घरमा अलिकता ठेस् लग्दा उता लम्पसार पर्नु भो
आज, मौका पारी लात हाने,
हिजो, पेट दुखेको बहानामा सुटुक्क् तेतै पुग्नु भो
आज नेपालनै आफ्नो ठाने .
माफी हामी तपाइलाइ दिन्छौ
स्वाभिमान दरो पार्नुहोस् ,
साथ मात्र होइन बलिदान दिन्छौ
पाईला तपाईका नेपाली पार्नुहोस् .
युगदेखी युगसम्म नाकाबन्दी भैरहन्छ
धरती मातालाई कुर्चिसँग साट्दा,
भाबी सन्तति घरी घरी मरेर बाच्नु पर्छ
राष्ट्रप्रेम, राष्ट्रधर्म र माटो पानी सङगै बेच्दा .
२०७२ असोज् ७ , बनेपा