढीबाट ओर्लेर गोठ गए । छिरलिएको घाँस सोहोरेर फेरि टाट्नामै थुपारिदिए । जूनको उज्यालो पिँढीसम्मै पुगेको थियो । रात छिप्पिदै जाँदा बूढीगण्डकीको सुस्साहट भने बढेको थियो । जूनको वरपर ताराहरू मधुरो रोशनीमा टिलपिलाएका थिए । त्यो रात धनबहादुर केही बोलेनन् ।
पिँढीका खाटमा ढल्केर जून हेर्दै उनले सोचे, “ यो प्रकृतिको चक्र निरन्तर चलिरहन्छ । जून अस्ताउँछ । फेरि उदाउँछ । मानिस एकपटक अस्ताएपछि जूनझैँ फेरि उदाउँदैन । सृष्टि र विनाश भइरन्छ । बा बिते, म छु । म पनि अस्ताउँदै छु । मेरो ठाउँ छोराछोरीले लिए । वंशको बीउ जोगाएर संसार चलाउन बिहे त गर्नैप¥यो । अमर गुरूङको छोरी मन परेछ । जातपात मानिसले नै बनाएका हुन् । जातपातको विभेद हामीले नहटाए कसले हटाउला ? भोलि बिहान कमलाको बाबुलाई भेट्न जान्छु ।”
जून अस्तायो । तारा चहकिला बने । धनबहादुर पनि निद्रादेवीको काखमा लुटपुटिए । गण्डकीको सुस्साहट बढ्दै गयो ।
बाबुको प्रतिक्रिया नपाउँदा खिन्न बने पनि हिरा डराएको थिएन । बाबु उठ्दा ऊ गोबर फाल्ने, घाँस हाल्ने, कुँडो खुवाउने काम सकेर कुवामा पानी लिन गएको थियो ।
धनबहादुरले भैँसी दुहे । चिया पिएर अमरको घरतिर गए । त्यसबेला अमर पनि घरधन्दा सकेर चिया पिउँदै थिए ।
उनलाई देख्नासाथ अमरले “कता हो काजी सा’ब एकाबिहानै ?” भन्दै पिँढीको गुन्द्रीमाथि कम्बल ओछ्याएर “बस्नुहोस्” भने । “दिदीलाई सञ्चै होला नि !” भन्दै अमरकी श्रीमतीले चिया ल्याइन् । धनबहादुर पश्चिमबाट आएका हुन् । खस साम्राज्यका बेला क्षेत्री, गुरुङ र मगर प्रमुख पदमा थिए । उनैका सन्तान भनेर अमरले उनलाई काजी सा’ब भन्थे । अमर भारतीय सेनाको पेन्सनर सुवेदार भएकाले धनबहादुरले ‘स्वीदार सा’ब’ भन्थे । यी दुई असाध्यै मिल्थे । सञ्चो, बिसञ्चो तथा खेतीपातीको कुरा गरेपछि धनबहादुरले अमरलाई हँस्यौली शैलीमा भने –
‘हैन हो, स्वीदार सा’ब, म के सुन्दै छु, हँ ! तपाईंको आँगनमा फुलेको पूmललाई, हाम्रो केटाले मन पराएको छ रे’ ! के हो कुरो ? पूmल दिने हो भने, मैले मेरो घरमा लगेर माया गरेर सजाएर आँगन भरिभराउ गर्छु ।”
“तपाईं काजीसाहेब क्षेत्री, हामी गुरूङ कसरी मिल्ला र खै ?” सुवेदार्नीले चियाको गिलास उठाउँदै भनिन् ।
सुवेदार गोठतिर गए । फर्केर पहिलेकै ठाउँमा बसे । काँचोपातको सुर्ती मोलेर ओठमुनि चेप्दै अमरले भने, “हुन ता नाहुने के छ र ? जातपात, छुवाछुत ठीक होइना । गोराको देशमा जातपातको कुरै छैना, विकास छ । हाम्रोमा शिक्षा छैन । मेरो आँगनको पूmल मन पराएर काजी नै माग्न आएपछि मैले दिन्ना भन्ना मिल्दैना तर हाम्रो चलन बमोजिम दिदीबहिनी, बाबुबाजेसँग सोध्नुपर्छा, छोरीसँग बुझ्नुपर्छा ।”
काजीले अर्थ बुझे । गुरूङ जातिमा मामाचेली र फुपूचेलाबीच विवाह गर्ने चलन भएकाले अमरले त्यसो भनेका थिए । अमरले आफन्तसँग छलफल गरे । मेहनती क्षेत्री परिवार, जागिरे केटा, जग्गाजमिन हुनाका साथै केटाकेटीले एकार्कालाई मन पराएका आधारमा उनीहरूले धनबहादुरका छोरालाई छोरी दिन स्वीकार गरे । ढिलो नगरी सुवेदार र उनकी पत्नी धनबहादुरका घरमा एक ठेकी दही लिएर गए । उनलाई नै उनको चलनअनुसार दिन हेरेर जन्ती लिएर आउन मञ्जुरी दिए ।
मङ्सिर महिना किसानलाई अनाज थन्क्याउन भ्याइनभ्याई थियो । आरूघाट बजारमा चुमनुब्रीबाट झर्ने र गाउँतिर जाने मानिसको चहलपहल बढेको थियो । आरुघाट नेपाल, चीन र भारतको यस भेगको सबैभन्दा पुरानो बाटामा पर्ने ऐतिहासिक बजार हो । बूढीगण्डकीको पानी नीलो हुँदै थियो । बिहान, बेलुका भने मनास्लुतिरबाट आएको हावाको झोंकाले चिसोको सङ्केत दिएको थियो । गणेश हिमालका चुलीहरू चौपट्टै लोभलाग्दा देखिन्थे । प्रकृतिको त्यो रमाइलो वातावरणमा चालिस वर्ष पहिले यसरी हिराबहादुर रोकाया क्षेत्री र कमला गुरूङको मागी विवाह भयो । त्यसबेला अहिले जस्तो अन्तरजातीय विवाहको चलन थिएन ।
त्यसबेला मेलापाता, वन, पँधेरामा यस्तो गाइँगुई सुनिन्थ्यो–
“पश्चिमको मतवाली क्षेत्री होला, त्यै भर गुरुङसँग बिहे गरो नि ।”
“गुरूङकी छोरी बिहे गरेर के भो त, हाम्रै गाउँको दाजुभाइको चेली त हो नि ? यस्तै गर्ने हो भने जातभातको कुरा हट्थ्यो नि दिदी, हैन र ?”
“काजीको छोरा हो । जागिर छ । कस्तो भाग्यमानी रैछे, कमला त ।”
“ठीक गरे । यो जातपातको विभेद हटाउन अघिसरेकामा त धन्यवाद दिनुपर्छ ।”
– – – – – –
बिहेलगत्तै हिराले प्राथमिक विद्यालय स्तरको स्थायी शिक्षकमा नाम निकाले । आरूघाटको स्कुलमा पढाउनुभन्दा उत्तरी गोर्खाको पवित्र चुम उपत्यकामा पुगेर शिक्षाको बीउ रोप्ने हिराको भित्री चाहना थियो । अक्षर चिन्नबाट वञ्चित ती स्याउ जस्तै राता गाला भएका बालबालिकासँग खेल्दै तिनको सिँगान पुछिदिँदै तिनलाई शिक्षित बनाउन उनी चाहन्थे । हिउँदमा आरूघाट हुँदै लुम्बिनीसम्म जाने चुमका हिमाली परिवारसँग बाल्यकालदेखिनै उनको साइनो गाँसिएको थियो । लामो बख्खु, आङ्गी, दोचा, पानदेन, सेता बाला, चाँदीको पेटी, जन्तर, मुगाको हार पहिरेका महिला, लामो केश भएका पुरुष, बालबालिका सबै मिलेर जाडो छल्न झरेका चुमनुब्रीबासीसँग गाउँले जडिबुटी किन्थे । लुम्बिनीबाट फर्कँदा कपडा, सलाई, सियो, धागो ल्याएर गाउँलेलाई बेच्थे । अलिअलि नेपाली बोल्थे । गाउँबाट चामल, कोदोको पिठो, खुर्सानी लिएर चुमतिर चढ्थे । बर्खाको बेला तिब्बतबाट सामान ल्याउने, लेकमा चौँरी चराउने, खेती गर्ने गर्थे । त्यो चुमबासीको जीवनचक्र थियो ।
हिराले “पर्वत, बाग्लुङका शिक्षकले डोल्पा गएर शिक्षा दिएझैँ, त्यो विकट गाउँमा गएर, त्यहाँका बालबालिकालाई अक्षर चिनाउन पाए म बाँचेको सार्थक हुन्थ्यो” भन्ने कुरा कमलालाई भनेका थिए । स्थायी भएपछि उनले हमालतिरै जाने निधो गरे । चुम उपत्यकामा शिक्षाको ज्योति बाल्ने हिराको चाहनालाई परिवारले साथ दिए ।
त्यही वर्ष हिराको छोरा जन्मेको थियो । गोर्खा पुगेर नियुक्तिपत्र लिए । परिवार, छिमेकी र स्कुलसँग बिदा भए । हिरा चुमतिर जाने टुङ्गो भएकाले गाउँलेले चुमलिङबाट भरिया पठाइदिएका थिए । उनीहरूलाई चामल, पिठो, ओढने–ओछ्याउने लुगा, कापी, कलम, चक, डस्टर, पुस्तक डोकामा बोकाएर बूढीगण्डकीको तीरैतीर उकालो लागे । कुहिरेपानी, सोतीखोला, जगत, फिलिम, लोक्पा हुँदै चौथो दिन चुमलिङ पुगे । गण्डकीको तीर, गणेश हिमाल, हिमालचुली, मनास्लु, शृङ्गीका हिमाच्छादित चुचुरा, सेताम्मे झरना र भीमकाय काला चट्टाने पहाड ठिङ्ग उभिएको देख्दा हर्षले आल्हादित हुन्थे । जगतपछि माने पर्खाल, बुद्ध, सेनरब, पदमसम्भवका ढुङ्गामा कुँदिएका मूर्ति र मन्त्र, भित्ते चित्र देख्दा उनी प्रफुल्ल देखिन्थे ।
गण्डकी सुसाएको आवाज अग्ला काला पहरामा ठोकिँदा पखेरामा सङ्गीत गुञ्जेको भान हुन्थ्यो । चराचुरुङ्गीको चिरबिर आवाज र सल्लाको सुसाइले त्यहाँ प्रकृतिबीच नृत्य प्रतिस्पर्धा भए जस्तो लाग्थ्यो । लोक्पा नपुग्दै एउटा गोरेटो मनास्लुतिर लागेको थियो भने अर्को चुमतिर । त्यहींँ नजिकको दोभानमा मनास्लु हिमालबाट आएको बूढीगण्डकीमा गणेश हिमालतिरबाट आएको सियार खोला मिसिएको थियो ।
भरियाले उनलाई “चुम र मनास्लु क्षेत्रलाई चुमनुब्री भन्दछन् । अति प्राचीनकालमा चुममा ‘स्वर्गका देवता बस्ने गर्थे रे । त्यसैले यहाँ बलि दिइँदैन” भनेर जानकारी गराए ।
चुमलिङ पुगेको साँझ गाउँलेले खादाद्वारा स्वागत गरे । लामाले स्वागत मन्त्र पाठ गरे । त्यस्तै सत्तरी नाघेका, केश बाँधेर फेटा बनाएका, पातलो लामो दारी भएका थुप्तेन चुमले स्वागत गर्दै भने –
‘ शृङ्गी हिमालको काखबाट सारलाई स्वागत छा । चुमलिङ गाउँ छेकम्पार, लामागाउँ, निले, गणेश हिमालको द्वार हो । यहाँ गणेश हिमाल र उत्तरमा तिब्बतसम्म धेरै हिमाल, नदी, झरना, खर्क, गाउँ र गुम्बा छा । यहाँ लुम्बिनी जस्तो ठूलो–ठूलो मैदान छा । आलु, गहुँ, उवा राम्रो फल्छा । किसानले चाँैरी, याक र भेडा पाल्छ । बर्खामा पशु लिएर तिब्बतसम्म पुग्छा । उताबाट सामान जडिबुटी ल्याउँछा र बेच्छा । हामी घरमा धेरै बस्दैना । हाम्रो पुर्खा यहाँ दुई–तीन हजार वर्ष पहिले पश्चिमबाट आएर बसेको भन्छा । सार आयो हामी धेरै खुसी छा । हाम्रो बच्चाले अक्षर चिन्छा । तिमी हाम्रो गुरू रिम्पोचे भयो ।’
भोलिपल्ट बिहान भेट्ने गरी सबै बिदा भए ।
सबै गाउँमा पुराना गुम्बा भए तापनि त्यहाँ स्कुल खुलेको थिएन । हिउँ परेपछिको सफा बिहानीमा मनास्लु हिमाल मुसुक्क मुस्काएझैँ स्थायी शिक्षक गाउँमा पुगेकाले चुमबासी मुस्काएका थिए ।
बिहान ८ बजे गाउँले भेला भए । पूर्वबाट सेतो हिमालको चुचुराले चियाउँदै थियो ।
हिराले सबैलाई नमस्ते गरे । गाउँ, परिवार सहित हालै आफ्नो छोरो जन्मेसम्मको परिचय दिँदै हिराले भने, “तपाईंहरू जाडामा तलमाथि गर्दा ससाना भाइबहिनीलाई देखेँ । यहाँका बालबालिकाले पढ्ने अवसर नपाएको थाहा पाएँ । स्थायी शिक्षक भएपछि म चुम गएर पढाउँछु भन्ने अठोट गरेको थिएँ । स्थायी हुनासाथ, म चुमलिङमा आएको छु । ’
हिराले बोली नसक्दै सबैले एकैचोटि “हामी धेरै खुसी छु । हाम्रो नानीले अक्षर चिन्छा । हाम्रो नानीले आँखा देख्छा । गाउँलेले के गर्न पर्छा, हामी तयार छा” भने ।
उनीहरूलाई स्वागत गर्दै हिराले भने, “म स्थायी शिक्षक भएकाले स्कुल खोल्न र भवन बनाउन सरकारले पैसा दिन्छ । हामी सदरमुकाम जाऔँला । चार वर्षमा स्कुल बन्छ । तत्काललाई चुमलिङका बच्चाहरू पढ्ने घर, खुला ठाउँ, केही बेन्च, कुर्ची बन्दोबस्त गर्नुप¥यो ।”
फेरि सबै गाउँले एक स्वरमा बोल्न थाले । कसैले “रुख काट्ने सिफारिस ल्याएर बेन्च, टेवल, कुर्सी बनाउँछौँ ” भने । कसैले “मेरो पुरानो घर खाली छ, स्कुललाई त्यो दिन्छा” भने । कसैले “जग्गा दिन्छु” भने ।
हिरा बसेको घरका घरधनीले त्यहाँ उपस्थित पाहुनालाई सुचे (जडिबुटी, दुध, नौनी र नुन मिसाएर मथेर बनाइने चिया) थपी–थपी खुवाएका थिए । अन्तमा गाउँमा सबैले आदर गर्ने पेम्बा चुमले भने, “स्कुलको लागि सार्वजनिक जग्गा पछि खोज्ने । अहिलेलाई दावाको पुरानो घर सफा गरेर त्यहीँ बच्चा पढाउने । कुर्ची, टेबल, बेन्चको लागि वनबाट काठ ल्याएर बनाउने ।”
सबैले “ हुन्छा” भनेर खुसी प्रकट गरे । त्यही बीचमा हिराले अनुरोध गर्दै भने, “तपार्इँहरूले भनेको सबै ठीक छ तर कुर्ची, टेबल बनाउन रुख काट्न हुँदैन ।”
त्यसबेला त्यहाँ रुख काटेर काठका घर नै बनाउने चलन थियो ।
“सार के भन्छा ? काठ नकाटेर टेबुल कसरी बन्छ त ?”बीचबाट कसैले भन्यो ।
“काटाँैंला, तर सरसल्लाह गरेर । यदि हाम्रो वनमा पुरानो, ढल्न थालेको, धमिरो लागेकोे रुख रहेछ भने त्यो ल्याऔँला नि, हुन्न र ?” हिराले भने ।
फेरि केहीले “हुन्छा, हामी खोज्छा” भने ।
कसैले “म सरलाई मेरो कुर्सी ल्याउँछ” भने ।
अर्कोले “मैले बच्चा बस्ने तीनवटा बेन्च ल्याउँछ” भने ।
“मेरोमा टेबल छ”, अर्काले थप्यो । गाउँलेले त्यसो भन्दाभन्दै टेबल, बेन्च, कुर्चीको व्यवस्था भइनै हाल्यो ।
त्यस दिन साँझसम्म गाउँलेले पुरानो घर सफा गरे । टेबल र कुर्ची मिलाए । कक्षाकोठाको भित्तामा एउटा पुरानो काठको फ्ल्याक ठोकेर कालो पोती कामचलाउ बोर्ड तयार गरिदिए । त्यस साँझको भेलाले ‘चुमलिङ प्राथमिक विद्यालय’ भनी स्कुलको नामसमेत राख्न भ्याए । स्कुलको नाम जुराएको र केटाकेटीले पढ्ने कोठा पनि तयार भएको खुसियालीमा त्यो साँझ सबै मिलेर छ्याङ पिए ।
त्यसैबेला एक जना गाउँलेले हिरालाई सोधे, “सर रुख किना नकाट्ने ?”
जवाफ दिँदै हिराले भने, “रुखले हामीले सास फेर्ने अक्सिजन दिन्छ । रुख हुर्कन सय वर्ष लाग्छ । रुखले ऋतुलाई सन्तुलनमा राख्छ । हिमाल, पहाड, मधेस, नदी, मानिस, जनावर सबैलाई रुखले नै बचाउँछ । हाम्रो वनमा ढलेका, सुकेका, खोलाले बगाएर ल्याएका मुढा छन् । त्यस्तालाई प्रयोग गर्नुपर्छ । वन, जङ्गल नासियो भने हिम चितुवा, पाण्डा, भालु, हरिण, पुतली, चरा, जीवजन्तु, मानिस नासिने मात्र होइन पहिरो गएर सारा पहाड नै सोहोरिएर झर्छ, हाहाकार हुन्छ, अनि पृथ्वी पनि तात्छ ।”
हिराको कुरा सुनेर गाउँलेले रुखको महत्त्व बुझेझैँ गरी एकार्कासँग चुम भाषामा छलफल गरे ।
हिराले बालबालिकाको विवरण लिए । उनले ल्याएका कापी, कलम, चक, डस्टरले एक महिना पुग्थ्यो । थप पाठ्य सामग्री लिन भरियालाई आरूघाट पठाए । हिरा चुमलिङ पुगेको आठौँ दिन बालबालिकाको लागि कक्षा नै सुरु भयो । बच्चाले खेल्दै रमाइलो गर्दै पढून् भनेर उनले ससाना बालबालिकालाई आमाबाबुले जस्तै ज्याकेटको टाँक लगाइदिने, कपाल कोरिदिने, सिँगान पुछिदिने गरे । चौरमा केटाकेटीसँग खेल्दै पढाए ।
उनले सुरु गरेको तेस्रो वर्ष एक स्थायी र एक अस्थायी दरबन्दीसहित स्कुल स्वीकृत भयो । भवनका लागि बजेट प¥यो । हिरा त्यहाँ गएको पाँचौँ वर्षमा भवन बन्यो, कक्षा आठसम्म पठनपाठन गर्न पाउने गरी स्वीकृति प्राप्त भयो । त्यहाँ ८ कक्षा पढेका विद्यार्थी आरूघाट, धादिङ, गोर्खा, पोखरा गएर अध्ययन गर्न थाले । पछिल्लो समय कोही काठमाडौंँ त कोही युरोप नै पुगे । हिराले बालेको शिक्षाको ज्योति चुमलिङमा मात्र होइन चुमनुब्री र मनाङसम्मै फैलियो ।
हिराका दुई छोरा र दुई छोरी जन्मे । हिराकी आमा पाठेघर झर्ने समस्याबाट ग्रसित थिइन् । बाबु भने टाठै थिए तर एक दिन खेतमा पानी लगाउन जाँदा लेउ लागेको ढुङ्गाबाट चिप्लिएर उनको कम्मर भाँचियो । पाँच महिना जति ओछ्यान परेर उनी साठी वर्षकै उमेरमा बिते । सोही वर्ष आमा पनि पाठेघर झर्ने रोगकै कारण पचास वर्षको उमेरमा बितिन् । आमाबाबु दुवैले एकै चोटि छाडेर गएकाले हिराको परिवारमा ठूलो वज्रपात प¥यो । जन्मेपछि माटामा मिल्नै पर्ने प्रकृतिको नियमलाई कसले पो रोक्न सक्छ र ? घाउ नभएको कसलाई छ र ?
पत्नी कमला पनि कमजोर भइसकेकी थिइन् । नौ वर्षका बीचमा उनले चार सन्तानलाई जन्म दिइन् । कमलाले बालबच्चा, वस्तुभाउ, खेतीपाती, सासूससुरा, चेलीबेटी, घरव्यवहार, चाडपर्व सबै हेर्नुपथ्र्यो । उनलाई एक मिनट पनि फुर्सद हुँदैनथ्यो । कमलाले हिरालाई गाउँ फर्कन आग्रह गर्दा उनले “अर्को वर्ष, दशैँपछि, अब पेन्सन हुन थाल्यो” भन्दै टारे । आमाबाबुको देहान्तपछि भने हिरा फाट्टफुट्ट आरूघाट झर्थे । उनी पनि खोक्न थालेका थिए ।
हिरा पनि दुई छोरी र ठूलो छोराको बिहे गरिदिएर व्यवहार हलुका पार्दै थिए । हिराका दुवै छोराले एसएलसीभन्दा बढी पढेनन् । लहैलहैमा लागेर दुवै छोराहरू मलेसियाका लाहुरे भए ।
पछिल्लो समयमा चुममा हिरा ‘गुरू मिङ्मा’ भनेर चिनिन्थे । उनको जन्म दिनका आधारमा लामाले मिङ्मा नाम राखेका थिए । शिक्षा विस्तार, प्रकृति र पुरातात्त्विक सम्पदाका संरक्षणमा तल्लीन भएकाले उनको नाम चुमनुब्रीदेखि मनाङसम्म फैलियो । उनले चुममा शिक्षाको जग मात्र बसालेनन्, बाटो, पुलपुलेसा, गुम्बा, माने पर्खाल, निर्माण र संरक्षण गर्न गाउँलेलाई सचेत पारे । तलब खर्चेर माने पर्खाल बचाए । रुख कटानी रोके । उनले स्थानीय भाषाका साथसाथै नेपाली भाषालाई घरघर पु¥याए । मनाङ पुगेर स्याउका बेर्ना ल्याई चुममा स्याउखेती गर्न सिकाए । त्यसैले चुप उपत्यकामा उनको नाम गाउँलेको हृृदयमा टाँसियो । त्यहाँका लामाले उनलाई एक्काइसौँ शताब्दीको गुरु रिम्पोचे पनि भन्थे ।
गुरू मिङ्मा त्यसबेला मात्र जीवनमा नराम्रोसँग झस्किए जव उनकी प्रिय पत्नी कमला पचास वर्षकै उमेरमा पाठेघरको क्यान्सरले बितिन् । उनको उपचारका लागि चितवन र काठमाडौंँसम्म पु¥याए । घरको काम गर्दागदै उनी यति व्यस्त भइन् कि पीडा महसुस गर्ने समय पनि पाइनन् । लुकाएको त्यो रोग क्यान्सरमा परिणत भई तेस्रो चरणमा पुगेको रहेछ । त्यसैले उनले कमलालाई अल्पायुमै गुमाए ।
त्यसपछि गुरू मिङ्मा कमजोर भए । कमला बितेको केही वर्षपछि उनले अठ्तिस वर्षे चुमलिङको बसाइबाट विश्राम लिन खोज्दै थिए ।
बर्खाको बेला थियो । एक दिन मु गुम्बा पुगेर फर्कँदा अचानक चक्कर लागेर उनी लडे । भिरमा लडेको भए उनको लास भेट्न पनि सकिन्नथ्यो । उनका साथमा एक विद्यार्थी थिए । गुरू छातीका बिरामी थिए । आरूघाट झर्दा औषधि किनेर खान्थे । चुमलिङ पुगेपछि पीडा दबाएर खोक्दै पढाउँथे । चुमलिङमा प्रायः सबै बिरामी धामी, झाँक्री, झारफुक गरेर मन बुझाउँथे तर मिङ्मा भने झारफुकमा विश्वास गर्दैनथे ।
गुरुलाई चक्कर लागेको कुरा चुम उपत्यकामा एकै दिनमा वनमा डढेलो लागेझैँ गरी फैलियो । गुरुले “केही भएको छैन” भन्दाभन्दै भोलिपल्ट नै चुमबासीले हेलीकप्टर झिकाएर पोखरा लगे । मणिपाल शिक्षण अस्पतालले “फोक्सोमा दाग रहेको छ” भनी क्यान्सर अस्पतालमा जान सुझाव दियो । भक्तपुर क्यान्सर अस्पतालमा सत्र दिन उपचार गरे तर सुधार भएन । मिङ्माकै चाहना अनुसार उनलाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरे । त्यहाँ पनि उनको रोगको पहिचान हुन सकेन । निमोनियाका साथै घाँटीमा घाउ देखियो ।
पालैपालो गरी चुमलिङदेखि मु गुम्बा तथा विदेशमा भएका उनका विद्यार्थी पनि नेपाल फर्केर अस्पताल पुगे । उनलाई भेट्न आउने गाउँलेलाई देखेर अस्पतालका कर्मचारी छक्क पर्थे । यस्तो लाग्थ्यो कि मानौँ उनी देशका एक मात्र सच्चा र इमान्दार गुरू हुन् । मलेसियामा लाहुरे हुन पुगेका दुवै छोरा आइपुगेका थिए । केही वर्ष पहिले आमालाई गुमाउन परेको घाउ आलै थियो । त्यसपछि बाबु बिरामी हुँदा उनीहरू नराम्रोसँग झस्केका थिए । छोराछोरी एवं चुमबासीले धेरै कर गर्दा पनि गुरू मिङ्मा उपचारका लागि दिल्ली जान भने मानेनन् ।
गहभरी आँसु टिलपिलाउँदै उनले पेम्बालाई भने, “दिल्ली नेताहरू नै जाऊन् । म नेपालको ठूलो अस्पतालमा नै उपचार गर्छु । मलाई सञ्चो हुन्छ । कात्तिकमा पेन्सन निस्कने हो । मेरो बिदाइमा चुमलिङ्मा भव्य कार्यक्रम गर्नुपर्छ है ।”
पेम्बाले गुरूको हात मुसार्दै भने, “पिर नगर्नू गुरू, भब्य पार्टी गरौँला ।”
मिङ्मा अठ्तिस वर्षसम्म दावा चुमका घरमा परिवारको सदस्य भएर बसे । शिक्षण अस्पतालमा राखेपछि दावाले गुरू मिङ्मालाई क्षणभर पनि छाडेनन् । अन्तिम दिनको कुरा हो । गुरूले दावाको हात समातिरहे । उनले मधुरो स्वरमा दावालाई भने , “मृत्युलाई रोक्न सकिँदैन । चुममा मैले जे गरेँ, त्यसमा म सन्तुष्ट छु । कथमकदाचित म यहाँ मरे भने पनि मेरो लास आर्यघाटमा लगेर ब्रह्मनालमा राख्नू तर त्यहाँ नजलाउनू । मेरो लास मैले अठ्तिस वर्ष बिताएको चुमलिङ गाउँ नै लैजानू । मृत्यु सत्य हो । अर्को जन्म हुँदैन । मरेपछि, म स्वर्गमा जानका लागि मेरो लासलाई ब्रह्मनालमा सुताउनु भनेको होइन ।”
“मिङ्मा, तपाईंलाई केही हुँदैन । मर्ने कुरा नगर्नू”, दावाले भने ।
“हो, मलाई केही हुँदैन, मनमा आएको कुरा भनेको नि” भन्दै फेरि पहिलेकै कुरामा थप्दै भने, “चलेको संस्कार नगर्दा मेरो मृत्युको पीडामा छट्पटाएका मेरा सन्तान, चुमका मेरा विद्यार्थी र अभिभावक दुःखी नहून् भन्नाका लागि त्यसो भन्दैछु । त्यसपछि लामा र पुरेत राखेर सबैको चलन बमोजिम रेन्जेमको दोभानमा मैले खोजेर राखेका दाउरा लगेर जलाउनू । रुख काट्यो भने पहिरो जान्छ । अनि, पृथ्वी तात्छ ।”
उनले त्यसो भन्दा दावा अलि डराए । आँखाले सङ्केत गर्दै गुरूका जेठो छोरालाई पनि नजिकै बस्न भने ।
आँखाका नानी चारैतिर घुमाउँदै गुरूले भने, “दाहसंस्कार गर्दा आरूघाट र चुमको चलन अनुसार गर्नू । किनभने, हामी मानव हौँ । हाम्रो दर्शन, धर्म, संस्कार र परम्परा भूगोलले गर्दा फरक भएको हो । हामी सबै नेपाल आमाका सन्तान हौँ । सांस्कृतिक सद्भाव हजारौं वर्ष पहिले जति बलियो थियो, त्यस्तै बलियो बनाउन पर्छ । अनि बल्ल हाम्रो गाउँ, गोर्खा, गणेश र मनास्लु हिमाल हाँस्छ । अनि हाँस्छ, हाम्रो देश नेपाल ।”
मिङ्मा शिथिल भएका थिए । नर्स आएर जाँच गर्दै “बुबा धेरै नबोल्नू, तपाईंको घाँटीमा इन्फेक्सन भएको छ” भनिन् ।
मिङ्माले नर्सलाई वास्ता नगरी भने, “पश्चिमाले भौतिक सुखका लागि अधिक औद्योगिकीकरण गरे, परिणामस्वरूप तापक्रम बढ्यो । उनीहरूले प्रकृतिको दोहन गरेर सुखसुविधा लिँदा हामीले अनाहकमा दुःख पायौँ । हाम्रै हिमालमा हिउँ कम भयो । म चुमलिङ जाँदा वरपरका पहाडमा वैशाखसम्म हिउँ हुन्थ्यो, अहिले छैन । यसैले पृथ्वीको तापक्रम घटाउन वन बचाउनुपर्छ ।”
त्यसदिन दावासँग गुरू मिङ्माले एक घण्टा कुरा गरे । उनमा बाँच्ने चाहना प्रबल थियो ।
गुरू मिङ्मालाई अक्सिजनका साथै स्लाइनको पाइपबाट औषधि चढाइएको थियो । गुरूको शरीर क्रमशः सुक्दै गयो । पातलो भएर हाड र छाला मात्र देखिन्थ्यो । अनुहारमा चमक थियो तापनि आवाज भासिएको थियो । घाँटीको घाउ सुनिएकाले पानी निल्न हुँदैन्थ्यो । औषधि र अक्सिजनका भरमा अस्पतालमा उनी पाँच हप्ता बसे । चुम उपत्यका, आरूघाटका सबै शुभेच्छुकले उनलाई भेटे । आरूघाटका छिमेकीलाई “अब कात्तिकमा पेन्सन निस्केपछि तपाईंँहरूसँगै बस्छु” भन्थे । उता चुमबासीलाई “म पेन्सन निस्के पनि मेरो कोठा छाड्दिन है” भन्थे।
स्वास्थ्यमा सुधार भएन । चिकित्सकले उनको रोग पत्ता लगाउनै सकेनन् । अन्तिमतिर गुरूलाई घाँटीको पीडाले नै चीर निद्रामा सुतायो । सबैसँग चुमको शिक्षा र वातावरणबारे कुरा गर्दागर्दै उनी सबैलाई स्तब्ध पारेर निर्वाण प्राप्त गरे । उनकै इच्छा अनुसार उनको पार्थिव शरीर चुमलिङ लगिएको थियो ।
साउनको बिहान थियो । पूर्वतिर चकितै पार्ने छ्याङ्ग उज्यालो देखियो । तीन तारे भरखरै उदाएको थियो । साउनमा चुम उपत्यकामा त्यति बिघ्न सफा आकाश पचास–साठी वर्षका अन्तरालमा मात्र देखिने गरेको चर्चा गाउँलेले गर्दै थिए । त्यो मौसम देख्दा चुमलिङ्बासीको अनुहार त्यही मौसम जत्तिकै उज्यालो भएको थियो ।
त्यसको कारण थियो – लामाले गुरू मिङ्माको दाहसंस्कार गर्न दिएको सोही दिन बिहान ६ बजेको समय । साउन अन्तिमतिर झमझम झरी दर्कने बेला, सबैलाई अचम्म पार्ने गरी मौसम सफा भयो । त्यो बिहानको मौसमबारे प्रकृतिपूजक ती चुमबासीले विभिन्न तर्क गर्दै भने–
“मौसम राम्रो हुनु भनेको गुरू मिङ्मा स्वर्ग जाने बाटो खुलेको हो ।”
“मिङ्मा सर त साँच्चि धर्मात्मा रहेछन्, उनी मैत्रेय बुद्ध भएर फेरि चुमनुब्रीमा जन्मने छन् ।”
“मिङ्मा नराम्रो भा’ हिउँ परेको बेला घर नझरी यहाँ बसेर केटाकेटी पढाउँथ्यो ? सर त प्रकृतिपूजक बोन गुरू सेनरेब नै हो ।”
“ऊ नआएको भा’ हाम्रो वन हामीले पहिल्यै काटेर सक्थ्यो । रुखले सास फेर्न अक्सिजन दिन्छा, पैरो जान रोक्छा, रुख नकाट् भनेर सरले हाम्रो छोराछोरीलाई सिकायो, रुख बचायो, स्याउ फलायो, बच्चा पढायो ।”
“हो त नि ! हाम्रो गाउँ वरपर हेर न फुर्वा पहिरो गएको छैना नि, हामीले वन बचाएर त हो नि ?”
“धर्मात्मा भएर त हो नि मौसम पनि मिङ्मा सरको मन जस्तै सफा भयो ।” यस्तै कुरा गाउँलेले एकार्कासँग गरेको सुनिन्थ्यो ।
आरुघाटका शुभचिन्तक अघिल्लै साँझ चुमलिङ पुगे । यस क्षेत्रका मुख्य गुम्बामध्ये मु, राचेन, लुङ्दाङ र स्थानीय धाम्पा गुम्बाका लामा र आरुघाटबाट पुरेत पनि आइसकेका थिए ।
बोन, हिन्दू र बौद्ध परम्परा अनुसार लासको पूजा गरियो । छोराछोरी, बुहारी, ज्वाइँँ, इष्टमित्र, गाउँले सबै मिलेर लास सियार र गणेश हिमालतिरबाट आएको लाङ्दाङ खोलाको रेन्जेम दोभानमा लगे ।
दाहसंस्कारको दिन चुम उपत्यकाका सबै गाउँका मानिस खर्लप्पै ओइरिएका थिए । त्यसपछि बोन, हिन्दू र बौद्ध विधिबाट मन्त्रोचारण गरी चितामा राखेर दाहसंस्कार गरे । त्यसबेला काग, गिद्ध, चराचुरुङ्गी उपत्यकाभर कावा खाइरहेका थिए । बाँदर, हरिण, हिम चितुवा लेकका पखेरा, ठूला चट्टान र रुखका हाँगाबिगामा देखिन्थे । यस्तो लाग्थ्यो कि त्यो चुम उपत्यका नै शोकमग्न छ । दस बजेर पन्ध्र मिनट जाँदा दाहसंस्कार कर्म सकियो । दोभानबाट उठेको धुवाँको मुस्लो माथिमाथि निलो आकाशतिर पुगेर विलिन भयो । गाउँलेले आँसु पुछे । गुरू मिङ्मालाई हृृदयभरिको अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।
त्यो दिन १२ बजेपछि अकाश गज्र्यो । चट्याङ् प¥यो । त्यसपछि घनघोर मुसलधारे पानी प¥यो । सबैले बिहानको सफा मौसम र त्यसपछि गर्जन सहितको मुसलधारे पानीलाई पनि गुरू मिङ्माको मृत्युसँग तुलना गरे ।
कसैले“गुरू मिङ्मा तीनतारे तारा भयो” भने ।
कसैले “गुरू मिङ्मा मैत्रेय बुद्ध भएर आउने छ” भने ।
कसैले “गणेश हिमाल भएर हाम्रो अगाडि बस्योे” भने ।
प्रकृतिपूजक ती गाउँलेले गुरू मिङ्माको तस्बिर सेनरेब, बुद्ध, गुरु रिम्पोचेको तस्बिरसँगै राखेर सम्मान गर्दै आफ्नो कर्ममा लागे ।
–समाप्त–

रोलवालिङ हिमनदीबाट हिमाल चियाउँदा

चैत ४, २०७९ शनिबार राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित । धन्यवाद सहित साभार

विष्णुप्रसाद शर्मा पराजुली

काठमाडौँबाट हिँडेको चौथो दिन, २०७३ कात्तिक १ गतेको बिहान गाइड फिन्जो शेर्पासहित हामी चार जनाले रोलवालिङ हिमनदी नजिक रहेको ओमी च्छो (दुधपोखरी)लाई पछ्यायौँ । रोलवालिङ उपत्यकाको बगर (मोराइन) तुसारोले सेताम्मे देखिन्थ्यो । अघिल्लो रात हामी ना गाउँ (४१८० मि.)मा बास बसेका थियौँ । हामी बसेको होटलकी आमासँग पनि पोखरीबारे जानकारी लियौँ । हिउँदमा हिउँले पुरिने विशाल बगर, सेता र खैरा ठूला ढुङ्गा तथा गेग्र्यानमा गोरेटो खुट्ट्याउन नसक्दा बाटो बिरियो । बिनाडोरेटो हिमबगरको ठुल्ठुला ढुङ्गा घुँडा दोब्य्राउँदै चढ्ने र पुठोले टेक्दै ओर्लँदै मात्र के गरेका थियौँ, ४२५० मिटरभन्दा माथिको उचाइमा मुटुको धड्कन सामान्यबाट तुरुन्तै उकालो लागिहाल्यो । सबैलाई चिट्चिटाहट भयो । कसैलाई पिसाब तुरुक्क चुहिने अवस्था भयो भने कसैको दिसा निस्कने । मैले सबैलाई घोप्टो परेर बिस्तारै लामो सास तान्दै र फाल्दै गर्न भनेँ । हिँड्दा बिस्तारै पाइला सार्न अनुरोध गरेँ । धड्कन सामान्यको नजिक भएपछि मात्र बिस्तारै उकालो लाग्यौँ ।
करिब ४३०० मिटरमा पुगेपछि भने डोरेटो भेटियो । बिहानको बाक्लो हुस्सु कुलेलम ठोकेर गौरीशङ्कर नाघ्यो । केही मिटरको उकालो चढेपछि गोरेटोको पश्चिमोत्तर कुनामा सानो सेतो कुण्ड देखियो, त्यही नै दुधपोखरी रहेछ जुन करिब ४४५० मिटरको उचाइमा रहेको छ । पोखरीमा साउने पूर्णिमामा ठुलो मेला लाग्ने जानकारी होटल सञ्चालिका आमाले दिनुभएको थियो । सानो भएकैले पोखरी भनिएको रहेछ तर पानी भने साँच्चिकै दुध भन्न मिल्ने सेतो देखिएको थियो । घाम नपर्ने चट्टानको कोप्चा–काप्चीमा भने बरफ जमेको देखिन्थ्यो ।
जलवायु परिवर्तनको कारण पोखरीको आकार खुम्चिएको वरपरको सुख्खा बगरले देखाउथ्यो । पृथ्वीको तापक्रम बढेकोले हिमालमा पनि प्रत्यक्ष प्रभाव देखिन थालेको तीन दशक नाघेको छ । त्यसैको परिणामस्वरूप हिमनदीमा कतै हिमताल सुक्ने, कतै नयाँ हिमताल बन्ने अनि हिमनदी नै बालुवाको बगरमा परिणत हुने क्रम जारी छ । पश्चिमा देशमा भएको अत्यधिक औद्योगिकीकरणको कारण आज हाम्रा हिमाल र त्यसनजिक हिउँ जमिरहने पर्वत सुख्खा, जर्जर र डढेलो लाग्ने अवस्थामा पुगेका छन् । त्यसको मर्म पश्चिमाले बुझ्लान् र ? हिमालमा रमाउन उकालो चढ्दै गर्दा पृथ्वीमा वृद्धि भइरहेको तापमान र हामीलाई परेको त्यसको असरतिर अनायस मेरो ध्यान तानियो ।
त्यहाँबाट करिब एक घण्टाको उकालो पार गरेपछि रोलवालिङ हिमनदीको शिरतिर हलुका खैरो बलौटे भाग र हिमालका चुचुरा नजिकै देखिए । केही मिनेटपहिले हामी सबैको टाउकोवरपर बास बसेको चिट्चिटाहट अनायस हुस्सुको साथ लागेर कता हो कता कुलेलम ठोक्यो । कर्कलोका डाँठजस्ता भएका खुट्टा आपूmसँगै हिमालका लामबद्ध चुलीहरू टाँसिएको देख्दा सालको खाँबोजस्तै भए । हामी रोलवालिङ हिमनदीको धारैधार माथि चढ्यौँ । धार कोप्रिएको ठाउँ गेगर धस्सिएर पहिरो झर्न सक्ने भएकाले होसियार हुनुपथ्र्यो । केही माथि फुस्रो पखेरोमा पुरानो लुङदार फहराइरहेको देखियो । रोलवालिङ हिमनदीको पश्चिमी कान्लो कतै फुकेको थियो भने कतै साँघुरिएको । हिमनदीको पश्चिम खण्डमा बर्खाको धाँस सुकेर गाढा खैरो र घुरमैलो कालो देखिन्थ्यो । त्यसलाई पछ््याउँदै धारैधार उकालो चढदै गयौँ । क्रमशः नजिकका रोलवालिङ शृङ्खलाका चुचुराहरूको सिङ्गो रूप, रोलवालिङ हिमनदीको विशाल बगरको सुख्खा रूप (ःयचबष्लभ), पूर्वदक्षिणमा रोलवालिङ हिमनदीको बीचमा दुधकै रङमा रहेको च्छोरोल्पा तालको दक्षिण भाग देखियो । त्यस बेलासम्म भने हामी दुधपोखरीभन्दा माथि दृश्यावलोकनको घोडाको पिठ्यूजस्तो देखिने धारमा पुगेका थियौँ ।
म, त्योभन्दा केही मिटर माथि चढेँ । सुरक्षित धारमा उभिएँ । त्यसपछि दायाँतिरबाट सारा उपत्यकाको क्रमशः अवलोकन गर्दै फनक्क घुमेर सुरुको बिन्दुमा पुगेर टक्क अडिएँ । चारैतिरको माथिल्लो भागबाट हिमालका चुचुरैचुचुराले मलाई नै हेरिरहेका थिए भने म उभिए वरपर विशाल रोलवालिङ हिमनदी, च्छोरोल्पा ताल र ना गाउँ र त्यसभन्दा टाढा दक्षिणतिर फैलिएको विशाल रोलवालिङ उपत्यका र रोलवालिङ नदी देखिएका थिए । सर्वप्रथम मैले त्यस बेलाको त्यो अनुपम, अपरम्पार, अलौकिक दृश्यलाई आँखाका परेला झिम्क्याएर नानीभित्र सुरक्षित गरेँ । त्यसपछि सबैलाई एकत्रित गर्दै मुटुभित्रको थैलीमा नबिर्सने गरी सुर्केँ ।
यस्तो दृश्यको अँगालोमा बाँधिदा म थप भावुक बन्छु । सफा मौसमले छिट्टै मोहनी लगाउँछ । वशिभूत पार्छ । मौसम सफा भएर वरपरको दृश्य देखिँदा मात्र पनि मन फुरुङ्ग हुन्छ भने हिमालतिर उक्लँदा सफा मौसममा टलक्क चाँदीझैँ टल्कने हिवैहिउँले पुरिएका हिमालका लामबद्ध हिमाच्छदित सेता चुचुराहरू, निलमणिजस्तो सफा निलो आकाश, दुधौले जस्तो देखिने दुधपोखरी, जति हे¥यो उति टाढासम्म फैलिएको रोलवालिङ उपत्यका र हिमनदी, त्यसको माथि समूह बनाएर उडिरहेका हिमाली ढुकुर र काग, भित्तामै टाँसिएर पूmलेका साना पहेँला हिमाली पूmल देख्दा कुन मनुष्य पो उमङ्गमा हिमाली कागझैँ कावा नखाला र ! डाँफे र मुनाझैँ को ननाच्ला र ? वास्तवमा, मैले नढाँटी भनेको हुँ, त्यस्तो सुन्दर एकान्त वातावरणमा म एक्लै उड्छु चुचुराहरू पछ्याउँदै, म एक्लै नाच्छु चुचुराहरूसँग ताल मिलाउँदै, र म एक्लै बहन्छु हिमालमा ठोकिएको हावाको झङ्कारसँग ताल मिलाउँदै ।
च्छोरोल्पा हिमनदी सुख्खा गर्गरे बगरमा परिणत भएकोमा मन कुँडिए तापनि हिमाली तल्ला पखेराहरूमा हिउँ नदेखिए तापनि रमणीय प्रकृतिको स्वाद आफ्नै तौरतरिकाबाट लिएँ । साथीहरूले पनि फरकफरक धारमा आ–आफ्नै धुन र सुरमा प्रकृतिको काखमा त्यहाँबाट देखिएको दृश्य हेर्दै चरम आनन्द लिनुभएको थियो । हुस्सु टाढिएकोले कसैले पनि मन खुम्च्याएर भित्रभित्रै आँसु झार्न परेन । हिमालनजिक जाँदा मौसम सफा हुनु अपूर्व अवसर प्राप्त गर्नु हो किनभने मौसम अनुमान गर्ने जतिसुकै आधुनिक उपकरण भए तापनि ३५०० मिटरभन्दा माथिको मौसममा अचानक नै परिवर्तन आउन सक्छ ।
काठमाडौँदेखि ठिक पूर्वमा दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने रोलवालिङ हिमालय शृङ्खला, समग्र हिमालयको अर्को प्रख्यात हिमशृङ्खला हो । रोलवालिङ हिमालयको पूर्व नाङ्पा लादेखि सगरमाथा क्षेत्रको महालङ्गुर हिमालय शृङ्खला पर्दछ । रोलवालिङ हिमालय खण्डमा चीनको तिब्बतमा पर्ने मेलुङ्त्से प्रथम (७१८१ मिटर) सबैभन्दा अग्लो हिमाल हो भने गौरीशङ्करका दुई चुली गौरीशङ्कर (७१३४ मि.) र गौरी (६९८३ मि.) मध्ये गौरीशङ्कर यस शृङ्खलाको दोस्रो अग्लो हिमाल हो । रोलवालिङको नेपालको अग्लो हिमाल चाहिँ गौरीशङ्कर हो ।
गौरीशङ्कर हिमालय क्षेत्रको उत्तर–दक्षिण फैलाव बीस किलोमिटर र पश्चिम भोटेकोशीदेखि पूर्व तासीलाप्चासम्मको लम्बाइ पचास किलोमिटर रहेको छ । समग्र रोलवालिङको नेपाल खण्डमा ६ हजार मिटरभन्दा उचाइमा रहेका करिब पचास हिमालका चुचुराहरू रहेका छन् । धेरैको नामकरण हुन बाँकी छ र त्यो हिमालयको खण्ड खुम्बुको थामेनजिकको नाङ्पा लासम्म तानिएको छ । नाङ्पा ला ( ५७१६ मिटर ) थामे भएर तिब्बत जाने नाका हो ।
रोलवालिङ खण्ड तामाकोशी नदीको पूर्वतर्फ तेर्सिएको छ तर खासमा रोलवालिङ क्षेत्रलाई नदीको विभाजनअनुसार पश्चिममा तातोपानी खासा क्षेत्र (तिब्बतको नेलमतिरबाट आएको भोटेकोसी) र पूर्वमा नाङ्पा लादेखि आएको भोटेकोशी (पछि दुधकोशी भनिने)सम्मको पचास किलोमिटर लामो भागलाई बृहत रोलवालिङ हिमालय शृङ्खला क्षेत्र भन्न सकिन्छ । रोलवालिङ उपत्यका भनेर चाहिँ च्छोरोल्पा नजिकको हिमनदी, त्यसबाट बनेको च्छोरोल्पा हिमताल र त्यसबाट बग्दै पश्चिमतिर लागेको खोलोलाई पनि रोलवालिङ भनिन्छ । च्छोरोल्पा खोलोचाहिँ लामाबगरदेखि दक्षिणमा रहेको तागापोल दोभानमा तामाकोशीमा मिसिन्छ । लामाबगरदेखि उत्तरमा यसै तामाकोशी नदीले हिमालयको खण्डलाई काटेर रोलवालिङ र जुगल एवम् लाङ्टाङ हिमालय शृङ्खलालाई छुट्ट्याइदिएको छ ।
हामी त्यसै रोलवालिङ मुख्य हिमशृङ्खलाको अन्य चुचुराहरूको बीच, उत्तरदक्षिण भएर च्छोरोल्पा तालतिर मोडिएको रोलवालिङ हिमनदी, च्छोरोल्पा ताल, तालबाट निस्केर बगेको रोलवालिङ नदी र रोलवालिङ उपत्यकाले घेरिएको रोलवालिङ हिमनदीको उत्तरी पखेरोमा थियौँ । त्यहाँबाट ठिक अगाडि उत्तर पश्चिममा काङ नाचु गो (६७३७ मि.), ओमी च्शो गो (६३३२ मि.), उत्तरतर्फ ठाडो माछापुच्छ«ेको पखेरोजस्तो ठाडो भिरालो देखिने दिङइङ री, हिमनदीको पूर्वी शिरमा द्राङनाङ (६८०१ मि.), पूर्वोत्तरमा रोलवालिङ काङ (६६६४ मि.), खाङ खार्पो (६६४६ मि.), दक्षिण पूर्वमा चोबुजे खाङ ताग री ( ६६८६ मि.) र दक्षिणमा च्छोरोल्पा ताल, त्यसको निकास, त्यसैबाट बनेको खोलो र उपत्यका देखिएको थियो । यहाँका धेरै चुचुराहरू आरोहणको लागि प्रख्यात छन् । त्यसको लागि नेपाल पर्वतारोहण सँघको अनुमति लिनु पर्छ ।


आँखाले देखिएको आधारमा (भित्र छिरेको हिम नदीको भाग देखिएको थिएन) करिब १५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ भएको त्यो रोलवालिङ हिमनदी हिउँ नभएको कारण सुख्खा, फुस्रो खरानी रङको बलौटे नदीमा परिणत भएको थियो । भिरालो परेको ठाउँमा बालुवा, गिटी, चट्टानसहितको बगरको थुप्रोमुनि कतै–कतै बरफका भीमकाय चट्टान देखिन्थे जुन भित्रभित्रै पग्लेर भित्रैबाट च्छोरोल्पा तालमा पुग्दछ । पृथ्वीको तापक्रम बढ्दै गएको कारण मौसममा आएको परिवर्तनले हिमनदी बालुवा र गिटीको नदीमा परिणत भएको हाम्रै आँखाले विगत केही वर्षदेखि देखिरहेका छौँ । विज्ञले त्यसलाई स्वीकार गरेका छन् । नेपालको धवलागिरि, अन्नपूर्ण, खुम्बु, मकालु र कञ्चनजङ्घाका हिमनदी पनि त्यस्तै सुख्खा भएका छन् र ती हिमनदीमा अकल्पनीय रूपमा साना र ठुला हिमताल बनेका छन् । बन्ने क्रममा छन् । अनुसन्धानमा संलग्न विज्ञको भनाइअनुसार ती ताल फुट्ने खतरा पनि त्यत्तिकै रहेको छ ।


हामीले सुख्खा हिमनदी देख्यौँ । त्यसबारे बहस गर्ने औकात हामीसँग रहेन । मनमा पिर त पर्ने नै भयो । त्यो पिरलाई सफा मौसमले भुलाइदियो । मौसम सफा भएर सबै हिमालका चुली, हिमनदी र वरपर छर्लङ्ग खुलेको हुनाले सम्पूर्ण पीडा, दुःख, थकाइ, उचाइमा लाग्ने बिमार बिर्सेर त्यो मनमोहक दृश्य हेर्नमै मग्न रह्यौँ । त्यो दृश्यको अवलोकन गर्दै रोलवालिङ हिमनदीको किनारभन्दा माथिल्लो सुख्खा थुम्कोमा बसेर खाजा खायौँ ।
उच्च हिमाली क्षेत्रमा कहिलेकाहीँ अचानक मौसम परिवर्तन हुन्छ । त्यो सारा उपत्यका क्षणभरमा नै हुस्सु र कुहिरोभित्र पुरिन्छ । अति नै चिसो र शक्तिशाली हावा हुँइकिने, कालो बादल मडारिने, हिउँ पर्ने, बाटो बन्द हुने र हिमपहिरोमा पुरिने खतरा हुन्छ । हिमालमा जाँदा त्यसबारे होशियार हुन पर्छ । त्यस बेला मौसमले साथ दियो । त्यो दिन, दिनभर नै मौसम सफा रह्यो । साँच्चिकै खुसीको दिन थियो त्यो । मनभरि खुसीलाई साँचेर हामी रोलवालिङ हिमनदीबाट झरेर ना गुम्बाको अवलोकन ग¥यौँ । त्यसपछि होटलमा फर्केर हिमाली चिया सुचे पिउँदै थकाई मा¥यौँ ।

टुर दे’ लाक ब्लाँ

मधुपर्कको २०७९ फागुन, पुर्णाङ्क ६४१ बाट धन्यवाद सहित साभार ।
(फ्रान्स यात्रासंस्मरण)
टुर दे’ लाक ब्लाँ

मानव जाति यात्री हुन् । मानव सभ्यताको विकास पनि यात्राबाटै भएको हो । वर्तमान सिरिया, इजिप्ट र इरानलाई आधुनिक मानव सभ्यताको जननी मानिन्छ । त्यहीबाट एकथरी पश्चिम ग्रिसतिर लागे । अर्काथरी पूर्वतिर । खसहरू त्यतैबाट अफगानिस्तान, हिन्दुकुस, कस्मिर हुँदै हिमालयको दक्षिण र गङ्गामैदानमा पुगेका हुन् । दसौँ हजार वर्षदेखिको यात्रा जारी छ । रेल, हवाइजहाज, पानीजहाज, समुद्रमुनि र समुद्रमाथि गरिने द्रुत गतिका यातायातका साधनले पृथ्वीको यात्रा सहज र छिटो बन्यो । अबको यात्रा अन्तरिक्षतिर केन्द्रित गरिँदैछ । मानिसले मानिसलाई मार्ने काम जङ्गली अवस्थाको प्रारम्भमा थियो, आजको अति विकसित युगमा पनि छ ।
एक्काइसौँ शताब्दीमा आइपुग्दा, यात्राको महत्त्वलाई हृ्दयङ्गम गरेर युरोप र अमेरिका महादेश तथा चीन, जापानजस्ता देशले यातायातमा अत्यधिक विकास गरे, यात्रा गर्न सहज पारिदिए । आज अन्य देशमा भएको यातायात सञ्जालको विकाससँग तुलना गर्ने हो भने नेपाल दस हजार वर्ष पहिलेको घुमन्ते पशुपालन युगमै छ, सहरी क्षेत्रलाई छाड्दा । पहाडी क्षेत्रमा खच्चर यातायातका साधन हुन् । झोलुङ्गे पुल पनि छैन । मोटर, रेल, सुरुङ मार्ग, केवलकार कतै नदेखेको, नसुनेको कारण सपनामा पनि देखिँदैनन् ।
यो प्रसङ्ग विसं २०७६ भदौमा दक्षिणपूर्व फ्रान्स चामोनीमा गरिएको यात्रासँग सम्बन्धित छ । नेपालमा मनसुन मध्य चरणमा थियो । बाक्लो बादल, चरक्क घाम र ह्वार्र पानी दर्कन्थ्यो । गाढा हरियाली, पहिरो, नदीको भेल र डुबान व्याप्त थियो । युरोपमा समर अर्थात् गृष्म ऋतु थियो । निलो आकाश, गाढा हरियाली, हरियालीभित्र लुकेका सफा र सुन्दर घर, अल्पस पर्वतमा टलक्क टल्केको सेतो हिउँले मानव जातिको मन खिंच्न आतुर थियो । धुलो, हिलो, प्लास्टिक र फुटेको सिसाविहीन, शरीरमा नसा फिँजारिएझैँ फिँजारिएका फराकिला सडकमा कार कुदेका देखिन्थे । द्रुत गतिमा कुदेको रेल क्षणभरमै क्षितिजमा बिलाउँथे । त्यसै समयमा ‘समर सिजन’को मज्जा लुट्न आउने–जाने पर्यटकले खचाखच भरिएको थियो, फ्रान्सको पर्वतीय पर्यटकीय सहर चामोनी ।
हामी स्विट्जरलेन्ड र इटाली नजिक रहेको युरोपको पर्वतीय पर्यटकीय सुन्दर सहर चामोनी पुगेका थियौँ । चामोनी युरोपको सबैभन्दा पुरानो स्की स्टेसन भएको सहर हो । विसं १९८१ (सन् १९२४) मा यहाँ हिउँदे ओलम्पिक भएको थियो । यो सहर युरोपको अग्लो माउन्ट ब्लाँ (श्वेत पर्वत) नजिक छ । हाम्रो नाम्चे बजारलाई सगरमाथाको द्वार भनिएझैँ चामोनी माउन्ट ब्लाँको प्रवेशद्वार हो । यहाँको जनसङ्ख्या करिब नौ हजार तथा क्षेत्रफल २४५ वर्ग किलोमिटर छ । यहाँ वार्षिक पचास लाख पर्यटक पुग्छन् ।
स्विट्जरलेन्डको जेनेभा र फ्रान्सको आनमास नजिक रहेको यो सहर स्कि, अल्पस पर्वत पर्वतारोहण, पदयात्रा, पर्वतीय दौड आदिमा विख्यात छ । म पहिलो पटक विसं २०६२ मा मित्र फ्रान्सिस र डा. जेरार्डसँग त्यहाँ पुग्दा विसं २००९मा बनेको केवलकारबाट अग्गुइ दि मिदी (३,८४२ मिटर)का चुचुरामा पुगेर कफी पिएको थिएँ । पहाडे रेल र बरफ सङ्ग्रहालय पुगेर बरफको मज्जा चाखेको थिएँ । म उच्च हिमाली क्षेत्रको पदयात्री पनि भएकाले यस पटक अल्पस पर्वतका केही क्षेत्रमा पदयात्रा गर्ने योजना गरेको थिएँ । त्यसका लागि म र श्रीमती सुशीला काठमाडौँ र छोरी डा सुनिता न्युयोर्कबाट आएका थियौँ । छोटो पेरिस बसाइपछि आनमास पुग्यौँ । त्यहाँबाट नजिकै पर्ने जेनेभा सहर, जेनेभ ताल, स्विस चिज र चकलेट उद्योगका साथै लियो, इभिया र थोनोन सहर घुमेका थियौँ । पदयात्रामा भने अफ्ठेरो श्रेणीमा पर्ने टुर दे’ फिज पर्वत परिक्रमा (प्रकाशित गोरखापत्र, २०७७ पुस २५), लेक ब्लाँ, देंन दे’ओच र दे’रोचोइ अल्पस पर्वत क्षेत्रको पदयात्रामा गयौँ । युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ (४,८१० मिटर) भने हेलिकप्टरबाट परिक्रमा गरेका थियौँ । बिरलै गरिने त्यो अनुभव, फ्रान्सेली मित्रहरूले सम्भव बनाइदिएका थिए । ‘माउन्ट ब्लाँ’ भनेको हामीले श्वेत पर्वत भने जस्तै हो । यसलाई युरोपको मुकुट भनिन्छ ।


हाम्रा हिमालय पर्वतमाला जस्ता अग्ला पर्वत संसारमा अन्यत्र छैनन् । हाम्रोमा जस्तो धेरै दिनको पदयात्रा अनुसन्धानकर्ता र केही इच्छुक व्यक्तिले बाहेक अरूले गर्दैनन् । यहाँ हिमाल आरोहण (ःMountain Climbing Expedition पदयात्रा (Trekking) प्रख्यात छ । युरोपमा स्की, साईक्लिङ, रनिङ र पदयात्रा (ज्ष्पष्लन) अधिक प्रचलनमा छ । ट्रेकिङ् र हाइकिङ्को अर्थ एउटै हो तापनि नेपालमा धेरै दिन गरिने पदयात्रालाई टे«किङ र एक वा दुई दिन गरिनेलाई हाईकिङ भनि अथ्र्याउने गरिन्छ ।
आनासबाट चामोनि–इटालीे मुख्य राजमार्ग भएर एक घन्टामा चामोनी पुग्यौँ । चामोनीबाट माउन्ट ब्लाँ पर्वतको ११.६ किलोमिटर लामो सुरुङ मार्ग पार गरेपछि इटालीको कोरमेयर सहर पुगिन्छ । दक्षिणपूर्व फ्रान्सका नागरिक हिम पर्वत भनेपछि हुरुक्कै हुन्छन् । यहाँका सानो सहरका पुराना घर नेपालको हिमाली क्षेत्रका जस्तै काठले बनेका हुन्छन् । नेपाल आउने धेरै फ्रान्सेली त्यतैका हुन् । हाम्रो यात्रामा कुनै न कुनै मोडबाट माउन्ट ब्लाँ र त्यस वरपरका हिमाच्छादित पर्वत देखिन्थे । हिउँभन्दा तल्लो भाग हिउँले खाएर कालो देखिन्थ्यो भने त्यसभन्दा मुनिको भूभागमा सल्लाको घना हरियो वन थियो । हरियो वन, हिम पर्वत र नीलो आकाशले गर्दा सबैको अनुहार मौसम जस्तै चहकिलो, जिज्ञासु देखिन्थ्यो । हिम पर्वत देखिँदा मित्र मारयुसले मोटरको गति घटाएर अर्को लेनमा लैजाँदै ती पर्वतको नाम बताउँथे र भन्थे, “हिमालय पर्वत जस्तै अग्ला र ठूला अल्पस पर्वत छैनन् तर अल्पस पर्वत हिमालय पर्वतभन्दा सात करोड बीस लाख वर्ष पुराना हुन् ।” हिमालय पर्वत सबैभन्दा अग्लो तर सबैभन्दा कान्छो पर्वतमाला हो ।
कारमा मित्र पास्कल, डा सुनिता, मारयुस र म थियौँ । त्यस दिनको हाम्रो यात्रा श्वेत ताल (लाक ब्लाँ) निर्धारित थियो । हामीले दूधकुण्ड भनेझैँ फ्रान्सेली भाषामा त्यसलाई लाक ब्लाँ भनिन्छ । ‘लाक’ भनेको ताल हो भने ‘ब्लाँ’ भनेको सेतो हो ।
मित्र पास्कल नेपालका हिमाल भनेपछि हुरुक्कै हुन्छन् । पचहत्तर वर्षका उनी हाम्रा नाउर जस्तै फुर्तिला छन् । “मृत्युपछि अर्को जन्म हुने भए, म हिमाली काग हुने थिए” उनी मसँग बारम्बार भन्ने गर्छन् । उनले लाङ्टाङको आलु आफ्नो करेसा बारीमा फलाएका छन् । मारयुसले नेपालका मुख्य पदमार्गको पदयात्रासहित सगरमाथा क्षेत्रको मेरा पिक (६४७६ मिटर) चढेका छन् ।
चामोनीको अर्जेन्तिरमा कार पार्क ग¥यौँ । कारबाट खाजा र स्कि स्टिक झिकेर रुकस्याकमा राख्यौँ । चस्मा र हाइकिङ जुत्ता लगायौँ । साथीहरूले सन क्रिम दले । अनि उकालो लाग्यौँ लेक ब्लाँ (दूधकुण्ड) तिर ।
धुपीको वनको बाटो उकालो चढ्यौँ । हामी नौ सय मिटरबाट उकालो लागेका थियौँ । सन् १९७४ देखि यो ‘इगुली रोज’ भूभाग प्रकृति संरक्षण क्षेत्रभित्र पर्छ । यो क्षेत्र धुपीको वन, जडिबुटी र जङ्गली जनावरका लागि प्रख्यात छ । यहाँ झारल, मारमोत आदि जनावरका साथै चराहरू पाइन्छ । हाइकिङ मार्गमा आलुचिप्स र सुर्तीका प्लास्टिक, मिनरल वाटर, फुटेका बियर र कोकका बोतल, क्यान, प्लास्टिक, प्लास्टिकका गिलास, प्लेट एउटै देखिएन । ठाउँठाउँमा ‘जथाभावी नहिंँड्नु होला, भूक्षय हुनबाट बचाउनुहोस्’ भन्ने सूचना टाँसिएको थियो । गोरेटोबाहेक अन्यत्र हिँड्दा बिरुवा भाँचिने, घाँस माडिएर भूक्षय हुन्छ भनेर नेपालमा जस्तो जताततै हिंँड्न नपाइने रहेछ । आँखाले हिम पर्वत र चामोनी सहर देखे तापनि मेरो मनको आँखाले भने नेपालको पदमार्गमा हुने फोहोर देख्यो । मैले काठमाडौँको वरपर हाइकिङ गर्ने युवालाई “फोहोर नफालौँ है” भन्दा उल्टै खप्की खाएको सम्झेँ ।


एक हजारदेखि पन्ध्र सय मिटरमा पुगेपछि दुई फिट अग्ला लालीगुराँस, धुपी र धुपका बोट भेटिए । त्यसपछि खैरो रङको अग्लो चट्टान देखियो, जहाँ हामी जाँदै थियौँ । त्यस्तो बुट्यान नेपालमा करिब चार हजार मिटरको उचाइमा पाइन्छ । चट्टानका खण्डमा कतै सानो चेप, कतै तीखा ढुङ्गामाथि टेक्दै हिँड्नुपथ्र्यो । अग्लो र अति भिरालो चट्टान चढ्ने ठाउँमा पहरामा किला ठोकेर फलामको सुरक्षित भ¥याङ राखिएको थियो । ठाडो, अग्लो र पाइला राख्न नमिल्ने पहरामा दुवैतिर समात्नका लागि फलामको लठ्ठा र टेक्नका लागि फलामको पाता जमाएर त्यसमाथि काठको फलिका ठोकेर सिँढी बनाइएको थियो । पहरो भए तापनि समाउने र टेक्ने ठाउँ भएकाले सुरक्षित थियो । ‘संरक्षित क्षेत्र, होसियार हुनू’ भन्ने र विभिन्न पदमार्गमा जानकालागि सूचना पाटी राखिएको थियो । हाम्रामा झैँ देउराली, भन्ज्याङ र दोबाटामा ढुङ्गा राख्ने चलन रहेछ । त्यो ढुङ्गाको थुप्रालाई कायर्न भनिन्छ । प्राचीनकालमा सही बाटाको सङ्केतका रूपमा त्यसरी ढुङ्गा राख्ने गरिन्थ्यो । हाइकिङमा भेटिने पर्यटकले हामीले ‘नमस्ते’ भनेझैँ ‘बोँजु’ भनेको सुनिन्थ्यो ।
हाम्रामा ३,६०० मिटरदेखि ४,००० मिटरमा पाइने घाँस, पूmल, र धुपको झाडी त्यहाँ १५–१६ सय मिटरमा देखिन्थे । हिंँड्दै गर्दा ससाना हरिया उपत्यका, कम्पाउन्डमा चरेका ठूला गाई, साना सहर, माउन्ट ब्लाँ पर्वतको शृङ्खलाका चुचुरा, र हिमनदी देखिएका थिए । त्यसबेला पनि हिमनदीमा बाक्लो हिउँ थिएन । यस वर्ष भने त्यहाँ मौसम परिवर्तनको कारण खडेरी प¥यो, हिउँ पग्ल्यो, सहरी क्षेत्रमा तापक्रम बढ्यो, धेरै ठाउँमा आगाको लप्काले डढायो पनि । मौसम परिवर्तनको प्रभाव हिमालय पर्वत र बस्तीमा समेत परेको छ । अति भौतिक विकास र मौसममा पर्ने त्यसको प्रभाव अहिले सम्पन्न मुलुकमा आँखा सामुन्ने मडारियो ।
ब्लाँ पर्वत वरपर बाक्लो हिउँ थियो । धेरै तिखो भएकाले कतिपय चुचुरामा हिउँ थिएन । अल्पस पर्वत, हिमालय पर्वतभन्दा करोडौँ वर्ष जेठो भएकाले भूक्षयको कारण तिखारिएका हुन् कि भन्ने मलाई लागेको छ । ठाडो चट्टान र त्यस्तै पखेरो चढेपछि पहाडको सजिलो धारमा पुग्यौँ । त्यहाँबाट ससाना अल्पस कुण्ड देखिए । सुरुमा सानो पोखरी र त्यसभन्दा दुई सय मिटरमाथि दुइटा सफा कुण्ड देखिए । त्यसबेला हामी पहराहरूका खण्डमा रहेका ससाना ढुङ्गे उपत्यकामा पुगेका थियौँ । तालको वरपर चिस्यानमा हरियो घाँस, पूmल देखिन्थ्यो । त्यहाँ पुग्दा मैले सिन्धुपाल्चोकको पाँचपोखरी सम्झेँ ।
हामी अर्को पहरो चढ्ने कुइनेटोमा पुग्यौँ । ठाडो चट्टानमा ओर्लन र उक्लनका लागि एक जोडी फलामको भ¥याङ ठड्याइएको थियो । हामी त्यहाँ पुग्दा भ¥याङ चढ्न पदयात्री पालो कुरेर उभिएका थिए । कोही ढुङ्गामाथि टुक्रुक्क बसेर पानी पिउँदै थिए, कोही माउन्ट ब्लाँतिर क्यामरा तेस्र्याएर तस्बिर लिँदै थिए । कोही यात्रुलाई उक्लन मद्दत गर्दै थिए । हामी सरासर चढ्यौँ । त्यो खण्ड चढेपछि काठको सिँढी भएको पखेरो देखियो । त्यो खण्ड उक्लेपछि भने हामी लाक ब्लाँमा पुग्यौँ । नेपालमा त्यसरी भ¥याङ, डोरी र गोरेटो बनाइदिने हो भने लाक ब्लाँ जस्ता बीस हजार हिमतालमा स्वदेशी र विदेशी पर्यटकलाई पु¥याउन सकिने थियो ।
लाक ब्लाँ अल्पस पर्वतीय क्षेत्र हो । त्यहाँ एकपछि अर्को ससाना उपत्यका र ती उपत्यकामा ताल रहेका छन् । त्यसमध्ये ठूलो चाहिँ हाम्रो म्याग्दीको खयर भारानी ताल जत्रै छ (हेर्नु. श्वेत पर्वत, पृ.७२) । लाक ब्लाँको सबैभन्दा महत्वपूर्ण पक्ष के भने सफा मौसमको बेला, तालको सङ्लो पानीमा माउन्ट ब्लाँसहित २२ किलोमिटर लामो अल्पस पर्वत शृङखलाको छाया त्यस तालमा आएर थपक्क बसेको मनमोहक दृश्य देख्न सकिन्छ फेवातालमा माछापुच्छ«्ेको छाया परेझैँ । हामी त्यहाँ पुग्दा थुप्रै हाइकर्स तँछाडमछाड गर्दै तस्बिर लिन तल्लीन देखिन्थे । युवकयुवती एक कुनामा बसेर चुम्बन गर्नमा व्यस्त देखिन्थे । त्यो तालभन्दा पचास मिटरमाथि अन्य दुई ताल छन् । हामी त्यहाँ पुग्दा दुवै तालको पानी गाढा हरियो रङमा देखिएको थियो । तालमा पुग्नुभन्दा पहिले रिफ्युज दु लाक ब्लाँ नामक एक काठे लज छ ।
लाक ब्लाँ २३५२ मिटरको उचाइमा रहेको अल्पस पर्वतको हिमताल हो । यस पखेरामा साना ठूला गरी सात ताल छन् । हिउँदमा यी ताल बरफमा परिणत भएर माउन्ट ब्लाँको हिउँजस्तै सेतो च्यादर ओढेर आराम गरेका हुन्छन् । लामो समय हिउँले सेताम्मे हुने भएकाले होला यसको नाम श्वेत ताल (लाक ब्लाँ) राखिएको । पास्कल र मारयुसले हामीलाई इगुई दी मिदीका चुचुरा, माउन्ट ब्लाँ नजिकका चुली र स्विट्जरलेन्ड र इटालीमा पर्ने अल्पस पर्वतबारे जानकारी गराए । मौसम उत्तिकै सफा थियो । ताल, माउन्ट ब्लाँ तालमा परेको पर्वतहरूको छायाको हामीले पनि तस्बिर लियौँ । त्यस्तो दृश्य जति हेरे पनि मन अघाउँदैन । त्यो रमणीय सौन्दर्यको मन र आँखाभरी हुने गरी हेर्दै खाजा खायौँ र अर्को मार्ग भएर ओरालो झ¥यौंँ ।
चामोनी झरेपछि एउटा रेस्ट्रामा छिरेर एक–एक बोतल (दुई सय मिलिलिटर) कागती स्वादको बियर पियौँ । गर्मी र थकानबीचको त्यो एक गिलास बिएरको स्वाद जिब्रामा अहिले पनि टाँसिइरहेको छ ।
अर्को दिन साथीहरूलेनै खर्च गरेर हामी तीन जनालाई माउन्ट ब्लाँ पर्वतको हेलिकप्टरबाट परिक्रमा गराइदिए । हेलिकप्टरले फ्रान्स, स्विट्जरलेन्ड र इटालीमा पर्ने मुख्य अल्पस पर्वत, माउन्ट ब्लाँ र त्यस वरपरका चुलीहरूको परिक्रमा गरेको थियो । पाइलटले त्यहाँका मुख्य पर्वत, हिमनदी र सहरको जानकारी गराएका थिए । युरोपको अग्लो पर्वतभन्दा अग्लो भएर त्यो पर्वतलाई अँगालो हाल्न पाउँदा हामी सबै हर्षले प्रफुल्ल भयौँ ।
त्यस बेला फ्रान्सका पर्वत र तालहरूको पदयात्राका साथै केही सहरको अवलोकन गरेर नेपाल फक्यौँ । हामी फर्कँदा मौसम सफा भइसकेको थियो । अन्नपूर्णदेखि सगरमाथासम्मका अग्ला, ठूला हिमालका हजारौंँ चुलीले हामीलाई स्वागत गरे । एयरपोर्टबाट बाहिर निस्क्यौँ । ट्याक्सीका दुई चालकले मेरा दुवै हात समातेर झाङगलझुङल पार्दै एउटा थोत्रे ट्याक्सीमा कोचे । दर पनि आफैँ तय गरे । चक्रपथमा पुग्दा नपुग्दै चामोनीतिरका अल्पस पर्वत जत्रा अग्ला फोहोरका डङ्गुरले माला पहिराइदिए । युरोपमा हाँसेर प्रफुल्ल भएर आएको मन आर्यघाटमा आमाको लास जलाउँदै गरेका छोराछोरीको विरक्तिएको मन जस्तै मेरो मन पनि कुँडियो । घर पुग्दा, माउन्ट ब्लाँ र लाक ब्लाँका सम्झना, सम्झनामै थुनिए । ––– bishnu.nmdc@gmail.com

अन्त्यहीन भोक

साभारः जनमत वर्ष ३९, अङ्क ३०१, कात्तिक २०७९

जति खाए पनि नअघाउने
कहिले हिमालका सिङ्गै याक लुछ्छन्
कहिले घरभित्रै छिरेर
भेडाका पाठापाठी निमोठेर लुसुक्क भाग्छन्
अलि निर्धाको त झन् उठीबास नै पार्छन्
प्रायः यहाँ लुखुरा–लुखुरेहरू
टाठो, बाठो र बलियोकै पछि हिँड्छन्

पहाडमा तिनीहरू छ्यास–छ्यासती पाइन्छन्,
पहिरो ओधारेर गोठमा छिर्छन्,
पहिरो पुरेर घर र आँगनमै पुग्छन्
बाख्रा मात्र कहाँ हो र पाडा–पाडी पनि ढाल्छन्
कहिलेकाहीँँ त हुलमुलमा पारेर मान्छे नै खान्छन्
भोक मेटाउन,
प्रायः यहाँ वल्लो र पल्लो, मिल्दै नमिल्नेहरू पनि मिल्छन्
दिउँसो मुक्कामुक्की गर्छन्
गोधूलि साँझपछि क्याफेमा छिरेर सिनो लुछ्दै भोक पुर्छन्

तराईमा त झन मनपरी गर्छन्
कसैले तिनलाई लठ्ठी देखाउन सक्दैनन्
गाउँका कुकुर पुच्छर लुकाएर पिँढीका कुनामा कुक्रिन्छन्
पोखरी वरपर ढुकेर, पोखरी खनेर, पोखरी पुरेर
हिलाम्मे माटो, हाँस, माछा, बाख्रा सबै खान्छन्
प्रायः यहाँ मिलेर होइन एक्लाएक्लै खान्छन्

वर्षौदेखि जीवजन्तु, वनस्पति, माटो तिनले खाएका–खायै छन्
तर ती कहिल्यै अघाउँदैनन्,
अघाएर एक छिन पनि उघ्राउँदैनन्
हरेक दिन नयाँ तरिका अपनाएर तिनले खाइरहेकै छन्
कहिलेकाहीँ दिउँसो सिनो कोपर्दा–कोपर्दै झगडा पनि गर्छन्
एक अर्कालाई कोपरा–कोपर गरेर रगताम्मे पनि हुन्छन्
प्रायः चिथोरा–चिथोर बिर्सेर नयाँ आहाराका लागि
रातमा एक हुल भएर हिँड्छन्
२०७९ असार १ bishnu.nmdc@gmail.com

माटो

धन्यवाद सहित साभार रचना साहित्यिक पत्रिकाको अंक १८० पुस–माघ, २०७९ मा प्रकाशित ः
कविता

विष्णुप्रसाद शर्मा पराजुली
दाइले लद्दाखबाट
एक मुठी माटो ल्याउनु भो
मैले पनि गुगे, सतलज, मानसरोवर र कैलाशबाट
एक एक मुठी माटो ल्याएँ
अर्को वर्ष टिस्टा र ब्रह्मपुत्र किनारबाट
माटो ल्याएर त्यसैमा थपेँ
त्यस माटामा मैले
मेरो देशको चित्र कोरेँ
त्यहाँ पश्चिम र उत्तरमा खस साम्राज्य प्रष्ट देखियो,
त्यहाँ खसहरूको स्वर्णिम युग देखाप¥यो,
मध्य, पूर्व र दक्षिणमा गोपाल, किरात, लिच्छवि प्रष्ट देखियो
अनि त्यसैमा,
मैले पूर्व र दक्षिणको चित्र कोरेँ
त्यहाँ टिस्टा सलल बगेको थियो
त्यहाँ गङ्गाले रेखा कोरेको थियो
नत्र कामाख्या र गुह्येश्वरीको मित्रता कसरी हुन्थ्यो त ?
त्यो मेरै बोई–बुबाले पानी पिएको मेरो साँध थियो
त्यो मेरै पुर्खाले प्रतिस्थापित गरेको मन्दिर थियो
अनि मैले,
मेरो प्राचीन देशको सिङ्गो चित्र कोरेँ
पश्चिममा लद्दाख, सतलजदेखि पूर्वमा टिस्टासम्म
उत्तरमा गुगे, मानसरोबर, कैलाशसम्म
दक्षिणमा गङ्गाको उत्तरी मैदानसम्मको नक्शा तयार भयो
हो, त्यो एउटा विशाल देश थियो
हो, त्यो मेरै विशाल देश थियो
आज मलाई मेची र महाकालीमा खुम्च्याइएको छ
महाकालीको शिर पनि राष्ट्रघातीले
अङ्ग्रेजका दासहरूलाई सुम्पेका छन्,
खुम्चिएका मेरा अङ्गहरूलाई
यत्रतत्र सर्वत्र चोइटाइरहेका छन्
असंलग्न मेरो देशमा जबर्जस्ती संलग्न भएर
युद्धको दुन्दुभी बजाउन खोज्दैछन्
त्यसैले इतिहास र वर्तमान सम्झँदै
हे देशवासी, मेरो देश बचाऊ
त्यसैले इतिहास सम्झँदै
हे युवाहरू, मैले नक्शा कोरेको मेरो माटो बचाऊ ।
०७९ वैशाख ८

कथा १०.धर्मध्वज

धन्यवाद सहित साभारः जनमत कथा (कथासङ्ग्रह) –२०७९



धर्मध्वजको मृत्यु भएको तीन वर्षपछि मात्र उनको परिचय खुलेको थियो । उनको पैतृक थलो बाग्लुङको बलेवा रहेछ । धेरै पहिले उनका पुर्खा बसाइँ सरेर बर्दियाको गुलेरियामा बसोबास गरेका रहेछन् । उनका पिता हनुमाननाथ गुलेरियामा जन्मेका थिए । हनुमाननाथले बाग्लुङदेखि सुर्खेत र त्यसपछि गुलेरियामा नै बसोबास गरेको बाहुन परिवारमा जन्मेकी कन्यासँग बिहे गरेका थिए । उनी असाध्यै हलुका, सहयोगी, फुर्तिलो, बोलक्कड तर अनपढ किसान थिए । उनकी श्रीमतीको स्वभाव धेरै नबोल्ने तर भित्रभित्रै वmुरा काटेर आफ्नै र आफन्तको परिवार ध्वंस पार्ने खालको थियो । उनले देवर र नन्दको घरसमेत भताभुङ्ग पारेकी थिइन् ।
हनुमाननाथका दुई छोरा र दुई छोरी थिए । जेठा छोरा धर्मध्वज थिए । कान्छा छोरा घरमा सुतेका वेला सर्पले टोकेर पन्ध्र वर्षको उमेरमा मरेका थिए । त्यस घरमा पढेलेखेको, जान्ने बुझ्ने जेठो छोरो धर्मध्वज थिए । उनी चलाख, मीठो बोल्ने, बाबुजस्तै गफ गर्न जान्ने, आकाशपातालका कुरा गरेर साथीभाइलाई मख्ख पार्ने खुबीका थिए । पहिलोपटक झ्वाट्ट देख्दा गाउँघरका युवतीले छ्या भन्ने खालका थिएनन् । अग्लो, गहुँगोरोभन्दा सामान्य बढी गोरो, आँखा केही ठूला भए तापनि देब्रे आँखा नपत्याउँदो गरी सानो थियो । नाक भने दाम्लो बाँध्न मिल्ने अग्लो र लामो थियो । सानोमा स्कुलमा ‘ऊ… डेरे आयो, ऊ… डेरे आयो, अब गफ सुन्नुपर्छ’ भन्थे उनका दौँतरीहरूले गुलेरियामा । त्यसैगरी दाहिने खुट्टा थाहा नपाइने गरी खोच्याउँथे तर सरासर सामान्य रूपमा हेर्दा त्यस्तो खोट केही थिएन, आकर्षक देखिन्थे ।
सानैदेखि भगवान्प्रति उनले ठूलो आस्था भएको स्वाङ पार्थे । केटीप्रति आसक्त थिए । “बुझिस् रोशन, म ठूलो भएपछि पशुपतिनाथ र बाग्लुङ कालिका जान्छु अनि भगवान् शिव र बाग्लुङ कालिकालाई ढोग्छु र बोराका बोरा पैसा कमाउँछु । म जसरी पनि धनी मान्छे हुन्छु, जागिरे केटी बिहे गर्छु, बुझिस्” भन्दै साथीहरूसँग गफ हाँक्थे । बाटोमा कुनै ढुङ्गामा रातो टीका देख्यो भने पनि उनले ढोग्थे तर व्यवहारमा फेरि कहिल्यै साँचो बोल्दैनथे । उनले गुलेरियाबाट नै एस.एल.सी गरे । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट उनले नेपाली विषय लिएर बी.ए. अध्ययन गर्दागर्दै प्रेमकाण्डले बीचमै पढाइ छोड्न बाध्य भए ।
रीताले उनकी आमाले नेपालगन्ज बी.ए. पहिलो वर्ष पढ्न जाने वेला सबै परिवारसँगै भएको वेला भनेको कुरा सम्झिरहन्थिन् “हेर छोरी, अझै पनि हाम्रो मध्यपश्चिममा पोखरा, बागलुङतिर जस्तो छोरीलाई पढाउने चलन छैन । हाम्रोमा घरमा तेरो बाबाले पनि पढेको, मैले पनि दश कक्षा पास गरेको हुनाले तँलाई बी.ए.सम्म पढाउने योजना गरेका हौँ । तँलाई माग्न धेरैतिरबाट राम्रो कुल र खानदान मिल्दो, शिक्षित, शिष्ट र चिनेजानेको परिवारबाट आएका छन् । हामीले बी.ए.सम्म पास गरोस् अनि गराँैला भनेका छौँ । होसियार हुनू । नेपालगन्ज ठूलो बजार हो । धनी–गरीब, राम्रा–नराम्रा, इमानदार–ठगजस्तो केटा पनि भेटिन्छन् । कुनै केटा मन प¥यो भने पनि आफ्नो बिटुलो नहुनु, वचन नदिनू, मलाई भन्नू । हामी सबै कुरा बुझेर तैँले नै मन पराएको केटासँग बिहे गरिदिउँला । आफै कुनै निर्णय नलिनू । लिइस् भने त्यो तेरो निर्णय हुनेछ । तेरो गल्तीमा हामी सहभागी हुने छैनौँ । तँलाई उच्च शिक्षा दिनु हामीले सही संस्कार नदिएको भन्न नपरोस् । पढ्न दिन्छौँ तर अराजक हुन र हाम्रो सांस्कृतिक र पारिवारिक मर्यादा विपरीत हुन दिने छैनौँ । नारी अब आफ्नो खुट्टामा उभिनुपर्छ, लोग्नेको मात्र भर पर्ने होइन तर मर्यादामा रहेर ।”
सोमबार नेपालगन्जको वागेश्वरी मन्दिरमा बढी भीड थियो । रीता पूजाको थाली लिएर दर्शन गर्न उभिएकी थिइन् । पुरुष उभिएतिर धर्मध्वज पनि उभिएका रहेछन्, उनले पछिमात्र थाहा पाइन् । पूजा गरिसकेपछि धर्मध्वजले “रीता ! तिमीलाई हतार छैन भने थोरथोरै रावडी र एक–एक कप चिया पिऔँ न” भनेर प्रस्ताव राखे । रीताले पनि कलेजको साथी भएकाले नाइँनास्ती गरिनन् ।
दुवैले पहिले रावडी खाए । त्यसैवेला धर्मध्वजले भने “हेर न रीता, म त हरेक दिन बिहान स्नान गरेर केही बेर घरै गीता पाठ गर्छु । त्यसपछि वागेश्वरीको दर्शन गरेर मात्र चिया पिउँछु । सबै कुरा भगवान्को देन हो । भगवान्को पाठ र पूजा नगरी म केही गर्दिनँ । मैले आजसम्म चुरोट, खैनी, रक्सीको त कुरै नगरौँ पानसमेत खाएको छैन । किन–किन तिमीलाई देखेपछि केही भन्न र बोल्न मन लाग्छ । त्यसैले आज चिया खाऊँ भनेको हुँ । साह्रै खुसी लाग्यो ।”
“मलाई पनि तिमीलाई मन्दिरमा भेट्दा खुसी लाग्यो ।” रीताले सामान्य रूपमा जवाफ दिइन् र उनीहरू त्यहाँबाट बिदा भए ।
एक दिन रिमरिम साँझ पर्न थालेको थियो । रीता र उनको साथी भएर कोठातिर जाँदै थिए । नेपालगन्ज छाप्रो रेष्टुरेन्ट एन्ड बार बाटोमा पर्दथ्यो । बाहिर चौरमा बसेर तास, बियर, रक्सी खानेहरूको जहिलेसुकै भीड हुन्थ्यो । बाटो छेउको गोलो टेबलमा दुईजना केटा र दुईटी केटी बियरसहित खाजा खाँदै थिए । एउटा चर्को स्वरमा बोल्ने केटाको आवाज आपूmले कतै सुनेको परिचितजस्तो लागेकाले रीता होसियार हुँदै पाइला चालिन् । उनको अन्दाज ठीक रहेछ । त्यसमध्येको एकजना केटा धर्मध्वज थिए, जो बियरले मात्तिएर लठ्ठ परेका थिए ।
रीता आश्चर्यमा परिन् । उनको अनुहारमा आक्रोशसहित मलिनताले घर ग¥यो । उनले आमाले भनेको सम्झिन् । धर्मध्वजले उनलाई धेरै पटक प्रेमको प्रस्ताव राखेका थिए । भित्रभित्रै उनले पनि मन पराउन थालेकी थिइन् । वागेश्वरी मन्दिरमा भेटेको दिनदेखि त उनी अलि नजिक भएकी थिइन् । एक दिन धर्मध्वजले उनलाई भनेका थिए – “रीता ! म भगवान् र धर्ममा आस्था राख्ने मान्छे हुँ । म साँचो र सत्य बोल्छु । मैले आजसम्म नराम्रो गरेको छैन । वागेश्वरी दुर्गामाताको आशीर्वाद भए मलाई पुग्छ । गुलेरियामा दश बिगाहा जमिन छ । खान पुग्छ । जीवनमा पैसा कमाएर महङ्गो गाडी किन्ने मन छ । यहाँ बी.ए. पास गरेपछि काठमाडौँ जाने योजना गरेको छु ।”
तीन–चार पटक रीताले भेटेकी थिइन् । विस्तारै रीताको हृदयमा धर्मध्वज अङ्कुराउन थालेका थिए । त्यसैले उनले धर्मध्वजको गुलेरियाको ठेगाना र आमाबाबुको नाम, थर मागेर सुर्खेतमा आमालाई पठाउन खोजेकी थिइन् । धर्मध्वजलाई त्यो साँझ देखेपछि रीता एकाएक अग्लो भीरबाट लड्दैलड्दै खोलाको गहिरो भुँवरीमा छम्लङ्ग परेजस्तो गरी झसङ्ग झस्केकी थिइन् । उनको शरीर थर्थरी कामेको थियो । धर्मध्वजलाई त्यो बियर पिएर युवतीसँग रल्लिएको देखेपछि उनी साँच्चिकै अग्लो भीरबाट दस बल्ड्याङ खाँदै खोलामा खसेजस्तै भइन् तर त्यस्तो ढोँगी, महाठग एवम् महाधूर्तबाट त्यसरी नै जीवनको लामो यात्रामा भीरदेखि पछारिनबाट जोगिएकोमा आफैलाई धन्य ठानिन् ।
धर्मध्वज आफ्नै संसारमा थिए । उनी रीतालाई पट्याउन सकेकोमा मग्न थिए । सदाको झैँ सोमबार रीता वागेश्वरीमा पूजा गरेर कोठातिर फर्कंदै थिइन् । धर्मध्वज पनि मन्दिरबाट फर्कंदै थिए । उनले रीतालाई देखेपछि भने – “रीता ! आज पनि चिया पिउन जाऊँ न है ।”
“भैहाल्छ नि !” रीताले स्वीकृति जनाइन् ।
पहिलेझैँ उनीहरू रेस्टुराँमा छिरे । त्यो दिन रीताले कुनै अवरोधविना चिया पिउने प्रस्ताव स्वीकार गरेकोमा माछी जालमा फँसी भन्ने विश्वासमा उनी बढी हौसिएका थिए । उनले त्यो दिन दूधवरी र चिया मगाए । दूधवरी खाइसकेपछि धर्मध्वजले एक सुर्की चिया पिउँदै वेटरसँग थप चिनी मागेर चियामा हाले । त्यसपछि बडो आत्मविश्वासका साथ रीतालाई भने – “रीता ! मलाई धेरै दिनदेखि तिमीलाई एउटा कुरा भन्न मन लागेको थियो, स्वीकृति दिन्छ्यौ भने भन्न चाहन्छु ।”
उनले प्रेमको नाटक त गरेकै थिए । अरू के नै होला र ! भन्दै रीताले – “भन न, भन्नै नहुने के हुन्छ र !” भनिन् ।
उनले फेरि अर्को सुर्की चिया पिएर कपाल मिलाए । खल्तीमा भएको रेवनको चस्मा निकालेर टेबलमा राखे । चस्मा लगाए र रीतालाई हेरे । उनको आत्मविश्वास झन् बलियो भएर आयो किनभने रीताको अनुहारमा आक्रोशको कुनै रेखा देखिएको थिएन बरू धर्मध्वजको कन्चटमा हलुका पसिना उत्रेको थियो । उनले चस्मा टेबलमा राख्दै भने – “रीता ! म तिमीलाई साँचो प्रेम गर्छु । यदि म पनि तिम्रो हृदयमा अङ्कुराउन थालेको छु भने बी.ए.दोस्रो वर्ष सकिएपछि म तिमीसँग बिहे गर्न चाहन्छु ।”
रीताले पनि एक सुर्की चिया पिइन् । तातो चियाको गिलास उनको टाउकोमा बजार्दै उनलाई तँ ढोँगी, ठग, फटाहा, चण्डाल भन्न मन गरेकी थिइन् तर उनी एक शिक्षित र परिपक्व युवती भएकीले संयमित हुँदै भनिन् – “तिमीले मलाई प्रेमको प्रस्ताव त राख्यौँ । के तिमीले मलाई भन्न सक्छौ मजस्ता केटीसँग तिमीले गरेको यो कतिऔँ प्रेम प्रस्ताव हो ?”
तब धर्मध्वज रातोपिरो भए । आफ्नो आनीबानी रीताले चाल पाइन् भन्ने उनले अनुमान गरे । कम्तीमा पनि गुलेरियाको घटना थाहा नपाएको भए हुन्थ्यो भन्ने उनले सोचे । आपूmलाई सम्हाल्ने प्रयास गर्दै टेबलमा राखेको चस्मा लगाउँदै अक्मकिँदै एकै सासमा भने – “तिमीले के भन्न खोजेको ? मैले त कुरै बुझिनँ नि ! सत्यसत्य, धरोधर्म, वागेश्वरीले नास गरून्, पशुपतिनाथको कसम, भगवान् कसम, मेरो बाबाको कसम मैले तिमीलाई बाहेक कसैलाई प्रेम गरेको छैन ।”
ढोँगको सीमा हुन्छ वा हुँदैन भन्ने रीतालाई थाहा थिएन तर उनको धुत्र्याइँ देखेपछि रीताको आक्रोश चुलिएर आयो तर उनले आफ्नो अनुहार र आवाजमा एक रत्ति पनि आवेग आउन नदिईकन भनिन् – “धर्मध्वज ! सम्पत्ति र रूपको धाक लगाउँदै सिधासाधा केटीहरूलाई माया, प्रेमको नाटक गर्दै नारीको अस्मिता लुटेर मोज गर्न खोज्ने तँ चण्डाल होस् । तँ धोकेबाज, ठग, ढँटुवा, धुताहा, लुटाहा, पापी र ढोँगी होस् । तँजस्ता चण्डालसँग मैले प्रेम गर्छु भन्ने ठानेको थिइस् । म शिक्षित र संस्कारयुक्त परिवारकी चेली हुँ । तँजस्तो ठग र धूर्त परिवारकी सन्तान म होइन । तैँले मजस्ता कति चेलीलाई यसैगरी लोभ, मोह, प्रेम, धन, भगवान्, धाक र रवाफ देखाएर यौनशोषण गरिस् । ढिलोचाँडो जुन दिन सत्य बाहिर आउनेछ त्यो दिन तँजस्ता ढाँटलाई कालोमोसो र जुताको माला लगाएर नेपालगन्जको बसपार्कमा नघुमाएसम्म तँजस्ताको मति सुध्रँदैन बुझिस् ।”
“सत्यसत्य धरोधर्म । वागेश्वरीले मलाई भस्म गरून् । मैले जीवनमा कहिल्यै कुनै केटीलाई धोका दिएको छैन र प्रेमको प्रस्ताव पनि राखेको छैन । तिमीले विश्वास गर्दिनौ भने म वागेश्वरी भाक्न पनि तयार छु । कृपया मलाई त्यस्तो असत्य, ढोँगी र चण्डालको आरोप नलगाऊ । म तिमीलाई ढोग्न पनि तयार छु” भन्दै आँसु तपक्कै चुहाए ।
रीताले नेपालगन्जको रेस्टुराँमा नगरवधूसँग रक्सी पिउँदै रल्लिएको, कलेजका राम्रा देखिने केटीहरूलाई प्रेमको प्रस्ताव राखेको र गुलेरियामा घटेको घटना पनि भनिन् ।
गुलेरिया भनेपछि उनी झस्किए । त्यसपछि उनी साँच्चिकै रीताको खुट्टा समाउन पुगे । “वागेश्वरी देवीकी कसम तिमीले जे भन्छ्यौ त्यो मान्न तयार छु । तिमीलाई आजीवन बहिनी बनाउन म तयार छु । भोलि नै म क्याम्पस छोडेर यहाँबाट हिँड्न तयार छु तर गुलेरियाको कुरा यहाँ नउठाइदेऊ । मेरो जीवन बर्बाद हुन्छ । म नाश हुन्छु । तिमीसँग गरेको कुरा मैले कसैलाई भन्ने छैन । वागेश्वरीको कसम मैले आजैदेखि कुनै युवतीलाई नराम्रो दृष्टि लगाउने छैन । मलाई माफ गरिदेऊ” भन्दै गिडगिडायो ।
गुलेरियाको आफ्नो घरमा पश्चिमकै एक गरीब घर्ती परिवारकी महिला उनको घरमा काम गर्न आउँथिन् । कहिलेकाहीँ नभ्याउँदा ती महिलाले आफ्नी चौध वर्षमात्र टेकेकी छोरीलाई काम गर्न पठाउँथिन् । त्यस्तै मौका पारेर त्यो केटीलाई धर्मध्वजले फँसाइहाले र तिनको मासिक धर्म रोकिएको कुरा उनले आफ्नी आमालाई भनीन् । त्यो कुरा धर्मध्वजको परिवारमा पुग्यो । धर्मध्वजको बाबुले छोराको गल्तीलाई ढाकछोप गर्न धेरै प्रयास गरे । कन्याले पेट बोकिसकेको हुनाले उनले बिहे गर्नुपर्ने कुरा दह्रोसँग राखे । धर्मध्वजका पिता हनुमाननाथको त्यहाँ जे भए पनि आफ्नै प्रकारको इज्जत थियो । त्यसलाई बचाउन उनले त्यो कन्याको आमा, बाबु र मामालाई घरमा बोलाएर पाँच कठ्ठा जग्गा उनीहरूलाई दिने, कन्यालाई पुनः कन्यासरह पवित्र बनाउने सहमति गरेका थिए ।
त्यस वेला त्यो घर्ती कन्याकी आमाले भनेकी थिइन् – “मालिक पुर्खौंदेखि हामीले तिम्रो पुर्खाको डोला बोक्दै आएका हौँ । हामीलाई यहाँ ल्याउने पनि तिम्रै पुर्खा हुन् । तिम्री मालिक्नी हामीलाई जनावरलाई जस्तो व्यवहार गर्छिन् । तिनमा आमाको गुण छैन । तिमीले तिम्रो छोराको लगाम खिचेनौ भने एक दिन तिम्रो छोराले तिम्रो त जीवन बिल्लीबाँठ पार्छपार्छ तिम्रो वंश पनि म नमर्दै नाश हुनेछ, किनभने मैले मेरी छोरीको पहिलो गर्भ तुहाउँदै छु । तिमी बाबु, छोरा र आमा ढोँगी हौ, चण्डाल हौ । भगवान्को नाममा घरभित्र घण्टी बजाउँछौ तर तिम्रो हृदयभित्र पापको कालो ओडार बसेको रहेको छ । तिमी एक दिन त्यही ओडारभित्र पुरिएर नासिनेछौ ।” घर्तिनी आमाले त्यो परिवारको भविष्यको रेखा कोरिदिएकी थिइन्, जुन कुनै ज्योतिषीले भन्न सक्दैनथ्यो ।
पाँच कठ्ठा जग्गा छोरीको नाममा पास गरेर आएको दिन हनुमाननाथ पनि उनीहरूसँगै घर्तीको घरको बाटो भएर गएका थिए । चिया लिनुहोस् बाजे भन्दै उनको हृदयमा धसिएको छुरीको पीडा ओकल्दै घर्तीनी आमाले भनिन् – “मेरी छोरीको गर्भमा रहेको त्यो भ्रूण जसलाई मैले बाध्यतावश मिल्काउनेछु । हो, त्यही भ्रूण तिम्रो वंश नाश गर्ने भ्रूण हुनेछ । मेरो छोरीको जीवन पाँच कठ्ठा जमिन बराबरको होइन । कलिला नानीहरूलाई पेट बोकाउँदै एक–एक कठ्ठा जमिन दिँदै ठालु हुने जमाना गयो बाजे । पुर्खौंको सम्बन्ध अनि तिम्रोमा काम गरेर हामीले परिवार पालेको हुनाले तिमीलाई माफ गरेका हौँ । तिम्रो छोरालाई होइन । अझ तिम्रो पत्नीले त ‘मेरो छोरालाई फँसाएकी’ भनिन् । कहाँसम्मकी अपराधी छन् ती बाहुनी बज्यै । बाहिरफेर बोल्दिनन् तर भित्रभित्रै कुरा काटेर मानिसको नसा चुँडालेर रगत चुस्ने खालकी छन् । बाजे तिम्रो घरको वंशनाश गर्न उद्यत गर्ने ती बजै हुन् । छोरा र स्वास्नीलाई ठाउँमा राख्न नसक्ने तिमी घोर अपराधी, कायर र पापी हौ । तिम्रो नासको दिन शुरु भयो ।”
“अब भइहाल्यो । बाजेले छोरालाई सुधार्छु भनेका छन् ।” घर्ती बुढाले पत्नीको अक्रोशलाई मत्थर पार्न खोज्दै भने ।
घर्तीनी आमाको सामान बाजेकहाँ थियो । भोलिपल्ट सामान लिन उनी त्यहाँ पुगिन् । त्यसैवेला धर्मध्वजकी आमाले भनिन् – “मेरो छोरो असाध्यै सिधा छ । फँस्यो । बित्थामा त्यत्रो जग्गा गयो । गरीबसँग सङ्गत नगरी पनि नहुने गरे पनि यस्तै हुने ।”
“मेरी छोरीको अस्मितामाथि जङ्गली जनावरले झैँ झम्टँदै लुट्दा तिम्रो छोरोचाहिँ सिधा, केही थाहा नभएको भयो हैन बज्यै ? तिमी नै हौ तिम्रो छोरालाई उक्साउने । हेर बज्यै तिमीले धाक, धक्कु, लोभ, लालच र ढोँगी प्रवृत्ति त्यागिनौ भने तिम्रो परिवार मेरै आँखा अगाडि नाश भएर जानेछ । तिम्रो यही छोरो बौलाएर हिँड्नेछ । मेरी छोरीको अस्मिता लुट्ने तिम्रो छोराको यौनाङ्गलाई श्यालले लुछ्नेछ, बुझ्यौँ ! हामी गरीब छाँै तर पसिनाका भगवान्लाई पूजा गरेर युगयुगसम्म बाँच्छौँ । तिमीहरूको नास मेरै आँखा अगाडि हुनेछ ।” भन्दै सामान लिएर फर्किन् ।
गुलेरियाको घटनालाई हनुमाननाथको व्यवहारलाई ध्यानमा राखेर तिनीहरूले माफ गरेका थिए । हनुमाननाथको कमजोरी भनेकै महाभारतका पात्र धृतराष्ट्रले महाघमण्डी पुत्र दुर्योधनलाई अति स्नेह गरेझैँ धर्मध्वजलाई स्नेह गर्नु थियो । पुत्रको इच्छा विपरीत जान नसक्दा महाभारत कथाको युद्धमा कौरवको वंश नाश भएको थियो ।
रीताले सुर्खेतमा नै कृषि विकास बैँकमा नोकरी गर्न थालेकी थिइन् । उनका पति सुर्खेतका ख्यातिप्राप्त पत्रकार थिए । उनी एक छोरा र एक छोरीकी आमा बनिसकेकी थिइन् । नम्रता, मेहनत, आडम्बरविहीन स्वभाव, अनुशासन र सफल दाम्पत्य जीवनमा रीताको परिवार सुर्खेतमा नमुना बनेको थियो । तालिमको सिलसिलामा उनी काठमाडौँ बाहेक पाकिस्तान, स्वीट्जरल्याण्डसम्म पनि पुगेकी थिइन् ।
रीतासँगको भेटपछि धर्मध्वज कलेजमा मात्र होइन नेपालगन्ज र बर्दियामा नै देखिएनन् । त्यो वर्ष उनको परीक्षा छुट्यो । नेपालगन्जमा भएको घटना आमालाई भने पनि बाबुलाई भनेनन् । नेपालगन्जमा पढाइ राम्रो नभएकाले काठमाडौँ गएर परीक्षा दिने भन्दै हिँडे । हनुमाननाथले छोराले भनेको मात्र विश्वास गर्थे । बाबुको पैतृक सम्पत्तिमा उनले दुई बिगाहा जमिन थपेर दस बिगाहा बनाएका थिए । छोरा र आमाले के गर्दैछन् भन्ने उनले हेक्का राख्दैनथे । परीक्षा दिने वेलामा धर्मध्वज नेपालगन्ज छोडेर गुलेरिया फर्केको बारे गाउँलेले उठाएको प्रश्नलाई उनले बेवास्ता गरे । कसैले सोधे भने भनिदिन्थे – “खै ! पढेलेखेको उसैलाई त थाहा होला । मलाई के थाहा ?”
त्यो वर्ष उनले परीक्षा दिएनन् । काठमाडौँ रत्नराज्यलक्ष्मी क्याम्पसबाट तेस्रो वर्षमा दोस्रो श्रेणीमा वि.ए.पास गरे । एक वर्षसम्म त रीता र घर्तीनी आमाले भनेका कुरा सम्झेका थिए तर नानीदेखि लागेको बानी, दोस्रो वर्षदेखि उनले डिङ हाँक्न थाले, फाइँफुट्टी लगाउन थाले र धाक जमाउन थाले । धन्य हो, उनले बी.ए. पास गरी कीर्तिपुरमा राजनीतिशास्त्रमा एम.ए.मा भर्ना भए ।
कीर्तिपुरमा अध्ययन गर्दै गर्दा उनले धेरै युवतीसँग नजिकिने प्रयास नगरेको होइन तर त्यहाँ उनलाई ढोँगी र छली भनेर धेरैले छिट्टै चिने । कुनै युवतीले सौहाद्र्रपूर्ण कुरा ग¥यो भने उनले आपूmलाई माया गरेको ठान्दथे । कीर्तिपुरमा बस्दा एक पटक त्यस्तै भयो । सिक्किमबाट आएकी एकजना आङ फुटी भन्ने समाजशास्त्र दोस्रो वर्षमा अध्ययनरत छात्रा थिइन् । धर्मध्वजसँग उनले कुराकानी गर्थिन् विशुद्ध मित्रको रूपमा । एक दिन केन्द्रीय पुस्तकालय नजिकको प्राङ्गणमा उनीहरू बसिरहेका थिए । त्यस्तैमा धर्मध्वजले आफ्ना दुवै हातले फुटीको दाहिने हात समातेर आफ्नो काखमा राख्न खोजे । फुटी झस्कँदै उठिन् र सोही हातले उनको गालामा एक चड्कन दिएर कोठातिर लागिन् । गुलेरियामा ती कन्यासँग समागम गर्दा चाखेको यौनवासनालाई उनले बिर्सेका थिएनन् । डेरा कीर्तिपुरमा भए तापनि कहिलेकाहीँ उनलाई सुन्धारा, नयाँ बसपार्क र झोछेँतिर अल्लारिएर हिँडेको देख्ने पनि कम थिएनन् ।
उनले मनमनै एम.ए. गरेर जागिर खाएकी बाहुन परिवारकी युवतीसँग घरजम गर्ने सोच बनाएका थिए । ठूला गफ गरे तापनि मेहनत गरेर जागिर खान सक्ने आत्मविश्वास उनमा थिएन ।
हनुमाननाथले जेठी छोरीको विवाह गुलेरियामा नै आफ्नो जातथर मिल्नेसँग गरिदिएका थिए । धर्मध्वजकी आमाले एक दिन छोरीलाई सासूससुरासँग अंश मागेर छुट्टिएर बस्ने सल्लाह दिइन् । परिवारसँग हाँसीखुसी जीवन बिताइरहेकी छोरीलाई घर बिगार्ने सल्लाह दिएकीले छोरी कड्कँदै – “सन्तानले सुख काटेको हेर्ने भाग्य तिम्रो जीवनमा छैन । तिमी आमाको नामकी कलङ्किनी हौ । अबदेखि माइती भनेर यो घरमा कहिल्यै आउने छैन । मेरा सन्तानलाई पनि तिम्रो त्यो कलुषित अनुहार हेर्न पठाउने छैन ।” भनिन् । त्यसपछि जेठी छोरी कहिल्यै माइतीमा फर्किनन् ।
कान्छी छोरीको बानी व्यहोरा आमा र दाइसँग मिल्थ्यो । सासूससुरासँग अनाहकमा निहुँ खोजेर झगडिन्थिन् । उनी तीन वर्ष माइतीमानै बसिन् । तीन वर्षपछि कान्छी छोरीलाई लोग्नेले छोडिदिए । त्यसपछि उनको अत्तोपत्तो केही छैन । त्यति हुँदा पनि ती आमाछोराको होस नखुलेकोमा गुलेरियाका बासिन्दा बरु चिन्तित देखिन्थे ।
समझदारी, समन्वय, अनुशासन, आज्ञापालन, आदर, सम्मान, दायित्व र कर्तव्यबोधमा परिवार सञ्चालन हुने हो । अन्यथा परिवार विखण्डनतर्फ जान्छ । हनुमाननाथको परिवार विखण्डनतर्फ मोडियो । पत्नी र पुत्रविपरीत धारमा बग्दै थिए तर उनले ठाउँमा ल्याउन प्रयास गरेनन् । पुरानो संस्कारमा हुर्केका र उनका पिता नै कर्मकाण्डी भएकाले हनुमाननाथ पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्थे । कुलघरकी कन्यासँग छोराको बिहे गर्न पाए उनको मृत्युपछि पनि छोराबुहारीको तर्पणबाट परलोकको मार्ग प्रशस्त हुन्थ्यो भन्ने उनको चरम विश्वास थियो । त्यसैले धर्मध्वजले एम.ए. पास गरेपछि हनुमाननाथले सबै इष्टमित्र र कुटुम्बसँग बिहेको कुरा चलाएका थिए । वरपरका धेरै जसोले उनकी पत्नीको व्यवहारबारे शङ्का गर्थे । चिनेजानेकाहरूले त्यो घरमा छोरी दिन मान्दैनथे ।
त्यस्तै कुरा चल्दाचल्दै एउटी कन्याको कुरा आयो, उनको नाम सुलोचना थियो । उनले प्रथम श्रेणीमा अर्थशास्त्रमा एम.ए. पास गरेर पृथ्वीनारायण क्याम्पसमा अध्यापन गर्दै थिइन् । नेपाली समाज पूर्वीय परम्परा भएको समाज हो । ‘छोरीलाई धेरै पढाएको ठीक हुँदैन, बिस–बाइस वर्षभित्र छोरीको बिहे गरिदिनुपर्छ, लोग्नेको कमाइमा श्रीमती बाँच्नुपर्छ, छोरीबुहारीको काम बच्चा पाउने र घर हेर्ने हो, लोग्नेभन्दा श्रीमतीले कम पढेकी हुनुपर्छ’ भन्ने कुरा शिक्षित परिवारमा पनि व्याप्त छ । सुलोचनाको मूल घर पर्वत पाँग हो । उनका मातापिता दश वर्षदेखि पोखराको मालेपाटनमा बस्न थालेका थिए । पाँगको बारी अरूलाई कमाउन दिए तापनि खेत आफै कमाउँदै आएका थिए ।
बिहेको सन्दर्भमा धर्मध्वज काठमाडौँबाट पोखरा गए । हनुमाननाथ र उनकी पत्नी बर्दियाबाट पोखरा पुगे । एक दिन केटाकेटी र दुवै परिवारका आमाबाबु पोखराको होटल वाराहीमा भेट्ने तय भयो । विवाहको कुरो चलाउने हनुमाननाथका आफन्त पनि त्यहाँ आएका थिए । सुलोचना अठ्ठाइस वर्ष पुगेकी थिइन् । उता धर्मध्वज अठ्तीस पुगेका थिए । सुलोचनाको मनमा चौतीस वर्षसम्म भइदिएको भए हुने थियो भन्ने थियो तर पनि उमेर त्यहाँ बाधा बनेको थिएन । होटलमा नै ज्योतिषीलाई बोलाएर दुवैको चिना हेरियो ।
ज्योतिषीले भने – “केटीको ग्रहले कर्ममात्र गर्छे भन्छ । केटाको ग्रहले खानेमात्र भन्छ । पत्नीले कमाउने पतिले खाने ग्रह छ । अझै बाह्र वर्ष केटा अस्थिर हुन्छ । त्यसपछि परिवार हरिलोभरिलो हुन्छ । केटीले सासूससुरालाई सम्मान गर्नेछन् । बीचमा खटपट भइरहन्छ । केटाले पचास वर्ष काटेपछि राम्रैराम्रो छ तर त्यस वेलासम्म सङ्कट नै सङ्कट छ । ’
ज्योतिषको कुराले हनुमाननाथ खुसी भएका थिए भने धर्मध्वज र उनकी आमा भने पत्नी र बुहारीलाई खेलाएर, नचाएर, धाकधक्कु लगाएर, पेटीकोट धुन लगाएर, दबाएर राख्न पाइँदैन कि भनेर सुरुमा नै अँध्यारिएका थिए ।
केटाकेटीबीच कुराकानी पनि भयो । धर्मध्वजले पहिलेझैँ आकाश–पाताल जोड्दै पूर्णतः अन्टसन्ट गफ गर्दै भने – “मलाई पोखरा असाध्यै मनपर्छ । म पनि यतै आएर काम खोज्छु । मेरो पनि राजनीतिशास्त्रमा प्रथम श्रेणी छ । तिमीभन्दा कम कहाँ छु र ? हाम्रो सम्पत्ति, जग्गा जमिन प्रशस्तै छ । मैले पोखरामा एक वर्षभित्रै घर किन्न सक्छु ।”
केटाको कुरा सुन्दा सुलोचनाको मनमा खिन्नताले बास ग¥यो । उनले मनमनै सोचिन् – “केटो धोद्रो लागेको रूखजस्तो रहेछ । त्यस्तोसँग बिहे गर्नुभन्दा त नगर्नु नै बेस होला ।”
उनले त्यो कुरा आमा र बालाई पनि भनिन् । उनकी आमाले भनिन् – “सुलोचना, केटा हेर्दा छि ः भन्न पर्दैन । एम.ए. दोस्रो श्रेणीमा पास गरेको रहेछ । गुलेरियामा मनग्गे जग्गाजमिन रहेछ । एक बिगाहा जग्गा बेचे भने पोखरा वा बाग्लुङ बजारमा घर किन्न सक्छन् । यिनीहरूका पुर्खा बलेवा कैयाबाट बसाइँसरी गएकाले बुढाको चाहना बाग्लुङ बजारमा एउटा घर किन्नेछ । यत्रो समय यो केटा बिहे नगरी किन बस्यो ? यसबारेमा कसरी बुझ्ने ? केटाको बाबु प्यार–प्यार बोल्ने भए तापनि ठीकै छन् । बुढीको बारे भने यसै भन्न सकिएन । सबै कुरा कुँदेर ठिक्क पारेको गहनाजस्तो हँुदैन । जीवनमा उतारचढाव भइरहन्छ । विचार गर ।”
सुलोचनाका मातापिता केटाको चारित्रिक कुरामा बाहेक अन्य विषयमा प्रफुल्ल नभए तापनि छोरीको उमेरलाई ध्यान दिँदा त्यत्तिको केटा हुँदा हुन्छ भन्नेमा पुगे ।
उता धर्मध्वजको सोचाइ फरक थियो । उनको भित्री चाहना सुलोचनालाई बिहे गर्ने थियो । त्यसो गर्दा उनका पिता खुसी हुन्थे । जागिर भएकी केटी भएकीले धर्मध्वजलाई पनि पैसाको खाँचो हुने थिएन । उनी कुनै न कुनै बहाना बनाएर काठमाडौँमा नै बस्न चाहन्थे जहाँ उनकी एक प्रेमिका थिइन्, जसलाई उनले बसपार्कमा एउटा कोठा खोजेर राखेका थिए, तर ती कन्या बाहुन परिवारकी थिइनन् । त्यो कुरा उनले आफ्नी आमालाई भनेका थिए । उनकी आमा ‘लोग्ने मान्छेका दुई–तीनवटी श्रीमती हुन्छन् के भो त !’ भन्ने खालकी थिइन् जुन वर्तमान नेपाली समाजमा सहजै पत्याउन सकिने कुरा होइन ।
“केटा घमण्डी छ, सुकुलगुण्डा प्रवृत्तिको छ, ढोँगी छ र उसमा स्थिरता छैन । घरको पारिवारिक परिवेश बेठीक छ किनकि कान्छी छोरी लापत्ता छे र आमाको कारणले जेठी छोरी माइत पनि आउँदिन” भन्ने कुरा सुलोचना र उनका आमाबाबुले थाहा पाए ।
“बाहुनको छोरा हो, सामान्य परिवार हो, केटाले पढेको छ, बिहे गर्नुपर्नेछ, छोरीको उमेर भएको छ, दुःखै परे तापनि खेतीपाती गर्ने ठाउँ, बर्दियामा आफन्तसँग बुझ्दा केटाको चरित्रबारे नराम्रो सुनिएन ।” सुलोचनासमेत परिवारको निष्कर्ष त्यही थियो ।
हनुमाननाथले अनुनय–विनय गरे । बुहारीलाई कुनै कुराबाट दुःख नदिने कुरामा सुलोचनाका पितालाई विश्वास दिलाए । वास्तवमा गुलेरियाको घटनापछि धर्मध्वज सप्रेको छ भन्नेमा उनी विश्वस्त थिए । उनकी पत्नीले छोराको चर्तिकला सबै लुकाएकी थिइन् ।
सुलोचनाको पिताले मुख खोलेरै सोधे – “हजुरहरूले छोराको बिहे आजसम्म किन गर्नुभएन त ?”
त्यस वेला हनुमाननाथले भने – “कुरा नचलेको होइन । प्रस्ताव नआएको पनि होइन तर त्यसले मानेन ।”
एक महिनाको छलफलपछि सुलोचना र धर्मध्वजको बिहे हुने पक्का भयो । २०५० साल असारको ५ गते बागलुङ कालिका मन्दिरबाट बिहे भयो । माइतीतिरबाट बागलुङको होटल पिस प्यालेसमा बस्ने बन्दोवस्त मिलाएका थिए । विवाहको दिन धर्मध्वज बेचैन थिए । उनको मुहारमा खुसियालीको ठाउँमा तनाव थियो । मण्डपमा बसेर पूजा गर्दा एकातिर पूmलपाती राख्नुपर्नेमा अर्कोतिर राखेको हुन्थ्यो ।
असार ६ गते बिहान नयाँ दुलहादुलही बाग्लुङ कालिकाको दर्शन गर्न गए । बाटोमा अकस्मात रीतासँग भेट भयो । रीता एउटा तालिमको प्रशिक्षक भएर बागलुङ आएकी थिइन् । उनले धर्मध्वजलाई हेरिन्, धर्मध्वजको अनुहार आठ वर्षपहिले जस्तै थियो । उनले सुलोचनालाई कीर्तिपुरमा परीक्षा दिन जाँदा भेटेकी थिइन् । रीताले एम.ए. प्राइभेट दिएकी थिइन् ।
उनीहरूले कालिकाको दर्शन गरे । धर्मध्वजले वागेश्वरी मन्दिरमा जस्तै त्यहाँ पनि एक मिनेटसम्म आँखा चिम्म गरेर प्रार्थना गरे । उनका ठूलाठूला आँखाले वरपर हे¥यो । वास्तवमा रीतासँग त्यहाँ त्यसरी भेट होला भनेर उनले कल्पनासम्म पनि गरेका थिएनन्, भयो पनि त्यस्तै । हिँड्दाहिँड्दै एकाएक खुट्टा चिप्लिएर एउटा अग्लो छाँगोबाट खसेझैँ भएको थियो । रीताले उनी कृषि विकास बैँकको क्वाटरमा बसेको जनाएकी थिइन् ।
धर्मध्वजको परिवार दुई दिन बागलुङ बसेर त्यसपछि पोखरा जाने योजनामा थिए । असार ६ गतेका दिन दिउँसो सुलोचना सुटुक्क रीतालाई भेट्न बैँक पुगिन् ।
सुलोचना रीताकी साथी थिइनन् । उनीहरूको परिचय परीक्षा दिने वेलामा मात्र भएको थियो । एउटी विवेकशील शिक्षित महिलाको नाताले अर्की महिलालाई वैवाहिक जीवनपश्चात् कुनै अन्य विकराल समस्या नआओस् र सचेत हुन सकून् भन्ने चाहना हुनु अस्वाभाविक होइन । बेवास्ता गरे पनि जीवन त चल्छ तर सचेत पार्दा कसैको जीवन सङ्कटबाट मुक्त हुन सक्छ भने सचेत पार्नु मानवीय कर्तव्य पनि हो । त्यसैले रीताले धर्मध्वजको बारे जे जति थाहा थियो सबै भनिन् । सुलोचना एक प्राध्यापक थिइन् । मुटु भुकम्पले धाँजा फाटेको पहाडजस्तै फाटे पनि आपूmलाई सम्हाल्न सक्थिन् । समयले पारेको घटना नकार्न सकिने थिएन । असार ४ गते रीतासँग भेट हुन पाएको भए त उनी दुर्घटनामा पर्ने थिइनन् । उनी दुर्घटनाको भुमरीमा परिसकेकी थिइन् । मात्र अब उनले संयमित भएर धर्मध्वजलाई सही बाटोमा ल्याउनु थियो ।
उनले रीतालाई धन्यवाद दिइन् र बिदा भइन् ।
सुलोचनालाई हँसाइराख्ने धवलागिरि हिमालले त्यो दिन भने उनलाई चरप्पै अठ्याँयो । घटना त्यत्तिमा रोकिएन । साँझ सात बजे सुलोचनाको मोबाइलमा काठमाडौँबाट फोन आयो । फोनमा एकजना महिलाले भनिन् – “धर्मध्वजले पाँच वर्षपहिले मलाई बिहे गरेर कोठामा राखेको छ । उसकी आमालाई पनि त्यो कुरा थाहा छ । तिमी पढेकी र जागिरे भएको हुनाले त्यसले तिमीलाई फँसायो । मैले भर्खर थाहा पाएँ । मैले भनेको पत्याउँदिनौ होला । ल यी विवाहका फोटाहरू हेर !” भन्दै उनले भाइबरबाट पन्ध्रओटा विवाहका फोटाहरू पठाइदिइन् ।
रीतासँग भेट भएपछि सुलोचनाले आपूmलाई बलियो बनाएकी थिइन् । फेरि उनी एक प्राध्यापक पनि थिइन् । उनले त विद्यार्थीलाई शिक्षा पनि दिनुपर्ने थियो । त्यसैले उनले असार ६ गते नै बेलुका ससुरा, सासू र धर्मध्वजलाई सँगै राखेर गुलेरिया, नेपालगन्जमा रीतासँग भएको घटना र काठमाडौँबाट आएको फोनबारे खुलस्त कुरा राखिन् ।
धर्मध्वजले बाबु र सुलोचनासँग रुँदै चिच्याउँदै माफी माग्दै भने – “शत्रु लागेका हुन् । मैले त्यस्तो केही नराम्रो काम गरेको छैन । ती तस्वीर साथीभाइसँग वनभोज खाँदा, घुम्न जाँदा खिचेका हुन् । त्यो रीता र प्रपन्ना भन्ने को हुन् ? मैले चिनेको छैन ।”
“गुलेरियामा आफ्नै घरमा काम गर्न राखेकी घर्तीकी छोरीलाई तैँले बलात्कार गरेको कुरा मैले बिर्सेको छैन । छोराको माया र परलोक सुधार्न मैले गुलेरियामा घर्तीको पाउमा लम्पसार परेर तँ पाखण्डीलाई बचाएको थिएँ । तँ सुध्रन्नस् । तेरी आमाले तेरो लास नहेरी सुखसँग बस्दिन । तिमी आमाछोरालाई के गर्न मन छ त्यही गर । म हिडेँ । मलाई कहिल्यै बिर्सेर पनि नखोज्नू ।” छोरा र पत्नीको बारेमा हनुमाननाथले बोलेको त्यो पहिलो र अन्तिम थियो ।
त्यत्रो घटनामा धर्मध्वजकी आमा एक शब्द बोलिनन् । हनुमाननाथले सोही रात बुहारीलाई रात्रिबसमा राखेर गुलेरिया गए । भोलिपल्ट उनको नाममा भएको पाँच बिगाहा जग्गा सुलोचनाको नाममा बकस पास गरिदिए । सुलोचनाले मानेकी थिइनन् तर हनुमाननाथले सुलोचनाको बाबुसँग ‘बुहारीलाई दुःख दिने छैन’ भनी कबुल गरेको वाचालाई पूरा गर्न उनले सुलोचनालाई सम्झाइबुझाई गरी राजी गराएका थिए । त्यसपछि ससुराबुहारी भएर पोखरा पुगे । हनुमाननाथ आफ्ना सम्धीलाई भेटेर मुक्तिनाथको लागि जोमसोमको मिनिबसमा चढे ।
काठमाडौँमा बिहे गरेर कोठामा राखेकी युवतीलाई धर्मध्वजले बसपार्कमा भेटेका थिए । बसपार्कको एउटा लजमा धर्मध्वज र प्रपन्ना नामकी ती नगरवधुलाई एक दिन दिउँसो प्रहरीले यौनक्रियामा संलग्न रहेको अवस्थामा पक्रेका थिए । उनीहरूले ‘हामी विवाहित हौँ ।’ भनेपछि मात्र उनीहरूलाई लज मालिकसँग उनीहरूको वैवाहिक प्रमाणपत्र एक साताभित्र उपलब्ध गराउने शर्तमा कागज गरी छोडेका थिए । लज मालिकको योजना र तयारीमा उनीहरूको विवाह भद्रकालीमा गराइएको थियो । धर्मध्वज त्यतिभाँती जालमा फस्दा पनि होसमा नआएर सुलोचनालाई बिहे गरेका थिए ।
धर्मध्वजले प्रपन्नालाई पनि धोका दिएका थिए । उनी बागलुङ कालिकाको दर्शन गर्न भनी विवाह गर्न गएका थिए । त्यसैले प्रपन्नाले पनि आफ्नो सुरक्षा गर्न तम्सेकी थिइन् । प्रपन्नाले पनि भित्रभित्रै योजना गरिन् र आपूm सुरक्षित हुने सोच बनाइन् । धर्मध्वजको अब प्रपन्नाबाहेक कोही थिएन । समाजले प्रपन्नालाई पानी नचल्ने जातकी भने तापनि कानुनले त धर्मध्वजको कामलाई स्यावासी दिन्थ्यो । त्यसैले प्रपन्नाले धर्मध्वजलाई पहिले भन्दा धेरै माया गरेको स्वाँङ गरिन् जुन उनले धर्मध्वजबाट सिकेकी थिइन् । सोही वर्षको असार बाह्र गते दुवै मिलेर गुलेरिया गए । उनले सासूलाई पहिलेनै काठमाडौँमा देखेकी थिइन् । एउटै कोठामा बसेकी थिइन् तर गुलेरियामा उनले बुहारी प्रपन्नालाई भित्र पस्न दिइनन् । त्यो दिन उनले छोरा र प्रपन्नालाई बाहिरै खान दिइन् ।
तेह्र गते बिहान तीनैजना बाहिर खाटमा बसेको वेला प्रपन्नाले भनिन् – “धर्मध्वज तिमीले भने बमोजिम म चुपचाप तिम्रो श्रीमती भएर बस्ने हो तिम्रो र तिम्री आमाको नाममा भएको जग्गाजमिन मेरो नाममा गरिदेऊ, होइन भने म मेरा आमाबाबुसहित हाम्रो पेसागत जाति उत्थान मञ्चलाई बोलाउँछु । तिमीलाई बहुविवाहको मुद्दा हालेर कारवाही अगाडि बढाउँछु ।”
बेइज्जतको जुताको माला पहिरनुभन्दा प्रपन्नाले भनेको स्वीकार्दा बाँचिने कुरा आमाछोराले सल्लाह गरे । प्रपन्ना धर्मध्वजसँगै बस्ने भएकाले सम्पत्ति कहाँ जान्छ र ! भन्ने उनले सोचिन् । धर्मध्वजकी आमाको नाममा रहेको घर भएको एक कठ्ठा जमिन मात्र उनको नाममा राखेर उनीहरू आमाछोराको नाममा भएको बाँकी सबै करिब चार बिगाहा जग्गा असार १५ गते दहीचिउरा खाने दिन प्रपन्नाको नाममा गरिदिए । त्यसपछि उनीहरूसँगै काठमाडौँ फर्के । प्रपन्नाले पेसागत जाति उत्थान मञ्चको रोहवरमा छुटानामको कागजात बनाई जिल्ला प्रशासन कार्यालयबाट टुङ्गो लगाउने गरी छुटानाम गरे । त्यसपटकको नाटकमा धर्मध्वज मज्जैले पछारिएका थिए । तीसबै घटना सिनेमाको पर्दामा देखिने दृश्यझैँ फटाफट घट्दा उनी विघ्न आश्चर्यमा परेका थिए । उनीसँग प्रतिरोध गर्ने क्षमता नै थिएन ।
धर्मध्वज त्यो बेलुका झस्किए जब उनलाई प्रपन्नाले छोडेर गइन् । प्रपन्नाले उनलाई छोडेर मात्र गएकी थिइनन् उनी त उनको सम्पत्ति पनि लिएर बाटो नापेकी थिइन् । धर्मध्वज खुसी केमा थिए भने उनको बाबु हनुमाननाथको नाममा भएको जग्गा त छ नि ।
बिहे गरेको तेस्रो महिना सुलोचनाले सम्बन्ध विच्छेदको लागि हालेको मुद्दामा सहीछाप गर्न जाँदा पहिलो र सम्बन्ध विच्छेदको फैसलाको दिन दोस्रो पटक उनले सुलोचनालाई देखेका थिए । त्यस वेला सुलोचनालाई सुटुक्क हेरेका थिए । त्यसैवेला उनले मनमनै सोचे – “महिला भएर पनि कति स्वाभिमानी हँ सुलोचना ! उनको नाम सुहाउँदो बानी, व्यवहार र स्वभाव । कति सुलिल छन् तिनी । धवलागिरि हिमालको बोझले अठ्याउँदा पनि तिनी डगिनन् । कालीगण्डकीको साउने भेलले लछारपछार पार्दा पनि तिनी लत्रिनन् । वास्तवमा तिनी पो बाग्लुङ कालिका रहिछन् । मलाई उनले माफ त गर्ने छैनन् तर तिनको पाउ समातेर तिनको पाउमा शिर राख्न पाए सायद मैले गरेका कुकार्यबाट मुक्ति पाउँथे ।” वकिलले यहाँ ल्याप्चे लाउनुस् भनेपछि बल्ल उनी होसमा आए ।
बाग्लुङ कालिकाको दर्शन गरेर उनी गुलेरिया गए । आमाबाट थाहा पाए कि बाबुको नाममा भएको जग्गा पनि पिताजीले सुलोचनाको नाममा बकस गरेर दिनुभएको रहेछ । त्यहाँ पुगेपछि थाहा भयो कि अब उनीहरूसँग घर भएको एक कठ्ठा मात्र जमिन रहेछ । धर्मध्वजकी आमाको होस खुल्दा अँध्यारो भइसकेको थियो ।
वि.सं. २०५० सालको असारमा सुलोचनासँग विवाह भएको दिन नै धर्मध्वजको जीवनको ओरालो लाग्ने दिन प्रारम्भ भएको साबित भयो । त्यस दिन पनि उनले झुटो नबोलेको भए उनले माफ गरेकी थिइन् । धर्मध्वजले मनमनै भने – ‘‘ढोँग, ठगी, घमण्ड, छलकपट, आडम्बर जीवनको गतिलाई डो¥याउने माला होइन कि ती त घाँटीमा पासो लाग्ने डोरी रहेछन् । सत्यता, इमानदारी र मेहनत वास्तवमा जीवनको मार्गदर्शन गर्ने माला रहेछन् ।’’ त्यस वेला उनीसँग नाङ्गो हात र डडेलो लागेको पखेरोजस्तो जीवनबाहेक केही थिएन । २०५० कै असारमा प्रपन्नाले पनि उनलाई छोडिन् । सोही वर्ष असारदेखिनै पुत्र र पत्नीका काला कर्तुत थाहा पाएपछि हनुमाननाथले घर छोडेर हिँडे । सोही कात्र्तिकमा कानुनी रूपमा सुलोचना उनीदेखि मुक्त भएकी थिइन् ।
“मैले गल्ती गरेको हुँ । मैले सजाय पाएँ । म दुःखी छैन । मेरी आमाले मेरो कुकर्ममा मेरो गालामा चड्कन नहानेको हुनाले म कुबाटोमा अग्रसर बनेँ । हे आमाबाबु ! सन्तानको मायामा कहिल्यै अन्धो नबन अन्यथा तिम्रा सन्तान धर्मध्वज हुनेछन् ।” उनले भन्ने गर्थे ।
उनले प्रपन्ना राखेको बसपार्कको होटलमा दश वर्ष काम गरे । खान र बस्न उनलाई समस्या थिएन । उनी दश वर्षदेखि आमालाई भेट्न गुलेरिया पनि गएका थिएनन् । २०५९ सालमा उनकी आमालाई बहुला कुकुरले टोकेछ । धेरै उपचार गरे तापनि उनलाई सञ्चो भएन । कुकुरजस्तै आवाज निकालेर भुक्दै हिँड्न थालेपछि स्वास्थ्यचौकीका कर्मचारीले कडा औषधि दिन थालेका थिए । गाउँलेले पालैपालो टाढैबाट खानेकुरा फालिदिन्थे । करिब तीन महिना आफ्नो दिसापिसाबमा नै रोमलिएर २०६० सालको साउन महिनामा उनको मृत्यु भयो । धर्मध्वज तेस्रो दिनमा गुलेरिया पुगे । दाहसंस्कार गरे । घाटबाट नै एक महिना गायब भएर त्यसपछि घर फर्के । उनले त्यो घरसहितको जग्गा पनि बेचेर काठमाडौँ गए । अर्को आठ वर्ष उनले सोही बसपार्कको होटलमा बिताए । उनी विक्षिप्त भइसकेका थिए ।
उनले सुलोचना र गुलेरियाको घटनालाई सम्झिरहन्थे । ‘‘मैले सुलोचनालाई साँचो कुरा बोल्नुपथ्र्यो । मेरो छली र ढोँगीबानीले म बर्बाद भएँ । स्वाभिमानी, सुशील, सुन्दर, सक्षम, सोझी, देवीको जस्तो चोखो र पवित्र मन भएकी स्वप्निल सुलोचनाको क्षमतालाई मैले सम्मान गरेको भए यो दिन देख्न पर्दैन्थ्यो । आखिर घर्तीनी आमाले भनेको जस्तै हुने भयो ।’’ होटल मालिकसँग रुँदै धर्मध्वजले भन्थे ।
वि.सं. २०७० सालमा उनी ५८ वर्ष पुगेका थिए । गुलेरियाको घरघडेरी बिक्री गरेको रकममध्ये केही बैङ्कमा राखेका थिए । होटल मालिकसँग बिदा भएर रात्रिबसमा उनी बागलुङ गए । मन्दिरभन्दा पाँच मिनेटजति माथि एउटा सानो कोठा लिए । उनी दिनको तीन पटक बागलुङ मन्दिरमा पुग्थे । मन्दिरदेखि सिधै तल मालढुङ्गा झर्थे । आकाश खुलेको वेला धवलागिरि र टुकुचे चुली कालीको कञ्चन निलो पानीमा स्नान गरेको हेरिरहन्थे । आफू दुरुस्तै धवलागिरि र सुलोचनालाई कालीगण्डकीसँग तुलना गर्दै दाँज्दै घण्टौँसम्म बस्थे । कहिले आपूmले सुलोचनालाई हिमालले चुम्बन गरेझैँ चुम्बन गरेको सम्झन्थे भने केही बेर हाँस्थे तर त्योभन्दा धेरै बेर रुन्थे ।
बागलुङ पुगेपछि थाहाभयो कि उनका पिता हनुमाननाथले वि.सं. २०६२ सालमा असी वर्षको उमेरमा कागवेनीमा मृत्युवरण गरेछन् । कागवेनीको पितृतर्पण दिने वेनीभन्दा दशमिटर तल रहेको उनको लास गिद्धले दिनदिनै लुछ्दालुछ्दै सकेका थिए । कागवेनीको किनारमा रहेको खुपार्नीको हाँगोमा झुन्डिएको उनको झोलामा रहेको परिचयपत्रले उनी हनुमाननाथ भएको खुलेका थिए ।
धर्मध्वजले दुई वर्ष बाग्लुङ कालिकावरपर बिताए । बाग्लुङ कालिकालाई उनले टाढैबाट नमन गर्थे । जसरी उनी सुलोचनासँग डराउँथे । त्यसैगरी उनी कालिकासँग डराउँथे र कहिलेकाहीँ उनी नै मेरी सुलोचना हुन् भन्दै लम्पसार परेर ढोग गर्दथे ।
वि.सं. २०७२ सालको वैशाखदेखि साठी वर्षमा प्रवेश गरेका धर्मध्वजले एक वर्षदेखि उनले दारी मिलाएका थिएनन् । त्यसै वर्षदेखि आफ्नो शरीरलाई बेवास्ता गरेका थिए ।
वैशाखदेखि उनी कहिलेकाहीँ रातिमात्र कोठामा जान्थे । एक वर्षको भाडा अग्रिम दिइसकेका थिए । त्यसपछि बाग्लुङकालिका मन्दिर वरपर बाहेक अन्यत्र कतै गएनन् । सुलोचनालाई एक पटक देख्न पाइन्छ कि भनेर मात्र उनी बाग्लुङ गएका थिए । उनलाई वरपर घुम्ने गरेको धेरै मानिसले देखेका थिए । कसैले चिन्दैनथे । सुलोचनालाई सम्झेर एकलै फतफताउदै – “म मातेको हुँ । मलाई क्षमा गर ।” भन्दै बलिदिने मौलो नजिक गएर लम्पसार परेर ढोग गर्दथे ।
एक दिन भक्तालुले उनलाई ‘‘सुलोचना यो तिमीले कुल्चेको प्रसाद हो म खान्छु अनि मलाई माफ गर न है ।’’ भन्दै मन्दिरनजिकै कुहेको प्रसाद खोस्रँदै केही खाँदै गरेको देखेका रहेछन् ।
असार पाँच गते उनको सुलोचनासँग विवाह भएको २२ वर्ष पुगेको दिन थियो । त्यो दिन उनी मृत्यु सन्मुख पुगेका देखिन्थे । निकै गलेका थिए । उनको लखतरान शरीरलाई त्यहाँका सालका बोटले बाहेक अरूले वेवास्ता गरेका थिए । असार पाँच गते दिउँसो करिब चार बजेतिर त्यहाँ प्रसाद बिक्री गर्ने महिलाले उनले त्यस्तै छ–सातपटक ‘सुलोचना माफ गर है, घर्तीनी आमा माफ गर है’ भनेको आवाज सुनेका थिए । अघिल्ला दिन पनि कालिकाको अगाडि उनले त्यसरी नै लम्पसार परेको धेरैले देखेका थिए । त्यो दिन भने उनी उठेनन् ।
केटाकेटीहरूले – ‘ऊमाथि पुड्के बाजेको घरमा डेरा गरी बस्ने बाजे हुन्’ भनेर प्रहरीलाई जानकारी दिएका थिए । वरपर मानिस झुम्मिएका थिए । प्रहरीले मानिसलाई नजिक जान दिएका थिएनन् । मन्दिरनजिकै त्यहीँ फोहोर फाल्ने ठाउँ नजिकै उनले देहत्याग गरे । पुड्केको घरमा कोठामा एउटा चेकबुकबाहेक केही भेटिएन । ‘बैङ्कमा भएको रकमले मेरो लासको तारबार लगाउनू’ भन्ने पत्र चेकको अर्धकट्टिमा लेखेर सबै चेकमा सही गरेको बाहेक केही भेटिएन । तेह्र दिनसम्म प्रहरीको रेखदेखमा लास राखिएको थियो । स्थानीय एफ.एम. रेडियो, पत्रपत्रिका, अनलाइन, प्रदेश र केन्द्रका सबै सञ्चारमाध्यममा लासको हुलिया दिएर खबर प्रसारण भयो तर कोही पनि त्यहाँ आएनन् ।
तेह्र दिनपछि मृतावस्थामा रहेको एउटा तस्वीर बाहिर आयो । उनको शरीरको कम्मरमुनिको भाग कुकुर, श्याल वा जङ्गली जनावरले लुछेजस्तो देखिन्थ्यो । कम्मरभन्दा माथि भने एउटा मलमलको रातो पछ्यौरा थियो । प्रहरी प्रतिवेदन अनुसार त्यो पछ्यौरा जनैसँग बाँधिएको थियो र त्यसको टुप्पोमा एउटा गाँठो थियो । गाँठोभित्र एउटा कागजमा लेखिएको थियो, ‘सुलोचना, मेरो धूर्त स्वभाव र घमण्डले गर्दा तिमीलाई धोका दिएँ । मलाई तिम्रो र घर्तीनी आमाको श्राप लाग्यो । तिमीसँग झुटो नबोलेको भए मेरो जीवनका हजार कुकर्म कालीगण्डकीको जलझैँ पवित्र हुने थिएँ । नारीजातिलाई खेलौना सम्झँदा, सम्पत्तिको फोस्रो धाक दिँदा बिस वर्षभित्र नै मेरो सम्पत्तिको त के कुरा वंश नै नाश भयो । मैले युवावस्थामा गरेको कुकर्मको सजाय भोग्न अर्को जन्म पर्खन परेन । तिमी साँच्चिकै सुलोचना हौ । तिम्रो हुन नसकेको धोकेबाज, धर्मध्वज ।’
त्यो कागज, चेकको अर्धकट्टी र जनै सुरक्षित राखेर राज्यको कानुनबमोजिम धर्मध्वजको दाहसंस्कार गरियो । बाग्लुङ कालिकाको दर्शन गर्न जाने दर्शनार्थीले खासखुस कुरा गर्दै भनेका थिए–
“दाहसंस्कारको भार त राज्यलाई बोकाएनन् नि धर्मध्वजले । चेक नै काटेर छोडेका रहेछन् ।”
“विचरा को होला ? छोरा, छोरी, श्रीमती, दाजुभाइ त पक्कै होलान् नि ।”
“के पाप गरेर हिँडेको होला । लोग्नेमान्छेको जात उमेरमा आँखा देख्दैनन् अनि त्यस्तै हुन्छ । धर्मध्वज नाम र व्यवहार दुरुस्तै मिलेको ।”
“पृथ्वीनारायण क्याम्पस पोखराकी क्याम्पस प्रमुख प्रा.डा. सुलोचनालाई केही थाहा थियो कि ?”
‘‘ घर्तीनी आमाको श्राप लाग्यो नि पापीलाई, नारीलाई खेलौना ठान्ने ? ’’

रचना साउन, २०७५

(कथा–१६) अंश

धन्यवाद सहित साभारः दायित्व, पूर्णाङ्क १३९, मंसिर –पुस २०७९ ।


विष्णुप्रसाद शर्मा पराजुली
नुर्बु गुरूङ अहिले पन्चानब्बे वर्षका भए । उकालो चढ्न सहारा चाहिन्छ । कान सुन्छन् । नजिक सिमीको गेढा देख्छन्, टाढा हिमालका चुलीको नाम छु्ट्याउँछन् । दाँतका बङ्गारा झरे पनि अगाडिका टिमिक्कै छन् । दिनभर सुचे पिउँछन् । साँझ खानाखाने बेला एक गिलास आरा पिउँछन् । स्याक्पा, चम्पा, ढिँडो, रोटी, दाल, भात, तरकारी, मासु उनको मुख्य खाना हो । उमेरमा कान्छो भाइलाई भारतीय सेनामा भर्ना गर्न जाँदा लुम्बिनी र गोरखपुरसम्म पुगे । विरामी गाउँलेलाई लिएर एक पटक पोखरा पुगे तर नेपाल (राजधानी) पुगेनन् । अक्षर फिटिक्कै चिनेनन् । चुम, नुब्री, आरूघाट, गोर्खा, मनाङ, मुक्तिनाथ र तिब्बत (चीन) वरपर भेडाच्याङ्ग्रा, चौरी र याक चराउँदै अग्लो लेक र पाटन पुग्ने, हिउँदमा तल्लो पाटन झर्ने, जडिबुटी खोज्ने, सन्तान जन्माउने, हुर्काउने गरेरनै उनले आफ्नो पन्चानब्बे वर्ष मनास्लुको काख सामा गाउँमै बिताए ।


मनास्लु, हिमालचुली, लार्के, साम्दो हिमालका चुचुरा, हिमनदी, रिबुङ र पुङ्गेन गुम्बा, प्रकृतिपूजा बारे जानकारी दिँदै नुर्बुले आफ्नो पुर्खाबारे पढे लेखेका नातिनातिनीलाई भन्छन्– “हरियो घाँस, पानी भएको खर्का खोज्दै हाम्रो पुर्खा हजारौँ वर्षा पहिले मनाङ्बाट पूर्व लाग्यो । त्यसबेला अहिले जास्तो धेरै वर्षा एकै ठाउँमा बस्दैना । आठ–दस वर्षा एउटा पाटन र लेकमा बस्छा, घाँस सक्छा । अर्को पाटन खोज्दै जान्छा र उतै बस्छा । मनाङ पूर्वको भिमताङ, हिमलुङको पूर्व–दक्षिण भएरा हाम्रो पुर्खा गोठ सार्दै याक र भेडा चराउँदै लार्के नाघेर नुब्री उपत्यका आयो भन्छा । पैले त घर छैना भन्थ्यो बाजेले । गुफामा बस्यो । हिउँ पहिरो नजाने ठाउँमा याकको रौँको पालघर बनाएर त्यसैमा बस्छा । अहिले जस्तो पाल छैना । जङ्गली जनावरको डर छा । रातमा आगो बालेर बस्छा । बच्चा जन्मदा धेरै दुःखा छ । कति मर्छा । आमा हुनेलाई धेरै दुःखा छा । बच्चा दस वर्ष नाघ्छ भने सत्तरीदेखि असी वर्ष बाँच्छ । तिम्लाई त यो कथा हुन्छा हैना ।”
नातिनातिनीले एकाग्र भएर उनको कथा सुन्थे ।


गोर्खाको आरूघाट बजार चुमनुब्री उपत्यकाको ऐतिहासिक बजार हो । चुम गणेश हिमालको पश्चिम उपत्यका हो भने नुब्री लार्के, हिमालचुली, मनास्लु हिमाल र बुढिगण्डकीको उपत्यका हो । यहाँ हजारौँ वर्ष पहिलेदेखि रैथाने हिमाली जातिको बसोबास छ । यहाँ बस्ने जाति गुरुङका पुर्खा हुन् । आजकल भने कसैले गुरूङ त कसैले लामा थर लेख्छन् । अन्नपूर्ण हिमालको काखमाझैँ यहाँ पशुवध हुँदैन । यहाँ उवा, आलु, सिमी फल्ने तथा घाँस, झाडी, जडिबुटी उम्रने लामा र फराकिला उपत्यका छन् । चारैतिर हिमालै हिमालले घेरिएको चुमनुब्री उपत्यका हिउँदको छ महिना हिउँको अँगालोमा बाधिन्छ । पहाड र तराईको तुलनामा जीवनचक्र धेरै कष्टकर छ । नुब्रीका बासिन्दाको संस्कृति, भेषभुषा, भाषा, धर्म, जन्ममृत्यु संस्कार र विवाह नेपालको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने जातिको प्रचलनसँग मिल्दछ । उनीहरू प्रकृतिपूजामा पूर्ण विश्वास गर्छन् । नुर्बु गुरूङ नुर्बी उपत्यकाको सामा गाउँका बासिन्दा हुन् । सामा गाउँ मनास्लु हिमालको काखमा उच्च हिमाली क्षेत्रको विशाल उपत्यकामा रहेको हिमाली गाउँ हो ।


नुर्बु इमान्दार, मेहनती र बुढी गण्डकीको पानी जस्तै सफा हृ्दय भएका चौरी गोठालो तथा किसान हुन् । उनका तीन छोरी र दुई छोरा थिए । एक छोरी नौ वर्षको उमेरमा बाबुसँगै भेडा हेर्न जाँदा तिब्बत नजिक लार्के भीरमा लडेर मरिन् । आफन्त माग्न आए पछि दुई छोरीको विवाह गरिदिए । छोरीहरूले राम्रोसँग घर गरे । जीवन त्यस्तै त रहेछ– “ आमाबाको काखमा हुर्के पछि छोरी अर्काको घरमा जान्छा । घर बसाउँछा । पृथ्वीझैँ सहनशील रहेर दुःखा गर्छा । सृष्टि गरेर आमा बन्छा । सन्तानले यो माटोको रक्षा गरोस् र हिमालझैँ वंश रहोस् भन्ने लोभ गर्छा । नातिनातिनी, छोरीज्वाँइ हुलबाधेर भेडाझैँ खचाखच भएर आउँदा म खुसीले रुन्छा । मनास्लु र कुताङ हिमालले पनि हाँसेर मलाई साथ दिन्छा, आहा ! यो रीत हो । बुढी गण्डकी रहेसम्म सन्तान रहनु पर्छा । ” नुर्बुले गाउँलेसँग भन्ने गर्छन् । अरूले हेर्दा नुर्बु आफ्नो लाहुरे भाइभन्दा साच्चिकै प्रफुल्ल देखिन्छन् । गाउँमा कसैको अन्याय नसहनु र कसैलाई अन्याय परेको छ भने त्यसलाई न्याय दिलाउनु नुर्बुको चिनारी हो ।
आरूघाट र कहिलेकाही गोर्खा जाँदा उनले भारतीय र बृटिस लाहुरेलाई देखेका थिए । त्यसैले उनले आफ्नो कान्छो भाइलाई लाहुरे बनाउने भित्री चाहना पुरा गर्न धेरै पटक लमजुङ र गोर्खा पुगे । बृटिस नभए पनि भारतीय सेनामा भर्ती गर्न सफल भए । भाइलाई भारतीय सेनामा भर्ती गरेर फर्कँदा नुर्बु धेरै खुसी भए । त्यसबेला उनको जेठो छोरो जन्मेको थियो । छोरी पाँच वर्षकी थिइन् । आफ्ना सन्तान जन्मँदा उनी त्यती खुसी भएको थाह गाउँलेले पाएनन् । तर भाइ भर्ती हुँदा पुङ्गेन र रिबुङ गुम्बामा पुगेर बत्ति बाले, गाउँलेलाई बोलाएर छ्याङ् खुवाए । भाइ सेनामा भर्ती भए पछि चौरी, याक र भेडा थपे । सन्तानको उज्यालो भविश्य सम्झेर थप कठोर मेहनत गरे ।


नुर्बुले ‘आँखाले देखेको तथा गाउँलेले चिनेजानेको परिवारको छोरी बिहे गरेमा घर कलह हुँदैना । घर राम्रो बस्छा’ भनेर भाइको विवाह आफ्नै नजिकको नातामा मामा पर्नेको छोरीसँग गरिदिए । उनीहरूसँग नुर्बुका जति भेडा र चौरी थिएनन् । नुर्बुभन्दा आर्थिक कुरामा कमजोर भए पनि इज्जतवाल थिए । सानो जिउ भएकी केटी मेहनती थिइन् ।
भाइ लाहुरे भए । नाम चल्यो । त्यसबेलाको पहाडी र हिमाली समाजमा लाहुरेको खुब इज्जत हुन्थ्यो । लाहुरेले पनि धेरै नपढेकोले ‘हल्दार सा’ब’ बन्ने उनको इच्छा पुरा भएन । नुर्बुले भाइको तीलको गेडा जत्रो आर्थिक सहयोगलाई पहाडमा रुपान्तरण गर्दै गए । उनले हिउँदको सफा निलो आकास जस्तै सफा मनले कृषिकर्म गरे । उवाबारी थपे । चौरी र भेडाको बथान ठुलै बनाए । सत्तरी वर्षसम्म भेडाच्याङ्गा र चौरीको बथान लिएर लेखतिर उक्ले तर लाहुरेले भने दाइभाउजूले थाह नपाउने गरी गोर्खा बजारदेखि एक किलोमिटर पश्चिममा घडेरी र खेत किने । लाहुरेले नुर्बुलाई अड्कलेर पैसा दिन थाले । पल्टनबाट घर जाँदा चियापत्ति, चिनी, आर्मीका पुराना कम्बल, आर्मीका जाँगे, पतलुन, कमिज बाहेक पैसा लगेनन् । जाडोमा नुर्वुले आफैले बुनेको ऊनको बख्खु, ऊनकै घुम (सेउ) प्रयोग गर्थे । घरका परिवारले घरबुना र चीनतिरबाट ल्याएका लुगानै लगाउथे ।
दाइ सफा मनको किसान तथा भाइ लाहुरे भएको हुनाले सामा गाउँमा नुर्बुको परिवार इज्जतिलो र सम्पन्न भनेर चिनिन्थ्यो । घरमा सुचे मात्र नभएर दुध चिया पाक्थ्यो, सात वर्ष पुरानो छ्याङका घैला भाइको लागि भनेरै राखिन्थ्यो । दाउराको खात पनि अन्यको भन्दा ठूलो थियो । सबैभन्दा नौलो कुरो त्यो घरमा रेडियो थियो । नुर्बुले विहान बेलुका रेडियो सुन्थे । त्यहाँ साँझ परेपछि राती दस बजेसम्म मट्टितेलको पानसको बत्ति बल्थ्यो । नुर्बुका जेठाबा, काका र गाउँलेहरू छ्याङ, चुरोट, सुर्ती खाँदै भेडाच्याङ्ग्राको व्यापार, तिब्बतको बजार खुल्ने दिन, खेतिपाती, मौसम, हिम पहिरो, हिमवर्षा, जडिबुटीको उब्जनि आदि बारे गफ गर्थे ।


नुर्बुकी पत्नी दिकी माइती गाउँ चुमलिङ् बाहेक आरूघाट बजार पनि झरिनन् । लाहुरेका पनि सन्तान होउन् भन्ने चाहना नुर्बु र दिकीको थियो । त्यसैले बुहारीलाई पल्टनमै लैजान ताकेता गरे । लाहुरेका सन्तान भए । लाहुरेकी श्रीमतीले कलकत्ता, बम्बई, देहरादुन, पट्ना, गुहाटी सहर देखिन् । मान्छेको आँखाले नयाँ कुरा देख्यो भने त्यसको असर दिमागमा पर्छ ‘रे ! शहर देखेपछि उनलाई त्यो हिमालको फेँदमा छ–छ महिना हिउँसँग कठ्याङ्ग्रिँदै भेडा हेर्ने, बारीमा खनजोत गर्ने, दाउरा खोज्ने, ढिडो र चम्पा खाने, नुन चिया पिउने जस्ता कुरा मन परेन । चार पाँच पटक विदेश गए पनि उनले त्यता बिताएको त चारै वर्ष थियो । उनमा पल्टनिया लाहुरेका पत्निहरूसँगको हिमचिम र सहरिया वातावरणको प्रभाव पर्नु अस्वाभाविक थिएन । हिउँ पन्छाउँदै भूइँ कोट्याएर यार्सागुम्बा टिपेर पैसा कमाउने रहर उनमा देखिएन । त्यसैले उनले लाहुरे पतिलाई दाइ नुर्वु र भाउजू आङ दिकीसँग अंश लिएर गोर्खामा बस्ने योजनामा सहमत गरिन् ।


असोज महिना झरी रोकिएको थियो । विहान हुस्सुले सामा उपत्यकालाई गर्लम्म अँगालो हाल्यो । दिउँसो फेरि छ्याङ्ग भयो । हरियो काँडेदार सल्लाको वन, लामवद्ध सेता हिमालका चुचुरा र तीसँग अँगालोमा कसक्क बाँधिएको निलो आकाशको दृश्य चौपट्टै रमणीय देखिन्थ्यो । बेलुकी चीसो हुन थालेको थियो । लार्के भन्ज्याङ पार गरेर मनाङ झर्ने पर्यटक फाट्ट–फुट्ट देखिन थालेका थिए । गोठालाले भेडा, याक, चौरी धर्मशाला, लार्के, क्योङ्मा, लाकुरे, केर्मो जस्ता माथिल्लो लेकबाट तल झार्दै थिए । त्यसैबेला नुर्वुको लाहुरे भाइ छुट्टीमा घर आएको थियो । भाइ आउने खबर पाएपछि छिमेकी ल्हाक्पालाई चौरी र भेडा जिम्मा लगाएर नुर्बु घर झरेका थिए । शरद ऋतुमा हिमाल मुस्काएझैँ लाहुरे आएकोले नुर्बुको घर पनि उजेलिएको थियो । करिव एक साता त लाहुरेलाई भेट्न आउनेको भिड भयो । नुर्बुकी पत्नी दिकी र लाहुरेनी पाहुनालाई सुचे र छ्याङले सत्कार गर्न व्यस्त थिए । लाहुरे आएको दसौँ दिन पछि भने घरपरिवार मात्र हुन थाले । एक साँझ फलामको तीनमुखे चुलो वरपर सबै बसेका थिए । चुलोको धुँवा फलामको पाइपबाट सीधै छानो बाहिर जान्थ्यो । पहाडी भेगमा त्यस्तो चुलो हुन्नथ्यो । नुर्बु र लाहुरेका छोराछोरी सबै सँगै थिए । नुर्वुको जेठो छोरा पनि आरूघाट बजारबाट काकासँगै सामा गाउँ गएको थियो । त्यसै साँझ लाहुरेले छ्याङ पिउँदै भने–


“दाइ, तपाईंको जेठो छोराको बिहे पनि भयो । मेरा पनि तीन छोरा, एक छोरी भए । तिनलाई पढाउन प¥यो । मेरो अंश दिनु म केटाकेटीलाई गोर्खातिरै स्कुलमा भर्ना गर्छु र उतै बस्छु । अब सबै सम्पत्ति आधा गरेर अंशबण्डा गरौँ । तपाईंले खान सके खानु, नभा’ म अरु छिमेकीलाई बेचेर गोर्खा जान्छु ।”
लाहुरेको कुरा सुने पछि झसङ्ग हुँदै दुवै आँखाबाट बलिन्धारा आँशु झार्दै दिकीले–


“दुईभाइको परिवार राम्रो हुन्छा भनेरा दाइले चौरी हेर्दै छा । कहिल्यै हिउँ भनेना, चीसो भनेना । केटाकेटी सानै छा । किना आलग हुने ? मेरा सन्तानलाई भन्दा तिम्रो र केटाकेटीको बढी माया लाग्छा । बुहारीलाई हाम्ले नराम्रो गरेना । केटाकेटी सँगै हुर्कन्छ । लाहुरको थोरै भरथेग, नुर्बुको लेकको काम मिलाएर अझ दुईचार वर्ष सँगै बसेर काम गरे दुवै भाइका सन्तानलाई सुखा हुन्छा । केटाकेटीले पनि राम्रोसँग पढ्छा । पढे पछि सुखा हुन्छा ।” भन्दै दुवै भाइलाई छ्याङ थपिदिइन् । लाहुरेकी पत्नी नजिकै थिइन् ।


दुई वर्ष पहिले धर्मशालाभन्दा माथि तिब्बत नजिक हिम पहिरो जाँदा उनका चार चौरी सहित गाउँलेका समेत गरेर बाह्् चौरी र याक पुरिएका थिए । लाहुरेको कुरा सुन्दा बिना सङ्केत आएको त्यस्तै हिम पहिरोले नुर्बुलाई पुरेको जस्तै असह्य पिडाबोध भयो । क्षणभर उनले निस्सासिएको अनुभव गरे ।


नुर्बु सजिलो गरी बसे । आरा पिएर गिलास टेबलमाथि राख्दै भने – “केटाकेटीलाई पढाउना ठीक छा । सबैलाई गोर्खामै राख् । बुहारीले हेर्छा । तिमीहरू उतै बस् । सकुन्जेल मैले उवाखेती गर्छा । चौरी हेर्छा । अंश बाँडफाँड किन गर्ने ? गोर्खामा अलिकता खेत र घडेरी किनौँ । मैले याक र चौरी बेचेर थपिदिन्छा । हाम्रा सन्तानले पढ्छा । सुख हुन्छा । म पनि साठी हुन थाल्यो । लेकमा चौरीसँगै कुद्न, भेडा खेद्न, भालु र हिउँ चितुवा लखेट्न पहिले जस्तो सक्दैना । दुवैका सन्तानको भविश्य सोच्नु पर्छा । एक्लै राम्रो हुन्ना । मैले नराम्रो सोच्दैना । तैले जमिन टुक्रा पार्ने कुरा किन ग¥यो ? छुट्टिनु भनेको फुट्नु भन्छा । मिल्यो भने बल हुन्छा । त्यसो नभन । पैसाको मात टिक्दैना । ”
जेठाजुले भनेको कुरा नसुनेझैँ गरी लाहुरेकी पत्निले भनिन्– “म ता एक दिन पनि बस्दैना । सबै आधा–आधा गर । भेडा, याक र बारी बिक्री गरेर हामी गोर्खा जाने । छोराछोरी पढाउन ढिलो भयो । हाम्रा लाहुरे हल्दारसा’वका छोराछोरी सबै सदरमुकाम छन् । म त यो चिसोमा हिउँसँग कठ्याङ्ग्रिदै एक दिन पनि बस्दिनँ ।”
नजिकको नाता पर्ने बहिनीकी छोरी आफैले कुरो राखेर नुर्बुले भाइको बिहे गरिदिएका थिए । बिहे गर्दा उनी बाह्् वर्षकी थिइन् । सामान्य परिवारकी केटी भएकाले नुर्बुले बुहारीलाई घरमा आपूmसँगै राखेर घर, व्यवहार, दाउरा, धाँस, खर्क, भेडाच्याङ्ग्रा, याकचौरी, हिउँ, वर्षा सबै काममा सँगै लगेर कामकाजी बनाए । भाइका सन्तान छिटै होउन् भनेर नुर्बुलेनै भाइसँगै लाहुर पठाए । पत्नी दिकीले जेठो छोरालाई गोर्खामा कलेजमा पढ्न पठाउँ भन्दा नुर्बुले “ गोर्खा पठाउँदा याक र चौरी बेच्नु पर्छा” भनेर आफ्नो छोरालाई एसएलसीभन्दा बढि पढ्न दिएनन् । तर आज भाइबुहारीले एक्कासी अंश माग्दा उनी झल्यास्स भए । नुर्बुको शरीर फतक्क गल्यो । मन म¥यो । माया, विश्वास र भरोसामा पहिरो गयो । उत्तरी चिसो हावा सबैको घरभित्र छिरेझैँ नुर्बुको घरको कुरा पनि त्यसरीनै गाउँ भरी फैलियो । गाउँलेको मुखबाट यस्तो कुरा सुनियो–
‘नुर्बुको भाइ लाहुरे त गोर्खा जान्छा रे । ’


‘ लाहुरे त छुट्टिने भएछा । विचरा नुर्बुले दुःखा ग¥यो । सबै आधा गर्ने भनेछा । दाइलाई थप केही नदिने रे !’
‘ ठूलो परिवार, जहिलेसुकै कहाँसँगै बस्छा ता ?’
‘नुर्बु, सफा हृ्दयको मान्छे छा । गाउँले कसैलाई अन्याय पर्छा भने उ खुला बोल्छा । ’
‘लाहुरेले गोर्खामा खेत र घडेरी किनेको छ रे ! ’
‘दाइले लेकमा दुःख गरेर चौरी पाल्यो, चौरी भाग लाग्ने हो भने गोर्खाको जग्गा पनि नुर्बुलाई दिनुपर्छ । ’
‘गोर्खाको जग्गा त कुरै गरेन रे ! ’
यस्तै कुरा गाउँ, पखेरा, खर्क, पाटन, बुढी गण्डकीको तीर, मनास्लु, हिउँचुली, साम्दो हिमाल, लार्के बजार, उता पूर्वमा चुम उपत्यकादेखि आरूघाट बजारसम्म फैलिइहाल्यो । त्यसबेला मोबाइल फोन, म्यासेन्जर त थिएन तर राम्रो वा नराम्रो जे घट्ना भए तापनि खच्चड गोठालो, भरिया, लेख र बेँसी गर्ने बटुवा मार्फत लाहुरेका दाजुभाइ छुट्टिने कुरा त्यो भेग भरि फैलियो ।
नुर्बुले पटक्कै नाइनास्ति गरेनन् । भेडा, याक, चौरी सबै बाँडियो । पुर्खौली घर, पाँच पुस्ता पहिलेको दाउराको एउटा चाङ र घर नजिकैकोे उवा फल्ने मलिलो बारी लाहुरेलाई प¥यो । घरमा जे जति लुगा, गहना, भाँडाकुँडा, फलामे औजार, रक्सी पार्ने घ्याम्पो, डोको, नाम्लो, बुद्ध र सेनरबका मूर्ति, टेवल, दराज, तस्वीर थिए, सबै बाँडियो । तर लाहुरेले गोर्खामा लिएको जग्गाबारे कुनै चर्चै भएन । भाइले भनेनन् । दाइभाउजूले सोधेनन् । दुई भाइबीच अरुको जस्तो झगडा भएन । नुर्बुको हृ्दय यसरी कुँडियो कि आफन्त, मायामोह, दाजुभाइ भन्ने कुरामानै अविश्वास पैदा भयो । अर्कोतिर लाहुरेले दाइभाउजूले उनीप्रति गरेको वात्सल्यबारे एक थोपा न आदर देखाए न त मायानै ।


“पुर्खौली घर र नजिकको उवाबारी म किन्छा । अरू तैले जे गर्ने गर ।” नुर्बुले अन्तिममा भने । पुर्खाको रगत र पसिना त्यहाँ पोखिएकोमात्र कहाँ हो र आफ्नो आधा जीवन पनि त्यहीँ बितेकोले नुर्बुको त्यो घरसँग भावना, माया, रगत र पुर्खाको नाता जोडिएको थियो ।


लाहुरे र बुहारीले थोरै–थोरै गर्दै सामान गोर्खा पु¥याए । उता घर बनाउन थालेको समाचार नुर्बुले पनि चाल पाए । भाइले चारवटा घडेरी र एक रोपनी खेत किनेको कुरा उनलाई गाउँले दाजुभाइले सुनाएका थिए ।
गोर्खा बजारदेखि एक किलोमिटर पश्चिम पाखोमा लाहुरेले चार कोठाको घर बनाए, जुन अहिले मुख्य बजारनै बनेको छ । छोराछोरी सबैलाई स्कुल भर्ना गरे । उनको पेन्सन आउथ्यो । सेनाको अनुभव भएकाले नेपाल वैंकमा गार्डको जागिर पनि पाए । त्यहाँबाट पनि उपदान लिए । नपढेकै कारण आपूm सिपाहीमात्र भएकोमा लाहुरेलाई ठूलो पछुतो थियो । त्यसैले उनले सन्तानलाई उच्च शिक्षा दिन चाहन्थे जुन अवसर नुर्बुका सन्तानले पाएका थिएनन् । तर लाहुरेले टाउको फुट्ने गरी कोशिसा गर्दा पनि सन्तानले उच्च शिक्षा हासिल गर्न र जागिर खान सकेनन् । त्यसमा लाहुरे खिन्न भए । लाहुरेको परिवारलाई खानबस्न, घर व्यवहार चलाउन, नयाँ सामान किन्न कहिल्यै अपुग भएन । सबैले चाहे अनुसार खर्च गर्थे । आम्दाननिभन्दा खर्च बढ्दै गयो । सेनामा हुँदाको कमाई, सामा गाउँबाट ल्याएको रकमले उनले जग्गा थपेका थिए । तर छोराछोरीको पढाई र बिहेवारी गर्दा उनले जग्गा बेचे । बेच्ने क्रम रोकिएन । कमाईमा थपिदिने कोही भएनन् । गाउँलेको भनाईमा उनले प्रगति होइन कि दाजुप्रति गरेको निस्ठूर र अन्यायपूर्ण व्यवहारले उनको आर्थिक अवस्था खस्कँदै गएको थियो । सत्तरी वर्षको उमेरमा लाहुरेको देहान्त हुँदा, उनीसँग चालिस वर्ष पहिले दाइ नुर्बुले थाह नपावस भन्दै बनाएको पुरानो एक घरमात्र बाँचेको थियो रे’ !


खेत र घडेरी बेचेर खाई सकेपछि मात्र लाहुरे झल्यास्स भए । लाहुरेले आफ्ना केही मित्रसँग “मैले मेरो बाबुजस्तो दाइमाथि अन्याय ग¥यो । दाइभाउजूको मायालाई मैले जवानी, जागिर र पैसाको उन्मादमा वास्ता गरेना । त्यसैले म ओरालो लाग्यो । आज मैले दाइ र भाउजूको त्यो निस्छल माया झलझली सम्झेको छु ” भन्थे ।
भाइले अंश लिएर गोर्खा झरेपछि नुर्बु दुई वर्ष अभावको भुँमरीमा रन्फनिए । उनी अत्तालिए । आफ्नो भनेको को हो ? त्यसको व्याख्या गर्न सजिलो छैन । एक्काईसौँ शताब्दीको चरित्र हेर्ने हो भने त आफन्त भनेको मोबाईल मात्रै हो कि ? कोभिड –१९ महामारीको बेला आफन्त को भयो त ? आफन्त विरामी हुँदा नजिक कोही पनि गएनन्, रोग सर्छ भनेर । सन्तान आफन्त हुन् भनौँ भने मातापिताको लास उठाउन पनि त आउन सकेका छैनन्, विदेसिएकाहरू । स्वदेशमै भएका सन्तानले असक्त आमाबालाई बृद्धाश्रममा छोडेर आपूm क्याफेतिर छिरेका पनि त छन् । दुई मुटुलाई एक बनाएर हिँडेका प्रेमीप्रेमिका कति चाँडै नदीका दुई किनार भएका छन् । प्रेम, आज व्यापारमा परिणत भएको छ । अनुशासनमा न प्रेम छ, न प्रेममा मायाको स्पर्श र लालित्य । त्यसैले तीर्खा लागेको बेला जस्ले पानी दिन्छ, शायद त्यसबेला त्यही आफन्त हो । एक्काईसौँ शताब्दी पनि मायाको युग हुन सकेन ।


आफ्नो मुटुको टुक्रै सरह माया गर्दै काँधमा बोकेर लेकबेँसी गर्दै हुर्काएर लाहुरे बनाएको भाइले एक्कासी अंशको कुरा उठाएर लत्ताकपडा, भाडाकुँडा र दाउरासमेत आधाआधा गर्दा नुर्बुको हृ्दयमा पाप्रो नबस्ने गरी घाउ बस्यो । उनले भन्थे – “लार्के हिमाल र हिउँ जसरी युगौँदेखिसँगसँगै बस्छा त्यसैगरी हामी दुई भाइ नमरेसम्म सँगै बस्छा । बरु सामा ताल (हाल विरेन्द्र ताल)को पानी सुक्छा तर हाम्रो माया सुक्दैना ।” अति माया र अति विश्वासमा धोका हुँदा मान्छे मर्माहत हुन्छ, त्यो स्वभाविक हो । नुर्बुलाई त्यस्तै भयो । एक महिना उनी घरमै बसेर दाउरा काट्ने र चाङ् लगाउने काम गरे । पुर्खादेखि जम्मा गरि राखेको दाउराको चाङ् नुर्बुको पालामा झन उँचो भएको थियो । उहिले पहाडमा धानको टौवा हेरेर छोरी दिने चलन थियो । हिमाली गाउँमा अहिले पनि कस्को घरमा कति पुस्ता पुरानो दाउराको चाङ् छ, भन्ने हेरेर त्यो घरको स्तर निर्धारण गरिन्छ ।


आपूmले प्रत्येक वर्ष थप्दै गएको दाउराको चाङ खलबलिएन मात्र भत्क्यो र आधा भयो । उनको हृ्दय भित्रको मायाको चाङ पनि नराम्ररी खलबलियो, भत्क्यो, टुक्राटुक्रा भयो । भेडाको बथान बाडियो । याक र चौरीको आँगन पनि बाँडियो । लाहुरेको भागमा परेका भेडा र चौरीले नुर्बु वरपर गर्दा म्याँम्याँ गर्दै, बाँ –बाँ गर्दै पुच्छर हल्लाउँथे । कतिको आँखाबाट त आँशु झरेको पनि देखिन्थ्यो । ती त पशु न हुन्, तीनको मायालाई नुर्बुले पहिलेझैँ मुसार्दै सम्बोधन गर्थे र अनायस मनास्लुको दुई चुचुरातिर हेर्दै फतफताउथे –


“पशुको जति इमान र माया मान्छेमा नहुने रहेछा । मान्छे भए पछि मर्नु पर्छ भन्ने किन हेक्का नराखेको होला हँ मान्छेले ? जवान बुढो हुन्छा, बुढो मर्छा किन सोच्दैना हँ मान्छे ?”
गाउँलेले “नुर्बुले भाइबुहारीलाई अति माया गरो । भाइको लागि नुर्बुले जति माया गर्थे उनले आफ्नो सन्तानलाई गरेना । भाइलाई बृटिसको लाहुरे बनाउने रहरमा उनी लार्के भन्ज्याङ पार गरेर लाहुरे भेट्न लमजुङ पुग्यो । याक र चौरी सस्तैमा बेचेर तीन पटक गोरखपुर पठायो । लाहुरे भए पछि लार्के हिमाल हाँसेझँै हाँस्यो । उ हाँस्दा नुब्रीनै उज्यालो हुन्थ्यो तर भाइले उनको छातीमा सेनाले शत्रुलाई बुटले कुल्चेझैँ कुल्च्यो । नुर्बुले कमाएको सबै छानेर आधा पारेर लग्यो । आपूmले कमाएको सम्पत्ति भने लुकायो । दाइलाई धोका दियो । धोका दिनेलाई राम्रो हुदैना ।” भनेको नुर्बुले सुने ।
‘पिर मानेर पेट भरिदैना’ भन्ने कुरा नुर्बुलाई उनका बाबुले सिकाएका थिए । छुट्टिदाको वर्ष त नुर्बुलाई आफ्नो बारीले पनि माया मा¥यो । मंसिरमा हिउँ परेन । फागुन हिमपात बढि भयो । उब्जनिनै भएन । त्यही वर्ष याक,चौरी र भेडा हिमपहिरोमा परे । बाँच्नको लागि एक चौरी बेचे । अर्को वर्ष दसवटा भेडा पनि बेचे । जाँगर नभएर हो, लेकमा जडिबुटी नउम्रेर हो, उमेर ढल्केर हो, वा मन अशान्त भएर हो लगातार दुई वर्ष नुर्बुको आम्दानी खस्कँदै गयो, जेठको घाममा गोर्खा र बुद्ध हिमालको हिउँ खस्कँदै झरेझैँ ।


नुर्बुलाई साच्चिकै नपत्याउँदो दुःख प¥यो । पहिले गाउँलेलाई संकट परेको बेला अनाज दिएर भरथेग गर्ने नुर्बु आज आफै खान नपुग्ने अवस्थामा पुगे । घर्कँदो उमेरमा मकै र गहुँको पिठो आरूघाट बजारबाट बोकेर ल्याउन बाध्य भए । त्यो अवस्था देख्दा गाउँलेका आँखा नरसाएका होइनन् । दुई छाक खान नपुग्ने दिन भोग्नुनै उनको जीवनको सबैभन्दा पिडादायक दिन बन्यो । गाउँलेले मात्र कहाँ हो र ? भारी बोकेर उकालो चढदै गर्दा उनको मनमा यस्तो लाग्यो कि बूढीगण्डकीका प्रत्येक छालले उनलाई ‘ए नुर्बु तैले पनि भारी बोक्न प¥यो हैन ?’ भनेझैँ सुने । मनास्लु हिमालले –‘नुर्बु जीवन भनेको त्यही बूूढीगण्डकीको छाल जस्तै हो, पछारिन पर्छ, अनि बग्नु पर्छ, पिर नमान । दुःख पछि सुख हुन्छ ।’ भनेको आवाज पहरामा ठोकिएझैँ लाग्यो ।


अनि पसीना पुछ्दै फेरि सोच्थे – “अब सुख ता के होला र ? मरे पछि ! मरे पछि ता कसरी थाह हुन्छा र ? अर्को जन्म भन्ने कुरो त संसार भुलाउने भ्रम न हो । बाँचुन्जेल चौरी र भेडा खेद्दै, हिमाल र बुकी पाटन हेर्दै दुई छाक स्याक्पा खान पाए पुगो ।”
आरूघाट जाँदा उनका साथीभाइले नुर्बुलाई भाइको गोर्खामा भएको जग्गा दावा गर्न नभनेका होइनन् । नुर्बुले त्यसबारे बेवास्ता गरे । भाइले धोका दियो भन्दैमा मूर्ख भएर ती लालाबालासँग किन शत्रुता गर्ने भनेर उनले गोर्खाको जग्गाको लोभ गरेनन् । त्यो उनको महानता थियो । छोराछोरीले पनि ‘भैगो काकाकाकीसँग किन झगडा गर्ने । पाखुरा बलिया छन्, मेहनत गरेर काम गरे पछि खान पुगि हाल्छ ।’ भनेर बाबुलाई बल दिए ।
उनले आँशुलाई पसीना, निरासालाई बलमा परिणत गरे । फुटेको, चर्केको, चुँडेको हृ्दयलाई उनले बूढीगण्डकी छेउका बलिया काला चट्टानझैँ बलियो पारे । उनी रून छोडे । पत्नि दिकीलाई पनि नरुन भने ।


त्यो दिन उनी उनको घर छेउको साम्दो, लार्के र मनास्लु हिमाल हाँसेझै हाँसेका थिए, जुन दिन उनको छोराले पुर्खौली घर र घरबारी लाहुरे काकाबाट किनेर नुर्बुको नाममा राजिनामा पास गरिदिएका थिए । वर्खामा पग्लेको हिमालचुली र मनास्लुको हिउँ शिशिर ऋतुपछि क्रमशः चुलिँदै गए झैँ उनको घरमा पनि छुट्टिए पछि आधा भएको घर पूर्ण हुँदै गयो । दाउराको चाङ पहिले जत्रै भयो । भेडाको बथान र चौरी पनि पहिले जति भए । उमेर बढ्दै गए तापनि उनको शरीरमा जाँगर मनमा उत्साह थपिएकोमा गाउँले छक्कै परे । छुट्टिएको पाँचै वर्षमा बुढ्यौलीको अगगन्ती रेखा परेको उनको अनुहारमा पूर्णिमाको रातमा जुनमा देखिने गम्भिर तर उज्यालो चमक देखिए झैँ चमक देखिन थाल्यो । दुई छाक खानकै लागि अब उनलाई आरूघाट झर्न पर्दैन्थ्यो । जेठो छोराले आरूघाटमा घर बनाएको थियो । कान्छोले नुर्बुको चौरी र घर हेरेको थियो । छोरीतिरका नातिनातिनी सबै सरकारी जागिरमा थिए ।


दुःख र सुख भनेको ऋतु जस्तै हो परिवर्तन भइरहन्छ भन्ने कुरा नुर्बुलाई जति कस्लाई थाह होला र ? नुर्बु दुःखलाई सुखमा परिणत गरेर पुस–माघको मनास्लु हिमाल हाँसेझैँ हाँसेका थिए । बुढ्यौलीले छोए पनि उनी सन्तुष्ट थिए ।
त्यसरी सुख र सन्तोषको सास फेर्दै गरेको बखत भाइ लाहुरे सिकिस्त छ भन्ने खवर नुर्बुले पाए । त्यसबेला उनी पचासी वर्षका थिए । गाउँलेको साथ लागेर कतै घोडामा, कतै बोकिएर नुर्बु गोर्खा झरे । दाइ नुर्बुलाई देख्नासाथ लाहुरे धेरै बेर भक्कानिएर रोए । दाइ नुर्बुको हात समातेर माफि माग्दै भने – “भाउजूलाई किन नल्याएको दाई ? मलाई भाउजूसँग माफ माग्नु छ । भाउजूको काखमा मेरो टाउको राखेर डाको छोडेर रुन मन छ दाई । भाउजूले मलाई छोरालाई भन्दा बढि माया गरिन् तर मैले त्यही भाउजूलाई भोकै रुवाएर सुख काट्न यहाँ आए । त्यही भाउजूको गाँस काटेर मैले खाएँ तर मैले कमाएको सम्पत्ति लुकाएर भाउजूलाई देखाइनँ । म पापी भएँ दाइ । भाउजूले मलाई माफी गरुन् दाइ । मैले लुकाएर राखेको सम्पत्ति सबै स्वाहा भयो । सन्तानले पनि मैले कल्पे जसरी प्रगति गरेनन् । मैले पाप गरे दाइ । मलाई माफ गर है ।”


समयले नेटो काटेको थियो । अंश बाडेको पनि पैतिस वर्ष भैसकेको थियो । नुर्बुले धेरै कालखण्ड पार गरेका थिए । नुर्बुको चट्टान बनेको हृ्दय लाहुरेको आँशु देखेर हिउँ जस्तै कमलो भयो । आखिर भाइ न थियो । उनका सुकेका आँशुका नसा पनि रसाए । अन्तिममा नुर्बुले सम्झाउँदै भने – “अंशको कुरा पुरानो भयो । मैले त बिर्सी सक्यो । भाउजूले पनि भुल्यो । हामी त हिमालमै रमाएको छा । पुरानो कुरा बिर्सीदे । अस्पतालमा छा, अब राम्रो हुन्छा ।”
लाहुरेलाई सन्चो भएन । नुर्बुलाई भेटेको भोलिपल्ट साँझ आठबजे लाहुरे सधैको लागि दाइ र आफ्नो परिवारसँग विदा भए । गोर्खामै लाहुरेको दाह संस्कार गरेर नुर्बु सामागाउँनै फर्के । असोज १, २०७९

मन

धन्यवाद सहित साभारः गरिमा साहित्यिक पत्रिका असोज २०७९, पूर्णाङ्क ३९९

विष्णुप्रसाद शर्मा पराजुली

मन,
तँ कति विचलित हुन्छस् हँ ?
तँ चुपचाप किन बस्दैनस् ?
पेटभर खाएर, आङ्भर ढाक्दा पनि
तँ किन निरन्तर अस्थिर भइरहन्छस् ?
कहिलेकाहीँ मलाई चौपट्टै डर लाग्छ
तँ कतै डोरबहादुर विष्ट पो हुने होस् कि ?
तँ अस्थिर हुन्छस् र त
तँ द्रुत यान हुन्छस् र त
अनाहकमा पीडा र दुर्घटना निम्त्याउँछस्

मन,
तँलाई यो मेरो चेतावनी हो
तँ लखर–लखर यत्रतत्र नलखारिई
सक्छस् यदि तैँले भने
लोभ, लालच, मोह, भोगका भेलमा तैरेर
दुराचारी, पापाचारी, भ्रष्टाचारी बन्ने यत्न नगर
बरु सक्छस् भने
परिवर्तनको बेजोड कथा लेख्ने गर
त्यसले–
तातेकी पृथ्वी माताको छाती शीतल पार्न प्रेरित गरोस्
हरियालीको गीत गाउन स्वर दिन सकोस्
सेता हिउँको थुप्रो थुपार्न प्रेरित गरोस्
हेपाहाविरुद्ध मुक्तिको झण्डा उचाल्न ऊर्जा थपोस्
रुस–युक्रेन युद्धले ल्याएको
तेस्रो विश्व युद्धको अभ्यास निष्क्रिय पार्न सकोस्
मानवले मानव भएर बाँच्न प्रेमको गीत गाउन सकोस् ।
२०७९ असार ४

टुर दे’रोचोइ

साभार (फ्रान्सको पहाडी क्षेत्रको यात्रा निवन्ध) वैजयन्ती पत्रिकाको विदेशयात्रा अङ्क–३ , कात्तिक–मङ्सिर २०७९मा प्रकाशित ।

विष्णुप्रसाद शर्मा पराजुली

समय वि.सं. २०७६ भदौको हो । दुई दिने पेरिस भ्रमण झिलिमिली झिल्का जस्तै भयो । तिर्खा लागेको बेला एक घुट्को पानीले घाँटी भिजाए जस्तो, र पनि केही महत्वपूर्ण क्षेत्र जस्तै आइफल टावर, कला सङ्ग्रहालय, ठूला र ऐतिहासिक चर्च झल्याक–झुलक हेरेर फ्रान्सको पर्वतीय क्षेत्र चामोनिक्सको नजिक आनमास पुग्यौँ । पेरिसबाट जेनेभा नजिक रहेको आनमास ४१५ किलोमिटर छ, जसलाई टिजिभी रेलसेवाबाट पुरा गर्न तीन घण्टा लाग्यो । युरोप, अमेरिका, चीन, अष्ट्रेलिया, सिंगापुर जस्ता देशले यातायातको संरचना निर्माण र विकासमा अभुतपूर्व छलाङ मारेका छन्, हाम्रो कल्पनाभन्दा टाढा छ, त्यो विकास । विकासको मुख्य आधार, नसा, हृ्दय जे भने पनि यातायातनै रहेछ । नेपालमा अझै पनि त्यस्ता ठाउँ मनग्गे छन्, जहाँ वारीको गाउँबाट पारीको गाउँ जान अभैm पनि एक दिन हिँड्नु पर्छ । झोलुङ्गे पुल मात्र हुने हो भने त्यो वारपार एकै घण्टामा हुन सक्थ्यो । अर्काको देशले गरेको प्रगति देखेर नहुने रहेछ, आफ्नो देशमा देशलाई माया गर्ने नेता नभए पछि ।
त्यसबेला म, श्रीमति सुशीला टर्किस एयरलाईन्सबाट पेरिस ओर्लेका थियौँ भने छोरी डा. सुनिता न्यूयोर्कबाट त्यहाँ पुगेकी थिइन् । दुई साताको त्यो यात्रा युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ, चामोनिक्स, लिँयो, अल्पस् पर्वत शृङ्खलाका केही चुली क्षेत्रको पदयात्रा र स्वीट्रलेण्डको जेनेभा सहर वरपर केन्द्रित थियो । गृष्म ऋतुमा वेंसीमा हरियाली त्यसको माथि पहाड तिर हिउँ पग्लेपछि देखिने चट्टान आकर्षक देखिन्थे । माउन्ट ब्लाँ तिरका अल्पस् पर्वतमा भने बाक्लो हिउँ देखिन्थ्यो, हाम्रो हिमालय पर्वतमाझैँ । तल्लो भागमा हरियाली, त्यसभन्दा माथिल्लो करिव १ हजार मिटरको उचाइमा हाम्रो हिमाली क्षेत्रको ४ हजार मिटरको उचाइमा पाइने जस्तो होचो झाडीयुक्त झाडी, पूmल र बोट, त्यसपछि सुख्खा चट्टान, अनि ती भन्दा अग्ला पर्वतमा सेताम्मे हिउँ देखिन्थ्यो । हिउँभन्दा माथिल्लो भागमा टाँसिएको सफा नीलो आकास र त्यसमा कावा खाईरहेका काग, गिद्ध र अन्य ठूला चराहरूले वातावरणलाई मादक बनाएका थिए । हामीले फिज पर्वत परिक्रमा, लेक एन्तर्ने, लेक ब्लाँ, देन दे’ओच र दे’रोचोइ पर्वतीय क्षेत्रमा हाइकिङ् ग¥यौँ । युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ (४,८१० मिटर)लाई हेलिकप्टरबाट परिक्रमा गरेका थियौँ ।
त्यसै गरी स्वीट्जरलेण्डको जेनभा, स्वीस चकलेट बनाउँने कारखाना, जेनेभामा रहेका संयुक्त राष्ट्रसँघको कार्यालय, लेक जेनेभ, फ्रान्सको दोस्रो ठूलो सहर लिँयो, आनमास, थोनोन, इभिया लगायत अन्य केही सहर मोटरबाट भ्रमण गरेका थियौँ । अल्पस्को कठिन कोटिमा राखिएको पदयात्रा थियो, टुर दे’रोचोइ (२२०० मिटर)पर्वत यात्रा । हामीले नेपालमा त्यसप्रकारका यात्रालाई ट्रेकिङ् भन्छौं भने युरोपमा हाइकिङ् भनिन्छ । नेपालमा काठमाडौं उपत्यका वरपर गरिने पदयात्रालाई आजकल हाइकिङ् भन्न थालेका छन्, मुलतः त्यो एक वा दुई दिने पदयात्रा नै हो ।
मित्र मारयुस कार लिएर हामी बसेको आनमासको होटल कम्फर्टमा आए । हामी खाजा खाएर तयार थियौँ । दिदी क्लुदिनले तयार गरेको दिउँसोको खाजा पनि झोलामा राख्यौँ । टुर दे’रोचोइको लागि आनमासबाट दु लिगोनसम्म कारमा गयौँ । यहाँ सडकको जालो हाम्रो शरीरका नसा जेलिएझैँ जेलिएको हुन्छ, जताबाट जहाँ पनि जान सकिन्छ, त्यसैले उनीहरू पनि कहिलेकाहीँ त रुट बिर्सेर घण्टौँ हराउँदा रहेछन् । नेपालमा सडक सञ्जालको त्यस्तो जालो बनाउँने योजनानै बनेन । एकाध पूर्व–पश्चिम र उत्तर–दक्षिण जोडने राजमार्ग पनि पच्चिसौँ वर्ष पुरा हुँदैनन् । तर त्यहाँ योजना गरेर समय तोके पछि काम अनिवार्य हुन्छ, चीनमा पनि त्यसरीनै हुन थाल्यो । कारपार्कसम्मको ५५ किलोमिटरको ड्राइभलाई एक घण्टा लाग्यो । कार पार्क वरपर काठले बनेका हिमाली भेगमा पाईने घर जस्तै लज देखिन्थे । यहाँ लजलाई रिफ्यूज भनिन्छ । त्यस यात्रामा पास्कल, मारयुस, सुनिता र म थियौं । अलि कठीन प्रकारको यो यात्राको व्यवस्थापन मित्र मारयुस र पास्कलले गरेका हुन् । यी दुवै जना नेपालमा धेरै पटक आएका छन् । मारयुस मेरो तिब्बत यात्राका मित्रमध्येका एक थिए । उनले सोलुखुम्बुको मेरा पिक (६४७६ मिटर) पनि आरोहण गरेका छन् । पास्कलसँग मैले लाङ्टाङ् पदयात्रा गरेको हुँ । दे’रोचोइ पर्वतको यात्रा भन्दा पहिले हामीले फिज पर्वतको परिक्रमा गरेका थियौँ । हुनत, दे’रोचोइ पर्वत पनि फिज पर्वत अन्तरगतकै एउटा चुच्चो परेको चुन ढुङ्गाको पर्वत हो ।
दु लिगोनबाट हामी देन दे’ओच (म्भलत मुइअजभ) पर्वततिर लाग्यौं, जुन हुत साभोइ क्षेत्रमा पर्ने फुस्रो चट्टाने पहाड हो । चाब्ले शृङ्खलामा पर्ने ला देंन दे’ओच पर्वतको उचाइ २२२१ मिटर रहेको छ, हाम्रो नगरकोटको उचाइ जस्तै । र, यो क्षेत्र स्वीट्जरलेण्डको सीमा नजिक इभिया, थोनोन, ताल जेनेभसँगै उठेको छ । देंन दे’ओच जाँदै गर्दा जेनेभा सहर, ताल जेनेभ, इभिया र थोनोन वरपरका सहर, स्वीस र फ्रेन्च अल्पस् पर्वतका विभिन्न शृङ्खला देखिएका थिए । त्यसले मलाई कता–कता सराङकोटको पहाड उक्लेर त्यहाँबाट पोखरा सहर, फेवा ताल र अन्नपूर्णदेखि धवलागिरिसम्मको हिमालय पर्वत अन्तरगतका विभिन्न चुलीहरू हेरेको सम्झना गरायो । त्यो पहाडी क्षेत्रमा हिंडदा नेपाल झलक्क अगाडि आइहाल्थ्यो । शायद, त्यसैले पनि हुन सक्छ युरोपियनहरू नेपाल आउदा उनीहरूले नेपाललाई ‘स्वीट्जरलेण्ड र फ्रान्सको चामोनिक्स क्षेत्र जस्तै छ’ भन्छन् । हाम्रा पहाड तुलना नै गर्न नसकिने गरी अग्ला र हाम्रा नदी उपत्यका र खोंच त्यस्तै गहिरो छन्, त्यसैले विश्वविख्यात पनि छन्, साहसिक पर्यटक मात्र हिमालय क्षेत्रको पदयात्रामा आउछन् ।
दे’ओच पर्वतको शिखरमा पुग्नुभन्दा पहिले फ्रेन्च अल्पाइन क्लव अन्तरगतको एउटा दे ला देन दे’ओच रिफ्यूज (पहाडी लज) रहेको छ । दे’ओच फिज अन्तरगतकै चट्टाने पर्वत हो, हिउँदमा त्यसमा चढ्न डोरी, क्र्याम्पोन आदि सामानहरूको बन्दोबस्त गर्नुपर्छ । गृष्मकालिन यात्रामा हिउँ नहुने, चिप्लो नहुने भएकाले त्यति डर हुँदैन । कठिन खण्डमा स्थायी रूपमा पहरोमा किला ठोकेर फलामका लठ्ठा र डोरी राखिएका छन् । डोरीको सहारामा चट्टान चढ्नु पर्छ । त्यस पहाडको टुप्पोमा पुग्न विभिन्न बाटो पनि छन् । साहसी र चट्टान आरोहण गर्ने साहसी यात्रीले कठीनमार्ग प्रयोग गर्छन् । कोर्ने दे वीस र ग्रामो भन्ने ठाउँ त्यो चट्टान आरोहणको कठीन भाग हुन् । नेपालमा चट्टान आरोहण (च्यअप ऋष्mिदष्लन) व्यवसायिक बन्न सकेन । त्यसो गर्न सके हाम्रोमा नदी उपत्यकामा भएका चट्टान हिमाल आरोहण जत्तिकै प्रख्यात हुने थिए ।
स–सानो झाडी भएको पखेरो चढ्दै गयौँ । तल्लो भागमा भने धुपीका रुख थिए । त्यहाँबाट इटली, स्वीट्रलेण्डका अल्पस् पर्वत लहरै देखिएका थिए भने जेनेभ तालले अँगालोमा सजाएको स्वीट्जरलेण्डतिरको जेनेभा र फ्रान्सको आनमासदेखि इभियासम्मको सहर हरियाली भित्र लुकेका थिए । हाम्रो यात्रा जारी थियो । मानव जीवनलाई पश्चिमाले बढीनै महत्व दिन्छन् । त्यसैले उनीहरूले निरन्तर मेहनत गरेर चरम आर्थिक उन्नति गरे । त्यसै अनुसार प्रकृतिको पनि संरक्षण गर्दै अत्यधिक भौतिक सुविधा पनि लिए । अति औद्योगिकरण भएकोले प्रकृतिमातालाई असह्य भयो । परिणाम स्वरूप कहिले अष्ट्रेलिया, अमेरिका, क्यानाडा त कहिले युरोपलाई आगोको लप्कोले सेक्न थाल्यो । सामान्य रुपमा गृष्ममा तीस डिग्रीसम्म पुग्ने आनमासको तापक्रम अहिले (सन् २०२२ को जुलाई) ३८ डिग्री सेन्टिग्रेडसम्म पुग्यो, जुन युरोपिएनको लागि अपत्यारिलो हो । औद्योगिकरण र सुविधाभोग पनि सोचविचार गरेर गर्नु पर्ने रहेछ भन्ने कुरो अहिले बुझ्दै छन्, युरोपिएनहरू । उनीहरूले भोगेको भौतिक सुखको मार हाम्रो हिमालमा पनि परेको छ, त्यसको मूल्य हामीले भोकभोकै तीर्दै छौँ ।
हामीले चढ्दै गरेको पदमार्गलाई पर्यटन व्यवसायीले कठिन कोटीमा राखेका छन् । त्यसैले यात्रुको सुरक्षालाई ध्यानमा राखेर त्यहाँको नगरपालिकाले पहराको त्यो मार्गमा फलामका ठूला काँटी ठोकेर त्यसमा फलामका लठ्ठा र प्लास्टिकका डोरी झुण्ड्याएका छन् । पाईला राख्न नमिल्ने पहरामा फलामको पाताको टेका राखेका छन् । त्यस्ता ठाउँमा डोरी समाप्तै, डोरीको सहारामा फलामको पातामा टेक्दै चट्टान चढ्नु पर्ने हुन्छ । ठाउँ–ठाउँमा मार्ग नक्सा र सूचना पाटी राखिएको पाईन्छ । ती सूचना पाटीमा ‘ठाउँको नाम, त्यहाँबाट अन्य रूटमा पर्ने ठाउँको नाम र त्यहाँ पुग्न लाग्ने समय, लज, बालबालिका र जेष्ठ नागरिक भएमा तिनीहरूलाई विशेष ध्यान दिनु पर्ने, त्यहाँ वरपर भएका पूmल, विरुवालाई टिप्न नपाईने, तोकिएको बाटो बाहेक अन्यत्रबाट हिँड्न नपाईने, कुकुर लैजान नपाईने, फोहर आफैले फिर्ता लैजानु पर्ने, फोहोर फालेमा र रुख विरुमा उखेलेमा कारवाही गर्ने’ जस्ता सूचना दिइएको थियो । यात्रुले त्यसलाई पालना गर्दथे । त्यहाँ हाम्रोमा जस्तो न वियरका बोतल फुटालेर बाटोमा फालेको देखियो, नत चकलेटको एउटा खोस्टानै । त्यहाँ स्कूलदेखि बालबालिकालाई सरसफाई, रुख विरुवालाई माया गर्नु पर्ने, जेष्ठ नागरिकलाई आदर गर्नु पर्ने र ट्राफिक नियम पालनाका कुरा सिकाइएको हुन्छ र त्यसलाई पालन गरिन्छ । दे’ओच र दे’रोचोइमा पर्ने कठीन ठाउँबारे पनि सूचना, नक्सा त्यहाँ दिएको थियो ।
रिफ्यूजमा पुग्नु भन्दा पहिले हामी भिरालो पखेरोमा पुग्यौँ, त्यसको केही तल सानो उपत्यका, स–साना पोखरी, हरिया थुम्का र घाँसे मैदान देखियो । त्यहाँ पहेंला, राता, गुलावी, नीला विभिन्न थरीका पूmलले भिरालो पखेरो सजिएको थियो । त्यसपछि भने हामी फुस्रो, खैरो र घुरमैलो चट्टानको खण्डमा पुग्यौँ । एक ठाउँमा दुई पहराको चेपको बाटो भएर छिर्नु पर्ने थियो । त्यो साँघुरो थियो, मोटो शरीर भएका मानिसलाई त्यहाँबाट छिर्न कठीन थियो । नेपालमा भए त्यस्तो ठाउँलाई धर्म र पापसँग तुलना गर्ने थिए । त्यो चेपबाट जान नसक्नेलाई पापी भन्ने थिए र त्यहाँबाट छिर्नेलाई धर्मात्मा । तर त्यहाँ त्यस्तो हुँदैन र थिएन । त्यहाँबाट जान नसक्ने यात्रुलाई अर्को बाटो रहेको छ, जुन चेपको भन्दा केही मिनट लामो छ । हाम्रोमा अधिकाङ्श विषयहरू पुरातन, रुढिवादी, अव्यवहारिक, अवैज्ञानिक, अविश्वासिलो सोचबाट सञ्चालित हुने भएकाले प्रगति पनि त्यस्तै प्रकारले भएको छ, त्यो कुरा हामी कसैबाट लुकेको छैन । हामी वर्तमानलाई भन्दा मृत्यु पछिको सुखी जीवनको कल्पनामा रमाउँछौँ । किनभने, हामी त्यस्तै छौँ ।
चेप पार ग¥यौँ । त्यस पछि थोरै मात्र ढल्केको, सानाठूला खुकुलो चट्टान भएको, कतै–कतै पहराको चेपमा पूmल र दुई–तीन फिट अग्ला धुपका बोट भएको ठाउँमा पग्यौँ । पहरो सिधै अकासिएको थियो । त्यो दे’ओच पर्वतको खण्ड थियो । त्यहाँ फलामका लठ्ठा (नेपालको पुरानो झोलुङ्गे पुलमा पाईने जस्तै), सानो आकारको फलामकै साङ्लो र डोरी (दशैँको लठ्ठे पिङ् जत्रै मोटो) पहराको छातिमा सुतेको देखियो । ती डोरीलाई फलामका मोटा किला ठोकेर त्यसको साङ्लो भित्र छिराएर सुरक्षित गरिएको थियो । ती सबै डोरी र किला भरपर्दो र बलियो थिए । दे’ओचको त्यो खण्डमा कतै दुवै हातले दुई तिर समात्दै उक्लन मिल्ने फलामका भ¥याङ ठडिएका थिए, कतै डोरी झुण्डिएका थिए । ती भ¥याङ चढ्न नसकेर फर्कन पर्दा कति पर्यटक डाको छोडेर रोएका देखिन्थे । त्यहाँबाट झर्न नसकेका आफन्तलाई कतिले बोकेर झारेका थिए । त्यस्तो ठाउँमा एक्कै छिनमा पर्यटकको भीड भैहाल्थ्यो र लाइनमा नै उभिनु पथ्र्यो । युवा एथलेट्सहरू भने पहरै चढेर अघि बढ्थे ।
त्यो साहसिक र कठीन खण्डमा पथ्र्यो । त्यहाँ चढ्दा आफ्नो हातले समातेको डोरी छोड्न भएन र आफ्नो पाइला ठीक ठाउँमा राख्न प¥यो, र चट्टान चढ्ने साहस र बल हुन प¥यो, त्यति भए पछि त्यहाँ अन्य कुनै जोखिम हुदैन, हुदैन्थ्यो र थिएन पनि । नेपालमा त्यसप्रकारको स्थानमा पदयात्रा गर्दा कुनै सुविधाको त कल्पना नगरौँ सूचना पाटी पनि पाईदैन । हामीले त्यस्तोमा हिंड्दा आफ्नो जीवनलाई हत्केलामा राखेर, जोखिम मोलेर हिड्नु पर्छ । त्यस्तै परेर दुर्घटनामा पर्ने हो भने कति ठाउँ त त्यस्ता छन् जहाँ गिद्ध पनि जान आँट नगरेर, लास हेरेर त्यसलाई नलुछी फन्को मारेर फर्कन्छ । उद्धारको त कुरै छोडौं ।
मैले उच्च हिमाली क्षेत्रको कन्चनजङ्घा हिमालको आधार शिविरदेखि हुम्ला हिल्साको कर्णालीकोतिरसम्मको पदयात्रा गर्दा त्यस्ता जोखिमको अनुभव सँगालेको छु । कति त मैले मेरा पुस्तक ‘तिब्बत यात्रा, डोल्पोः विश्वको जीवित सङ्ग्रहालय र श्वेत पर्वत’मा उल्लेख पनि गरेको छु । अल्पस्मा मलाई धेरै नौलो, रमाईलो र सजिलो लाग्यो । म बालबालिका रमाएझैँ रमाएको थिएँ, चट्टान चढ्न डोरीको सहारा पाउँदा । डोरी समाउन पाउँदा मैले बाल्यकालमा मेरो बुबाको चोरी औँला समातेर हिंडेको अनायास स्मरण गर्न भ्याएँ । सुरक्षाको सन्दर्भमा, युरोपका अल्पस् पर्वतमा जहाँ पदयात्रा गर्ने, परिक्रमा गर्ने, आरोहण वा स्कीको लागि पर्यटक जाने मार्ग बनाईएको छ, ती सुरक्षित, यथेष्ट सूचनाका साथै व्यवस्थित छन् । हामी ती डोरी समात्दै, फलामका टेकामा टेक्दै दे’ओच पर्वतको अग्लो भागमा पुग्यौँ । लामो सास फेरेर यताउता हेर्दा हामीलाई लेक जेनेभ, इभिया सहर र माउन्ट ब्लाँ पवर्तले मुसुक्क मुस्काएर स्वागत गरेको थियो ।
यात्राको कठीन खण्ड सकिएको थिएन, यो अल्पस् पर्वतमालाको फिज पर्वतकै शृङ्खला हो जहाँ विभिन्न आकार र प्रकारमा थुप्रै चट्टाने पहाड, घाँसे उपत्यका, स–साना बुट्यान हुने क्षेत्र रहेको छ । त्यस्ता घाँसे उपत्यकामा नीजि पर्वते घर छन् । वर्खाको समयमा पदयात्रा गर्दा बस्ने, वा एक–दुई हप्ता त्यही वरपर यात्रा गर्दै आराम गर्ने गर्दछन् यस क्षेत्रका बासिन्दा । त्यहाँ बसुन्जेलको लागि चाहिने सामान हेलिकप्टरबाट लिएर आउछन् । ती नीजि घरका धनिले नगरपालिकालाई कर तिर्नु पर्छ । ती घर हाम्रा हिमाली क्षेत्रका घर जस्तै काठले बनेका हुन्छन् । हामी हिँडेको बाटोमा डोरीको भाग सकिएको थिएन । हामी पहाडको धारतिर उक्लदै गयौँ ।
एउटा हामीले जान्नै पर्ने कुरा के भने अल्पस् पर्वत हिमालयका जेठा दाइ हुन् । उचाइमा हिमालय पर्वतमालालाई कसैले आक्न सक्दैन, त्यो सत्य हो । तर उमेरमा अल्पस् पर्वत हिमालभन्दा धेरै जेठो छ । भूगर्भविद्का अनुसार अल्पस पर्वतमाला सात करोड सत्तरी लाख वर्ष पहिले बनेको हो भने हिमालय पर्वतमाला पचास लाख वर्ष पहिले मात्र निर्माण भएको हो । टोनी हेगनले त हिमालय वन्दै गरेको दृश्य पेकिङ मानवले देखेको हुनु पर्छ भनेका छन् । पेकिङ मानवलाई छ लाख वर्ष पहिलेको भनिन्छ । हिमालभन्दा तिब्बतको पठार पनि जेठो छ । हिमालय पर्वतलाई संसारको कान्छो पर्वतमाला भनिन्छ । अल्पसको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँको उचाइ समुद्र सतहदेखि ४,८१० मिटर रहेको छ भने हिमालय पर्वतमालामा पर्ने संसारकै उच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ रहेको छ ।
युरोप हाम्रोभन्दा चीसो छ । त्यहाँ १०००–१,५०० मिटरको उचाइमा हिउँ लामो समय जम्छ जबकी हाम्रोमा ५,००० मिटरभन्दा माथि मात्र लामो समय हिउँ जम्दछ । हिमालय पर्वतमालामा समुद्र सतहदेखि ५,००० मिटरको उचाइसम्म पनि वनस्पति र खर्क पाइन्छ भने युरोपमा ३,००० पछि पाइँदैन । हामी फ्रान्सको जुन क्षेत्रमा पदयात्रा गर्दै थियौँ त्यहाँ १,५०० मिटरको उचाइदेखि नै नेपालको ३,५००–४००० मिटरमा पाइने पूmल र अन्य बिरुवा देख्न पाईन्छ । युरोपमा २,००० मिटरको उचाइमा पाइने बिरुवा नेपालको ४,५०० मिटरमा मात्र देख्न सकिन्छ । भौगोलिक फैलाव, हावापानीले गर्दा त्यस्तो भएको हो ।
त्यसपछि हाम्रो यात्रा दे’रोचोइ (म्भचयअजयष्च) पर्वत (२२०० मिटर)को काखतिर सोजिएको थियो । यो फिज अन्तरगतको अल्पस् चट्टान तीखारिएको र चुच्चो परेको छ । सामान्य आँखाले हेर्दा दे’रोचोइ नेपालको कालीगण्डकी, बुढी गण्डकी, मस्र्याङ्दी नदी वरपर, बीच, किनार वा नदी किनारसँगै उठेका चट्टान जस्तै उभिएको अल्पस् पर्वत हो । अर्को अर्थमा, युरोपको लागि दे’रोचोइ हिउँदको लागि माछापुच्छे«, लोबुचे भने जस्तै र गृष्मको लागि पदयात्रा गर्ने चट्टान हो । नेपालका ७ हजार माथिका हिमालको महत्व भएझैँ त्यहाँ २ हजार माथिका पहाडको ठूलो महत्व हुन्छ । दे’रोचोइ क्षेत्रका अन्य चर्चित ठाउँमध्ये चर्चित पोर्तेत धुरी र प्लेट पर्वतको चुली हुन् । दे’रोचोइसँगै रहेको अर्को ठूलो पहाड ह्यामर हो ।
दे’रोचोइ पर्वतको भञ्ज्याङबाट हिउँनै हिउँले ढाकिएका माउन्ट ब्लाँ सहित अन्य थुप्रै अल्पस पर्वतको सुन्दर दृश्य देख्न सकिन्छ । हामी चारै जना बिस्तारै चढ्दै गयौँ । पास्कल र मारयुसले हाम्रो गति हेर्दै थिए । हामी तीन जनालाई त खासै कठिन थिएन । सुनिता जो अमेरिकाबाट आएकी थिइन् उनलाई कठिन हुन्छ कि भन्ने शङ्का थियो, तर त्यसबेलासम्म सहयोगका हात उनलाई चाहिएका थिएनन् ।
हामी उक्लँदै गरेको चट्टानको साँघुरो बाटोमा डोरीको सहारामा हिड्नु पर्दथ्यो । मारयुस अगाडि थिए भने पास्कलले सुनिताको हिंडाइको निगरानी गर्नुका साथै ‘त्यहाँ टेक, यहाँ नेर पाईला राख, डोरी कसिलो गरी समाउ’भन्दै साथ दिएका थिए । त्यहाँ डोरीले बाटो देखाईएको थियो । त्यो चट्टानको भाग चरचरी फुटेको, कतै तीन–चार इन्च त कतै तीन फिटसम्म गहिरो धाँजा फाटेको, कुनै भाग खुकुरीको धार जस्तो धारिलो परेको, फुटेको कुनै खण्ड छुरीको तीखो भागझैँ तिखारिएर उभिएको, दुवै तर्फ ठाडो पहरो भएको चट्टानको धारैधार भएको थियो । त्यसलाई पार गर्नु पर्ने थियो । विस्तारै, त्यो उकालो चढदै गयौँ । त्यहाँ फलामको लठ्ठा र मोटो डोरी थियो । त्यसको सहारमा चुच्चे ढुङ्गामा टेक्दै उक्लनु पथ्र्यो । पानी र हिउँ नभएकोले लर्कने डर थिएन । खुट्टालाई गहिरो धाँजोमा नपार्न र भीरतिर नखस्न बाटोमै ध्यानदृष्टि दिनु पथ्र्यो ।
होशियारीकासाथ धारमा पुग्यौँ । धार साँघुरो थियो । चट्टाको धारको दुवै तिर कलालिलाग्दो भीर तलसम्म झरेको थियो । त्यहाँ डोरीलाई होशियारीसाथ समात्न पथ्र्यो । डोरीबाट हात चिप्लेर खुस्क्यो भने जीवन पनि खुस्कँने डर टड्कारो थियो । त्यसैले त्यस्तोमा विशेष होशियार हुन पर्छ, तस्वीर खिच्ने वा सेल्फिलिने लोभ गर्न हुँदैन । भरपर्दो, उभिन मिल्ने ठाउँबाट तस्वीर लिन पर्छ । होशियार नहुँदा नेपालमा मात्र होइन युरोपका त्यस्तै ठाउँमा पनि दुर्घटना भएको हामीले सुनेका छौँ ।
हामीले दे’रोचोइको त्यो खण्ड पनि सुरक्षित रुपमा सक्यौँ । त्यसपछि हामी दे’रोचोईको माथिल्लो भागबाट क्रमसः झर्दै गयौँ । ओरालो झर्दा शरीरको तौल हात र डोरीमा पर्ने भएकाले घोप्टिन सक्ने डर हुन्छ । त्यो मैले अनुभव गरेँ । त्यसैले म चट्टान तिरै फर्केर पछाडि झर्दै गएँ, जुन सुरक्षित हुन्छ । त्यसो गर्दा पाईला सही ठाउँमा राख्नको लागि पछाडी फर्केर हेर्नु पर्छ, अन्यथा भ¥याङ वा ठाडो पहरोबाट चिप्लदा शरीरको भार हातमा परेर धान्न नसक्दा खस्न सकिन्छ । त्यस्तो हरेक पल होशियारी अपनाएर मात्र पाइला चाल्नु पर्छ । त्यसबेला केही ठाउँमा सुनितालाई मारयुसले ‘पाईला यहाँ राख’ भन्दै अथ्र्याएका थिए ।
झर्दै, हामी विभिन्न थरीका पूmल, लाली गुराँस, धुपका स–साना बोट भएको पखेरामा पुग्यौँ । त्यो झाडी र त्यहाँ भएका वनस्पति तीन फिट भन्दा अग्ला थिएनन् । धेरै बोटका पात तुलसीको पातभन्दा ठूला थिएनन् । त्यो ठाउँ त्यस्तै १००० मिटरको उचाइमा हुँदो हो । नेपालमा त्यस्तै वनस्पति भएको ठाउँमा पुग्न कम्तिमा ३ देखि ४ हजार मिटरको उचाइमा पुग्नु पर्छ । झर्दै गर्दा हामीलाई माउन्ट ब्लाँ, (४,८१० मि.), एग्विली दु मिदिका तिखा चुचुराहरू, ती चुचुरासम्म पुग्ने केवल कार, हिम गुफा, हिउँ कम भएको हिमनदी र थुप्रै तिखा इटालीसम्म फैलिएका अल्पस पर्वतले स्वागत गरेका थिए । यस्तो लाग्थ्यो कि, ती चुचुराहरूले एकअर्कोसँग कानेखुशी गर्दै आपूmभन्दा अग्ला भाइहरू नेपालका हिमालय शृङ्खला बारे चर्चा गरेका हुन् ।
फ्रान्स, इटाली र स्वीट्जरलेण्डका हिउँ भएका र हिउँ नभएका अल्पस् पर्वतमालाका हजारौँ चुचुरा, नाङ्गा पहाड, हरिया उपत्यका र सहर देखिएका थिए । हामीलाई दिदी क्लुदिनले चिज, चिकेन, ब्रेड र पोटेटो राखिदिनु भएको रहेछ । मारयुस र पास्कलले खाना सहित पानी र वाइन पनि बोकेका थिए । अत्यन्त रमणीय दृश्य हेर्दै, लन्च खादै तस्वीर लियौँ । टाढाको माउन्ट ब्लाँसँग कागजका गिलास ठोकाएर ‘चिन–चिन’भन्दै लन्चसँगै एक–एक गिलास वाइन पनि पियौँ । पास्कलले माउन्ट ब्लाँ वरपरका सुन्दर चुलीहरूको नाम बताईदिए । माउन्ट ब्लाँको फेदमा रहेको चामोनिक्स स्की, हाइकिङ र आरोहणको लागि युरोपको सबैभन्दा सुन्दर र महत्वपूर्ण सहर हो । यहाँ हरेक वर्ष संसारभरका लाखौं पर्यटक आउने गर्छन् । यो सहर, हाम्रो सगरमाथा क्षेत्रको नाम्चे बजार सगरमाथाको प्रवेशद्वार भएझैँ चामोनिक्स माउन्ट ब्लाँको प्रवेशद्वार हो ।
लन्च पछि हामी सानो उपत्यका चले (ऋजबभितक) दे’सेल्समा झ¥यौँ । त्यहाँ ठूला गाई चरीरहेका थिए । त्यसको माथिल्लो भागमा झारल पनि देख्यौँ । हाम्रो उच्च हिमाली क्षेत्रमा देखिने काग, गिद्ध, भँगेरा र अन्य चराचुरुङ्गी देखा परे । बाटोमा भेटिने पर्यटकले हामीले ‘नमस्ते’ भनेझैँ ‘बोँजु’ भन्दै लम्केका थिए । अग्ला, ठूला रुख भेट्न त कार पार्क नजिकै पुग्न पथ्र्यो । टुर दे’फिज अन्तरगतको एन्तर्ने पहाड र एन्तर्ने ताल पछिको त्यो हाम्रो दोस्रो पदयात्रा (ज्ष्पष्लन) थियो । त्यसपछि हामी चामोनिक्स पुगेर ब्लाँ तालको पदयात्रा गर्ने योजनामा थियौँ ।
हामीले पास्कल र मारयुसलाई दे’ओच र दे’रोचोइ पर्वत घुमाएकोमा धन्यवाद दियौँ । उनीहरूले पनि मलाई लाङ्टाङ्, अन्नपूर्ण आधार शिविर र खयर भारानी ताल घुमाएको स्मरण गर्दै धन्यवाद दिए । मैले नेपाल सम्झेँ । नेपालको पदयात्रा गर्दाका कठीनाईका साथै हाम्रोमा भएको पर्यटनको प्रचुर सम्भावना सम्झेँ । फ्रान्समा जसरी व्यवस्थित र सुरक्षित गर्ने हो भने हामीभन्दा सानो मुलुक सिंगापुरले वर्षेनी दुई करोड पर्यटक भित्र्याउँदा हामीले एक करोड पर्यटक नेपाल भित्र्याउन के कठिन हुन्थ्यो र भन्ने कुरा मनमनै सम्झेँ । बगैँचा र हरियालीले ढाकेको सहर पार गर्दै गाडी आफ्नै गतिमा कुदिरह्यो, जेनेभा नजिक रहेको फ्रान्सको सानो सहर, आनमास तिर । ०समाप्त०