भूमण्डलीकरणमा देश नै किन ?

कोरानाबाट सिक्नुपर्ने पाठ
धन्यवादसहित साभार कपनअनलाईन

भूमण्डलीकरणमा देश नै किन ?

विष्णुप्रसाद शर्मा पराजुली

विष्णुप्रसाद शर्मा पराजुली

एक दशक पहिले आमा गंगालाल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । ‘मुटुमा ठूलो प्वाल परेको छ । ठूलो तीनवटा प्वाल छ, सत्तरी नाघेको हुनाले अपरेसन गर्न सकिदैन । ’ चिकित्सकको भनाई थियो । हामी परिवारका सदस्य तैपनि आशावादी थियौँ । शायद अलि कठीन भएर होला अस्पताल भर्ना भएको पाँचौ दिनदेखि ‘मलाई घरमा लैजाउ । म यहाँ बस्दिनँ । घरमा गए पछि ठीक हुन्छ । ’ भन्न थाल्नु भयो । इन्सेन्टिव केयर युनिटमा हुनुहुन्थ्यो । अन्तसम्म राम्रोसँग कुरा गर्नु हुन्थ्यो । उपचार भइरहेको थियो । हामीमा आशाको दियो बलेको थियो । तर त्यो दियो अस्पतालमा मात्र दश दिन बल्यो । आमाले ‘घरमा जाने, घरमा लैजा’ भनेर जोड गरेपनि आइसियुबाट बाहिर निकालेनौँ ।
मृत्युको बेला वा अन्तिम घडीको बेला वा संकटको बेला मानिसले घर खोज्छन्, देश खोज्छन् त्यो सत्य हो । अहिले कोरोना भाइरसको महामारीले देश र घर र परिवार मात्र खोजेको छैन यसले त भूमण्डलीकरणको सिद्धान्तलाईनै चुनौति दिदैछ । युरोपिएन युनियनको एउटै युरोपभन्ने धारणालाई इटली र स्पेनमा परेको अघोर संकटमा युरोपकै अरु देशले सहयोग गरेनन् भन्ने कुरा उठीरहेको छ । त्यसैले भूमण्डलीकरणले धनि र ठूला कम्पनिले गरिव र सानालाई थिचेर झन धनि र झन गरिब बन्ने रहेछ भन्ने कुरा उठन थालेको छ । र, कोरोना भाईरसको महामारीले भूमण्डलीकरणलाई झापड हानिदिएको छ । अनि होस हुने र होस खुल्ने हो हामी जस्ता साना देशले कम्तिमा आफ्नो देशमा ‘केहि त उत्पादन गरौँ ’ भन्ने पाठ सिकाएको छ । यदि, पाठ सिकेमा ।
हिमाल आरोहणगर्दा भएको मृत्यु होस्, पहिरोमा परेर ज्यान गएको होस वा विदेशमा काम गर्दा मृत्यु भएको होस् सबैको लास देशमानै ल्याइन्छ वा लगिन्छ । काम वा घुमघामको सिलसिलामा मानिस टाढा पुगेका हुन्छन् तर जब अति कठीन अवस्थाको सृजना हुन्छ, तब मेरो आमाले मर्ने बेलामा घर खोजेझै बिदेशमा संकटमा परेमा वा संकटको बेला देश खोजिने रहेछ । ०७२ सालको भुकम्पको बेला म, श्रीमती र मित्र लक्ष्मण अधिकारी सहित नुवाकोटमा थिएँ । देख्दा देख्दै घर ढले, धुलोको हुण्डरी चल्यो, मानवको कंकलास्वर सुनिन थाल्यो । मृत्यु भएको खबर सुनियो । फोन बन्द भयो । त्यसबेला मलाई पनि ‘अहो मरिन्छ क्यारे ! बीच बाटोमा मरिने भो । मर्ने बेला घरमा (कपन, काठमाडौँ) नै मर्न पाएको भए हुन्थ्यो ।’ भन्ने मनमा अनायस उब्जेको थियो । संकट वा अन्तिम घडिमा पहिले आपूm, परिवार, घर, देश क्रमशः आउदा रहेछन् । देश बाहिर हुँदा प्रथमतः देश र देशको माटो आउछ । मैले त्यो अनुभव गरेको छु । माया, भावना, प्रेम भनेको शायद त्यो हो जुन भूमण्डलीकरणले बुझ्दैन । यसले बुझ्ने भाषा भनेको पैसा अनि पैसा हो ।
वि.सं. २०४५ सालको नाकावन्दीमा नेपालका ठूला शहर बाहेक अन्यत्र नाकाबन्दीको खास असर परेन । उच्च पहाड र हिमाली गाउँतिर त समाचार पनि नाकाबन्दी पछि पुग्यो । किनभने, २०४५ सम्म नेपालमा नेपाली परिवारले आफ्नै खेतबारीमा धान, कोदो, मकै, गहुँ, जौ, उवा भटमास, बोडी, सिमी, सागपात उब्जाउथे र बाख्रा, कुखुरा, गाई–भैसी, याक–चौरी पाल्थे । पथ्र्यो त संकट मात्र नुनको । हिमाल तिर त नुन पनि खोला र पहाडमा पाईन्छनै । तर २०७२ सालमा हामी भुकम्पबाट थिलथिलो परेको बेलामा भएको नाकावन्दी उच्च पहाड र हिमाली गाउँसम्ममात्र पुगेन नेपाल भर हाहाकार नै भयो । किनभने, त्यसबेला हामी शतप्रतिशत पर निर्भर भइसकेका थियौँ । हाम्रोमा अहिले उब्जनीनै छैन । हिजोको त्यो घर–घरमा हुने अर्थतन्त्र बैदेशिक रोजगारीमा परिणत भयो । खेतबारी बाँझो भए । हाम्रो आफ्नो कुनै उत्पादन र आम्दानीको स्रोत नहुदा नहुदै पनि हामी भूमण्डलीकरणको चपेटामा प¥यौँ । भूमण्डलीकरणलाई हामीले भित्र््यायौँ । र परनिर्भर भयौँ ।
अब विश्व एउटै गाउँ भयो भनेर ठूला देश, ठूला कम्पनीको उत्पादनलाई उपभोग गर्न आफ्ना स–साना धन्दा वन्द गरेर चुपचाप हामी पनि भूमण्डलीकरणको भेलमा समाहित भयौँ । भूमण्डलीकरणले ठूला कम्पनि, ठूला र धनि देश, अर्बपतिलाई हरेक वर्ष खर्ब पति बनाउन मद्दत ग¥यो । क्रेडिट स्वीस रिपोर्ट अनुसार विश्का १ (एक) प्रतिशत धनि ब्यक्तिसँग विश्वको ५० (पचास)प्रतिशत सम्पत्ति रहेको छ । र भूमण्डलीकरणले गरिब देशलाई झन गरिव बनाउँदै परनिर्भर हुन बाध्य पा¥यो । सामान्य नागरिकले गर्ने भनेको जे सुविधा पाईन्छ त्यो उपभोग गर्ने हो । त्यस्तो अवस्थामा सरकारले आफ्नो देशको कुन उत्पादन भूमण्डलीकरणमा लैजाने भन्ने सोच्नु पर्छ । धेरै देश जस्तै मलेसिया, कोरिया आदिले त्यसरी सोचेको कारणले उनीहरु पनि धनि हुदै गए । चीनले त विश्व बजारमा ठूलो प्रभाव पारेको छदैछ । नेपालले त्यसरी कहिल्यै सोचेन बरु उल्टै २०४६ मा बहुदलीय ब्यवस्था स्थापन गरेपछि देशमा भएका उद्योग, कलकारखानाहरु निजी ब्यापारीलाई कौडीको मोलमा बिक्री ग¥यो । फलस्वरुपः हामी परनिर्भरताको खाडलमा भाषिदै–भाषिदै घाँटिसम्म पुरिने गरि पुरियौँ । होइन भन्नु हुन्छ भने हाम्रो उत्पादन के छ त ?
कोविड–१९ को माहामारी नहुदै सिटामोल निर्यात बन्द भयो । नेपालले चिया, सुपारी, अदुवा निर्यात गर्न खोज्दा पारि जान दिइदैन । अर्को देशबाट आउने प्याज उसको देशमा कम हुने जस्तो भयो भने हाम्रोमा प्याज आउदैन । भूमण्डलीकरण त्यसैले ठूलाको ब्यापार हो । सानाको लागि मार हो । हामी त फेरी कस्ता भने विदेशबाट ल्याएको कराहीमा, विदेशबाट ल्याएको ग्यासबालेर, विदेशबाट ल्याएको तेल तताएर विदेशबाटै ल्याएको मेठी फुराएर प्याज किन्न बजार जान्छौँ । अनि प्याज नपाए पछि पसले, ब्यापारी, गोदाम, प्रधानमन्त्री अनि विदेशीलाई सराप्छौँ तर प्याज वा त्यस्तै कुनै एक वा दुई खाद्यान्न वा अन्य उत्पादनमा हामीलाई केहि महिना पुग्ने गरी मात्र भए पनि कसरी उत्पान गर्ने भनेर सोच्दा पनि सोच्दैनौँ र उत्पादन गर्दैनौँ । प्याज नपाउदा ठूला कुरा गर्छौँ । यसो गर्नु पर्ने उसो गर्नु पर्ने भनेर फलाक्छौँ । कतैबाट प्याज आउछ अनि फेरि ढुक्क भएर हिंडछौँ । प्याज एउटा उदारण मात्र हो । हामी सबै कुरामा प्याज जस्तै छौँ ।
प्रसंग कोराना महामारी र यसले भूमण्डलीकरणमा देखाएको समस्या बारेको सामान्य वहस हो । त्यसैले कोरानाकै कुरा गरौँन । हामीसँग के छ त ? हामीले सरकारलाई गाली मात्र गर्छौँ । यसपटक कोरोना संक्रमण हुन नदिन, वा अति हुने क्षति कम गर्न समसामयिक अवस्थाको मूल्यांकन, अन्य देशले महामारीबाट कम क्षति हुन गरेका अभ्यासबाट सिक्दै सोहि अनुसार देशको परिस्थितिको अवस्था हेरेर निर्णय गर्दै आफ्नो बर्कतले भ्याएसम्म सरकारले काम गर्दैछ । सरकारको उपस्थिति देखिएको छ । सरकारले उपलब्ध गराएका सामान प्रयोग नहुने, नीजि अस्पतालले नागरिको उपचार नगर्ने जस्ता नयाँ समस्या छन् । अस्पताललाई विरामीको उपचार गर भनेर सर्वोच्चले आदेश गर्नु पर्ने अवस्था पनि छ । त्यो लाज लाग्दो कुरा हो । सबै कुरामा विदेशमा भर पर्न पर्छ । तर पनि अहिले सरकारका केन्द्र, प्रदेश र स्थानीय तह सकृय भएकाले डरलाग्दो हुदैन भन्ने लाग्छ । अर्को तर्फ मानिस होशियार हुन थालेकाले र मानिस घरमानै बस्न थालेकाले पनि क्षति न्यून बन्ने छ । नेपालमा अन्यत्रको तुलनामा पटक–पटक साबुन पानीले हात धुने र पटक –पटक तातो पानी पिएर बस्ने बानीले पनि विभत्स हुनबाट बाँच्न सक्छौँ । हामीसँग अन्यदेशमा भए जस्ता उपकरण छैनन् । उनीहरुसँग उपकरण भए तापनि अहिले धनि युरोपका देशलाईनै ‘आफै त महादेव उत्तानो पर कस्ले देला वर’ भन्ने उखान जस्तै भएको छ । त्यसैले हामी आपूm सचेत हुन पर्ने छ । ‘हामीसँग सबै छ’ भन्ने देशलाई ठूलो संकट परेको हामीले देखिसक्यौँ ।
भूमण्डलीकरण भए नै पनि सबै देश वा सबै कम्पनिले पहिले आफू, आफ्नो परिवार र आफ्नो देशका नागरिक बचाउन लाग्ने छन् । आपूmसँग केहि बढि समान पनि राख्ने छन् । त्यसैले यस्तो बेलामा हामीलाई चाहिने जति सामान हामी नेपालीले पैसा उठाएर सरकारलाई दियौँ भने नै पनि विश्व बजारमा सामानको अभाव हुने भएकाले सरकारले केहि गर्न सक्दैन । त्यसैले यस्तो अवस्थामा आफ्नो देशमा कुनै उत्पादन यदि हुन्थ्यो भने अमेरिकाको जनरल मोटर्स र जर्मनीको कार कम्पनिले भेन्टीलेटर र अन्य स्वास्थ्य उपकरण उत्पादन गरेझैँ हामीले पनि उत्पादन गथ्यौँ । त्यसैले भूमण्डलीकरणको भूँमरीमा आखिर को पर्ने भए त ? गरिव नागरिक र गरिव देश । त्यसैले देशमा उत्पादन चाहिन्छ । चाहियो । नेपाल सरकार र नेपाली उद्योगपति यसबारेमा सोच्नुप¥यो ।
भूमण्डलीकरको ठूलो उदाहरण युरोपियन युनियन अहिले कोरोना महामारीले झन कमजोर हुदैछ । बेलायत ३१ जनवरी २०२० देखि त कानूनिरुपमानै छुट्टियो । पहिलेदेखिनै बेलायतको नीति फरक थियो । युरोभित्र पनि थिएन । मैले यो तयार गर्दासम्म वरल्डोमिटर्सका अनुसार इटली र स्पेनमा क्रमशः १२४२८ र ८४६४ को मृत्यु भईसकेको छ भने विश्वमा ४२ हजार १५८ को मृत्यु भएको छ । निको भएर घर फर्कँनेको संख्या १ लाख ७१ हजार १०० रहेको छ । इटलीमा भयाभह भएर विरामीलाई अस्पतालमा भर्ना गर्ने ठाउँ नहुदा, त्यहाँका स्वास्थ्यकर्मीले चौविसै घण्टा काम गरिरहदा र संक्रमित भएर मृत्यु हुँदा जर्मनीका अस्पतालमा थुप्रै बेड खालि भएको समाचार आयो । इटलीका प्रधानमन्त्री जोसेफ कोन्तेले युरोपियन युनियनको बारेमा सोच्नु पर्ने धारणा बारम्बार राखेका सञ्चार माध्यमले दिएका छन् । सञ्चार माध्यमले ब्यापक प्रश्न उठाए पछि मात्र इटलीका विरामीलाई जर्मनीमा उपचार गर्न लगियो । विदेशमा भएका नागरिक आफ्नो देशमा जान चाहे र लगियो पनि ।
मैले माथि उठाएको कुरा जति सुकै भूमण्डलीकरणको बखान गरे पनि संकट परेको बेला आखिर पहिले आफू, परिवार, घर, देश अनि अरु आउने रहेछ नि । युरोपमा त देखियो भने दक्षिण एशिया त के नै हो र ? त्यो पुष्टि भयो । अझ पुष्टि हुदैछ । जर्मनीले त्यसैले कसरी गल्ति ग¥यो भन्नु ? ब्यापार र मानवीय कुरा फरक कुरा हुन् । अहिले ब्यापारले भन्दा मानवीय कुराले भूमण्डलीकरणलाई चुनौति दिएको छ । र, यसले साँचो अर्थमा भोलीका दिनमा ठूलो असर पार्ने छ । कोरोनाले भूमण्डलीकरणमा मात्र होईन शक्ति राष्ट्रको वर्णानुक्रमलाई पनि चुनौति दिने छ । ब्यापार गर्दागर्दै पनि कसले मानबीय रुप देखायो र कसले देखाएन भन्ने कुरा पनि उठनेछन् । एशियाली फोहोरी र गरिबमात्र होईनन् यिनीहरु सभ्यताका मुहान र अग्रज पनि हुन् भन्ने पनि देखाउने छ । बन्दुकले भाईरस मार्न नसक्ने रहेछ भन्ने पनि यसले सिकाउने छ । र, वन्दुकको प्रतिस्पर्धा नगर है भन्ने पनि यसको सन्देश ठूलादेशलाई हो भने गरिव नेपाल जस्ता देशलाई आफ्नै देशमा केहि उत्पादन गर है भन्ने अर्को महत्वपूर्ण सन्देश पनि हो । किनभने भूमण्डलीकरणले धनिलाई धनि र गरिवलाई गरिव, आश्रित र विश्व बजारको शरणार्थी नै बनायो । त्यसमा यो कोरोना भाईरसले सचेत बनाएको छ । चेत खुल्ने हो भने ।
अहिले सबैले धनि देशले गरिब मुलुकमा भएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगे । एउटा कुरा सोचौँ न ! धनि देशले नेपालमा रहेका उनीहरुका नागरिकलाई नेपालमा स्वास्थ्यकर्मीले उपयोग गर्ने, विरामीलाई उपचार गर्ने र त्यसको लागि चाहिने उपकरण नेपालमा पठाएर पनि त उपचार गर्न सक्थे नि ! त्यसो गरे त ? गरेनन् । किनकी, संकटमा, भावनामा भूमण्डलीकरण असफल भयो । त्यसैले भूमण्डलीकरण भनेको धनि देश र ठूला कम्पनीले गरिव देशलाई पर निर्भर बनाउने मात्र हो । साना देश परनिर्भर नभए भो नि त भन्ने प्रश्न उठन सक्छ । त्यसको जवाफ त्यति सजिलै दिन सकिदैन किनभने भूमण्डलीकरणले धेरैलाई क्षतविक्षत पारेको छ । अब कोरोना जस्ता महामारीले दिएको चुनौतिले धेरै देश र तिनका सरकार परनिर्भरता हटाउन प्रयास गर्नेछन् । नेपालले पनि यसबेला यो सोचोस् । हुन त नेपालको बिर्सने बानी छ ।
सबै कुराबाट के देखियो भने संकट र अफ्टेरो अवस्थामा मानिस जतिसुकै धनि, विकसित वा जे भए पनि घरनै चाहिने रहेछ । त्यसकारण यो भूमण्लिीकरणबाट फाईदा कसलाई भयो ? कठीनाई र मद्दत चाहिने बेला खासै सहयोग कसैलाई भएन ।
कोरोना पछिको विश्व कस्तो होला ? आफ्नो ठाउँमा छ । चीनले कोरोना नियन्त्र गर्न सफल भई विश्वका धेरै मुलुकमा एएभ् सहित स्वास्थ्यकर्मी सहयोगकालागि पठाएको छ । अमेरिकामा भाईरसको संक्रमण उच्च देखिएको छ । युरोप महामारीको भुचक्रमा छ । अमेरिका र बेलायतका विश्वविद्यालयका विज्ञले पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्धमा शक्तिराष्ट्रको वर्णानुक्रम फेरिएझैँ यो कोरोना महामारीको विश्व महामारीले पनि शक्तिराष्ट्रमा ठूलो फेरवदल हुने, युरोपियन युनियन जस्ता संघको विषयमा प्रश्न उठने र भूमण्डलीकरणको बाटो पनि परिवर्तन हुन सक्ने कुरा लेख्न थालेका छन् । आफू बाँच्न पर्ने । परिवार बाँच्नु पर्ने । घर बाँच्नु पर्ने भए पछि देश बाँच्नु पर्छ कि पर्दैन ? अबको विश्व परिवर्तन हुन पर्छ । आफ्नै देशमा केहि न केहि कुनै न कुनै उत्पादन हुनै पर्छ भन्ने मूल पाठ यसले सिकाएको छ ।
म भावनाबाट वशिभूत भएर हुन सक्छ तैपनि मलाई के लाग्छ भने विश्व बजारमा रहेका ठूला ब्यापारी, उद्योगपति नेपालीले आफ्नो सीप र सम्पत्ति नेपालमानै लगानि गरुन् । मर्ने बेलामा नेपाल चाहिने भए पछि नेपालमा किन लगानि नगर्ने त ? तँपाईहरुको उत्पादन तीन करोड नेपालीले प्रयोग गर्दा हुने नाफा तँपाई नेपालीलेनै लिनुहोस् । हुदैन र ? यहाँ सस्तो पैसामा तपाईकोमा काम गर्न तपाईका दाजुभाइ दिदीबहिनी यहीँ नै छौँ । अनि जे जति प्राविधिक विदेशमा हुनुहुन्छ तपाईहरु पनि आखिर संकटको बेला नेपाल चाहिने रहेछ भने पछि फर्कनु होस् । यो भूमण्डलीकरणले आवश्यकता परेको बेलामा तपाईको घाउँमा मल्हम त दलेन नि ! अनि अर्को तर्फ कुनै अर्को देशको प्रधानमन्त्रीले हाम्रो देशका प्रधानमन्त्रीलाई ‘ तँपाईको देशको उत्पादन के हो ?’ भनेर सोधेको बेला आनाकानी नगरी ‘ हाम्रो देशमा यो–यो कुरा यो गुणस्तरको उत्पादन हुन्छ ’ भनेर भन्न पाइयोस् न ।
भूमण्डलीकरणको नाममा हतियार बनाउने, निर्धा देशलाई सखाप पार्ने जुन संसारमा भईरहेको छ, त्यो रोकिन पर्छ । मानवले मानवभएर बाँच्न दिने कुरामा भूमण्डलीरण असफल भयो । सफल भयो त धनि झन धनि बन्ने कुरा ! भारतमा करिव ३० करोड मानिस सडकमा भोकै हुदा अम्बानी विश्वका धनि मानिस भएर के अर्थ भो त ? अर्को पश्न । धनि राष्ट्र, किन तिमी मानिस मार्नमा नै शक्ति खर्च गर्छौ ? कोरोना भाईरसको महामारी पछि केहि पाठ सिक्छौ कि ?
मानव बन । मानवियतालाई नबिर्स । मानिसलाई नमारीकन शक्तिशाली बन्न यत्न गर । अब तिम्रो मिसाइलले कोरोना न मरे पछि पाठ सिक्छौ कि ? अब नदेखिने शत्रुले हजारौँ नागरिकको ज्यान लिए पछि तिमी थर्कमान हुन्छौ कि ? अब पैसा र विज्ञानले पनि कोरोनालाई निस्तेज पार्न नसके पछि सचेत हुन्छौ कि ? जव भूमण्डलीकरणले संकटको बेला केहि गर्न सक्दैन, र त्यही महासंकटको बेला मानिसलाई घर र देशनै चाहिने भए पछि भूमण्डलीकरको के औचित्य । सबै नागरिकका आ–आफ्नै देश बलियो भए भने संकटको बेला महासंकट आउन सक्दैन । सबैले बिचार गर्दा विश्वनै राम्रो हुनेछ । समाप्त

bishnu.nmdc@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s