मन् कटक्क् दुखेको छ्
छाती भतभत पोलेको छ्
अनुहार् भरी आक्रोश् छचल्किएको छ्
दारा जती किटे पनि मलाई थाह् छ्
मेरो कम्पनले मलाई बाहेक् अरुलाई खान सक्दैन् ।
मैले , नया नेपालको आगनमा घन्टौ उभिएर्
एक् मुठी दाउरा कुरिरहेको छु
भुकम्पले भत्काएर् शिर् झुकाएको जयबागेस्वोरीको गजुर् ले
आफुले ओढेको च्यातिएको प्लास्टिकको झुत्रोबाट
करुण् नयनले हेरिरहेछ् ,
आन्दोलनमा उफ्रने , भुकम्प्मा पुरिने, नाकाबन्दीको मेसिनमा पिसिने
म जस्ता टुहुरा स्वाभिमानीहरुलाई ।
उता उ भत्केको छ् ,
एता भत्केको म, नाकाबन्दी ले फेरी जीर्ण् भएको छु
मन् लाई भत्किन नदिन एक् मुठी दाउरा खोजिरहेको छु
मलाई थाह् छैन त्यो दाउराले मेरो चुलो बाल्छ् कि
आर्यघाटमा मलाई जलाउन साथ् दिन्छ ।
देखेको छु, सबै खाले ठुलाठालुका घर् अनि गोठ्मा
ग्यास् , पेट्रोल , डिजेल् पुग्छ
अक्सिजन्का सीलिन्डर् र औषधि
लाचार् छायाहरु मर्छन् कि भनेर आगनमा थुपारीएका छन ।
तर् म भने , एक् मुठी दाउरासँगै एक् अगालो स्वाभिमान् बचाउन सक्छु कि भनेर
जयबागेस्वोरी मन्दिर् अगाडिको कुनामा लामबद्द् छु,
जुक्दिन भनेर लम्पसार पर्ने लाचार् छायाहरुलाई मैले चिनेको छु
तर् पनि म निरन्तरर् लामबद्द् छु युगौदेखि ।
मेरो अघिल्तिर पशुपतीको साढे छ् ,
उस्ले पनि महाभुकम्प , नाकाबन्दी, र नया नेपाल् हेरी रहेछ,
घरी घरी म जस्तै आक्रोशित् हुन् खोज्छ
मैले बिद्रोहको आवाज् ओकल्न सक्छु
तर् उ त्यति पनि सक्दैन,
मन् भित्रै हाम्रा जस्तै आक्रोश् थुपारेर्
उ धेरै भुकम्प , नाकाबन्दी, र नया नेपाल् बोकिरहेछ्
भुकम्पले पुरिएका , नाकाबन्दीले चिथोरिएका क्रन्दन् सुनिरहेछ्
निरन्तर निरन्तर।
म पनि,
एक् अगालो स्वाभिमानका लागि एक् मुठी दाउरा कुरिरहेको छु
निरन्तर निरन्तर युगौ देखि ।२०७२ मङ्सिर २ गते
Reblogged this on bishnunmdc.