उषा पक्कै झर्छिन् भोली , रात एक् बाच्न पाए 

DSCN8574 Parbat PP size

भीर् हाम्रा वरपर 

पाइला गनि चाल्नु पर्छ 

डाँफे मयुर् नाच्न् छाडे

सृस्टि कहा बाच्न सक्छ् । 

मयुर् तिमी लेक चढी 

हेर् बुकि फूल 

चिरी देउ छाति मेरो 

देख्यौ भने  भूल् । 

छाति मेरो दुख्यो ऐले 

लाला बाला भोकै रहे 

उषा पक्कै झर्छिन् भोली 

रात एक् बाच्न पाए । 

माटो फले देश हास्छ 

देश् हासेँ मन् 

प्याउली फुल्छ पाखा भरि 

ढुक्क् हुन्छ तन । 

छाति मेरो फराकिलो 

अन्तरिक्ष अट्न् सक्छ 

मलाई तिमीले चिन्यौ भने 

संसार् यही  हास्न सक्छ ।   

कात्तिक् १३

नेपाली नेपाली भाषि भुटानी हुन नपरोस्

भुटानका नेपाली भाषि भुटानी लाई नेपाल भित्र भारत् ले जबर जस्ती ट्रक् मा  कोचेर्  छिरायो । तर् आफ्नो देस् मा फर्कन्छौ भन्दा देस् फर्कन भारत् ले दिएन् । नेपाली भाषी भुटानी आज् सरणार्थि बने। माटो बिनाका नागरिक् बने । नेपालीले यो कुरा किन बुज्दैनन् ? भारत् को छिमेकी प्रतिको निति राम्रो सँगा बिस्लेसन् गरौ। नेताहरु  दिर्घकालिन् रुपमै सोचेर् काम् गर । नेपाल लाई बचाउन सबै नेपाली एक् हौ । माटो गुमे पछि खोजेर पाइदैन । DSCN8574 Parbat PP size

यसपटक् दशै दलाल् लाई पनि दशा भो

DSCN8574 Parbat PP size

यसपटक्  दशै दशा  भो

मन् दिक्क अनि असान्त भो

सूनका  कुरा छोडौ ,

नुन्, दाल्, चामल् , ग्यास्, तेल्  सखाप् भो

सानालाई त थाहै थियो

पराधिनता के हो ? अरुलाई पनि थाह् भो

साना लाई बिचल्लि भो

यसपटक्  दशै दलाल् लाई पनि दशा भो ।

हाँस्नुपर्छ देश अब हिमाल झैँ खुली

 

 

Copy (2) of PKG22 bishnu black cap
तराईमा सुन फल्छ हिमालमा चाँदी,
पहाडमा हिरा झर्छ डर के को साथी ।

गर्नु पर्छ आँट अब दास बन्न हुन्न,
सार्वभौम सधैं हामी झुक्न कत्ति हुन्न ।

तितो मिठो खाउँला बरु आफ्नै सीपले लाउँला,
ढिलो भए होस बरु अमृत आफ्नै पिउँला ।

पीडा अब बोक्नु हुन्न राष्ट्रियता बिर्सेर,
कालो मसि चोब्न हुन्न स्वाभिमान बेचेर ।

धरतीमा उषा झर्छ देखाउँदै बाटो,
ईमानले देश हाँस्छ पसीनाले माटो ।

नाच्नु पर्छ देश अब मयूर झैं झुली,
हाँस्नु पर्छ देश अब हिमाल झैं खुली ।

रचनामा प्रकाशित पुष–माघ २०७२
९८४१३७७०८३

 

 

 

 

 

 

आमाको काखमा जस्तोसुकै दुख् पनि सुखै हुन्छ।

आमाको काखमा जस्तोसुकै दुख् पनि सुखै हुन्छ।

Shishapangma & Dorjee Lhakpa from Cherkori-peak-4980m. Nov. 2011 P: Hem K

१२ वर्ष् पछि , १२ वर्ष् पहिले झै अक्टुबर् २०१५मा नेपालको मौसम् सफा भयो। नीलो आकास् र हिमाल् देखियो । येस भन्दा लगभग् १२  वर्ष्  मौसम् मा  आएको परिबर्तन्ले अक्टुबर् मा  पनि ठुला दुर्घटना भएका थिए ।

यस वर्ष् महाभुकम्पले क्षेत् बिक्षेत् पारेकाले प्रक्रिति देवले नेपालमा पर्यटकको ओइरो लागोस् भनेर , नया सम्बिधान् संगै  प्रगति गरोस् भनेर प्रक्रिति देव हासें ।

हिमाल् हास्यो , डाफे , मुनाल् र मयुर् नाचे । नदी र खोलामा उमङग छायो । (फोटो मा जस्तै)

Sunrise at Langtang Range from Langtang Village8

Sunrise at Langtang Range from Langtang Village Nov. 2011 P: B

तर, भुकम्प ले हामीलाई दिएको भन्दा १००० गुणा बढि प्रताड्ना  दियो भारत को  क्रुर मोदि सरकार् ले ।  नाकाबन्दी भन्दैन् तर महा नाकाबन्दी गर्यो । नेपाली दाजु भाई को रगत् को नातालाई टुटाउन्  खोज्दैछ् । हाम्रो घाटि अठ्याएर् हामीलाई नै लडाउदै छ् । तर, तेस्तो हुदैन्।

हामी सबै नेपाली निरास् नहौ । भारत् को दलाली गर्ने नेपालीलाई चिनौ। नेपाललाई एकताको मालामा गाँसि राखौ।

पारबाहन् हाम्रो अधिकार् हो । हाम्रो पीडा बिश्वो सामु राखौ । मोदिले हामीलाई  कमजोर् पारेर, लडायेर् , कुल्चेर नेपाल्लाई टुक्रा  पारेर हाम्रो प्राक्रितिक् सम्पती र सम्पदामाथी सदाको लागि कब्जा जमाउन लागेकोछ् । तेसो हुन नदिऔ ।

Langtang river and Langtang 2 from Langshisha Kharka

Langtang river and Langtang 2 from Langshisha Kharka Nov. 2011 P: B

सबै नेतामा  रास्ट्रभाब् ,रास्ट्रप्रेम्  उमार्न् प्रेरित् गरौ। आमालाई बचाऔ । आमाको काखमा जस्तोसुकै  दुख् पनि सुखै हुन्छ।  असोज् २२ ।

अब होसियार् बनौ। नेपाल् आमालाई सबै मिलेर बचाऔ ।

Copy of PKG22 bishnu black cap

नेपाल् सार्वभौम , स्वतन्त्र, प्रजातान्त्रिक् र बिकसित् राश्ट्र भयेको दक्षिन्को छिमेकि देख्न चाहदैन। तर् हामी मिल्नु पर्छ। प्रजातन्त्र, राज्तन्त्र , गनतन्त्र जे भने पनि भारत्त को लागि हामीले जहिले पनि माटो , पानी र सार्वभौमताका  मुल्य तीरेका छौ । तेशैले, सबै नेपाली एक् हौ ।

देशको सिमा भित्र बसेर् आन्दोलन् गरौ। भुल्मा  परेर भारत्को उकसाहटमा  बिदेशी भुमीमा  छिरेर उस्ले दियेको हतियार ले आमा  बा लाई प्रहार् नगरौ । उस्ले नेपालीको हक्, हित् र् अधिकार्को लागि सहयोग् गरेको होइन । उल्ले नेपाल् लाई टुक्रा पारेर , कमजोर् पारेर,  हामिलाई जुधाएर हाम्रो माटो , नदी, कब्जा गर्ने हो । भुटानी लाई नेपाल छिर्न दिने तर् घर् फर्कन्छौ भन्दा नदिने को हो ? नेपाल् मा ठुला उधोग , ठुला सडक् हुना नदिने को हो ? हामिले बुझौ । हाम्रा नेताहरु लोभि, पापी भएर हामी दाश भयौ । कम्सेकम  अबत बुझौ । ०७   साल् का नेपाली होइनौ । ०७   साल् यो होइन । दुइ देस् को समान्  नाता मात्र राखौ ।

उस्को स्वार्थको लागि उस्ले जे पनि गर्न सक्छ । अत होसियार् । नेहरु देखि नै हामीले धेरै मुल्य  तिरेका छौ।  अब होसियार् बनौ। अब होसियार् बनौ।  नेपाल् आमा लाई सबै मिलेर बचाऔ । नेपाल् आमा लाई सबै मिलेर बचाऔ ।

असोज् २१,२०७२

डटेर आमा खै म भन्नै सकिन । 

 

 Copy of PKG22 bishnu black cap

१ . म सँगै तिमी छौ 

र त् म जीबित् छु, 

डारलाग्दा नङ्ग्रा , तिमी माथि रोपिदा 

कसरी म हास्न् सक्छु । 

 

 

२ . लाचार् कति रहेछु म 

प्रेम् मेरो तिमीलाई पोख्नै सकिन, 

पराधीन् कति रहेछु म  

सन्तान् म तिम्रो पनि भन्नै सकिन । 

३. लाबन्य रुप र् अपार् सम्पति तिम्रो 

पहिचान् मैले खै गर्नै सकिन , 

ठूला बुट छातिमा बज्रदा तिम्रो 

डटेर आमा, खै म भन्नै सकिन ।  

१७ असोज् २०७२

 

तराई, पहाड् ,हिमाल् का सबै नेपाली एक् हौ

तराई, पहाड् ,हिमाल् का सबै नेपाली एक् हौ

कोशी, गण्डकी, माहाकालिमा ठगी इ सकेकाछौ । सुस्ता, मेची , पशुपती गण्डकको  वालमिकि, लीपु, कालापानी जस्ता सीमा मिचीइसकेका छ्न् । हामी झगडा गरेको मौका पारेर् अब नदि , खोला, खानी , सीमा र राज्य मा नङ्ग्रा गाडन् मौका खोजदै छ्न्  । होशियार् हामी बनौ ।