एक् अगालो स्वाभिमानका लागि एक् मुठी दाउरा कुरिरहेको छु

bishnunmdc

DSCN8574 Parbat PP size

मन् कटक्क् दुखेको छ्

छाती  भतभत पोलेको छ्

अनुहार् भरी आक्रोश् छचल्किएको  छ्

दारा जती किटे पनि मलाई थाह् छ्

मेरो कम्पनले मलाई बाहेक् अरुलाई खान सक्दैन् ।

मैले , नया नेपालको आगनमा घन्टौ उभिएर्

एक् मुठी  दाउरा कुरिरहेको छु

भुकम्पले भत्काएर् शिर्  झुकाएको जयबागेस्वोरीको  गजुर् ले

आफुले ओढेको  च्यातिएको  प्लास्टिकको झुत्रोबाट

करुण् नयनले हेरिरहेछ् ,

आन्दोलनमा  उफ्रने , भुकम्प्मा  पुरिने, नाकाबन्दीको मेसिनमा  पिसिने

म जस्ता टुहुरा स्वाभिमानीहरुलाई ।

उता उ भत्केको छ् ,

एता भत्केको म, नाकाबन्दी ले फेरी जीर्ण् भएको  छु

मन् लाई भत्किन नदिन एक् मुठी दाउरा खोजिरहेको छु

मलाई थाह् छैन त्यो दाउराले मेरो चुलो बाल्छ्  कि

आर्यघाटमा मलाई जलाउन साथ् दिन्छ ।

देखेको छु, सबै खाले ठुलाठालुका  घर् अनि गोठ्मा

ग्यास् , पेट्रोल , डिजेल् पुग्छ

अक्सिजन्का  सीलिन्डर् र औषधि

लाचार् छायाहरु मर्छन् कि भनेर आगनमा थुपारीएका छन  ।

तर् म भने , एक् मुठी दाउरासँगै एक् अगालो स्वाभिमान् बचाउन सक्छु कि भनेर

जयबागेस्वोरी मन्दिर् अगाडिको कुनामा  लामबद्द् छु,

जुक्दिन भनेर लम्पसार पर्ने लाचार् छायाहरुलाई मैले चिनेको छु

तर् पनि म…

View original post 70 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s