टुर दे फिज

यात्रा

This image has an empty alt attribute; its file name is bishnu-prasad-sharma-parajuli.jpg



विष्णुप्रसाद शर्मा पराजुली

धन्यवाद, गोरखापत्र दैनिक शनिवार पुष २५, २०७७

फ्रान्सका केही मित्रहरूसँग नेपालको हिमालय क्षेत्रमा पदयात्रा गरेको हुनाले उनीहरूको निम्तोपत्रले गर्दा होला भिसा पाउन समस्या भएन । म र श्रीमती सुशीला वि.सं. २०७६ को भदौ २० गते टर्किस एयरलाइन्सबाट इस्तानबुल हुँदै फ्रान्सको राजधानी पेरिस ओल्यौँ । पेरिस मात्र घुम्न कम्तीमा एक साता चाहिन्छ । हाम्रो दुई दिनको पेरिस घुमाई त्यहाँको भूमिगत मेट्रो फुत्तफुत्त भागेझैँ मात्र भयो, झल्याकझुलुक । पेरिसलाई थाती राखी टिजीभी रेल सेवाबाट पेरिसदेखि ४१५ किलोमिटरको दूरी तीन घण्टामा पूरा गरी दक्षिणपूर्व जेनेभानजिक रहेको क्लुदिन दिदीको सहर आनमास पुग्यौँ ।


मानव सभ्यता, धर्म, संस्कृतिमा हामी पूर्वीया खुबै धनी छौँ भन्दै फोस्रो धाक र धक्कु लगाउँदै घिरौला जत्रो नाक बनाए तापनि पश्चिमाले जीवनको अर्थ जप गरेर होइन यथार्थ रूपमा मज्जाले बुझेका छन् । युद्ध, राजनीतिक दमन, आर्थिक मन्दी जस्ता मार खेप्नु परे पनि मानव जीवनको उच्च मूल्याङ्कन गर्दै उनीहरूले यातायात, स्वास्थ्य, शिक्षा, रोजगारको विषयमा उच्चतम विकास गर्दै ५०० वर्ष पहिलेदेखि अत्यधिक सुविधा भोग गरेका छन् । फलस्वरूपः रेलमार्ग, राजमार्ग, भूमिगतमार्ग, जलमार्ग, जलमुनिबाट बनाइएका मार्ग, हवाईमार्ग सबैमा उनीहरूले अत्यधिक विकास गरेका छन् । त्यसको प्रयोग गरी आम नागरिकले उत्तिकै लाभ लिएका छन् । उनीहरूले राजनीति, युद्ध र विकासका पाटालाई फरक–फरक कोणबाट निरन्तर अगाडि बढाए । हामीले त्यस्तै प्रकारको विकास गर्ने अकुत सम्भावना भएर पनि सायद राजनीतिमा मात्रै सयौँ वर्ष खर्च ग¥यौँ । अलमलियौँ र साह्रै नराम्रो गरी पछि प¥यौँ । मानवीय मूल्यलाई महŒव दिएको भए नेपालमा पनि युरोपमा जस्तै विकास हुने थियो ।


हामी नेपालबाट फ्रान्स गएका थियौँ । छोरी डा. सुनिता अमेरिकाबाट पेरिस पुगेकी थिइन् । भाइ कृष्ण भाषाशास्त्रमा पि.एचडीको लागि फ्रान्सको दोस्रो ठूलो शहर लियो थिए । हाम्रो भ्रमण दक्षिणपूर्व फ्रान्स, जेनेभा र युरोपको सबैभन्दा अग्लो अल्पस पर्वत माउन्ट ब्लाँ (४,८१० मि.) वरपर केन्द्रित थियो । त्यसभित्र पाँचओटा फरक–फरक ठाउँ र प्रकृतिका रमाइला पदयात्रा रहेका थिए । त्यसैमध्येको एक पदयात्रा थियो ‘टुर दे फिज’ अर्थात् फिज अल्पस पर्वतको परिक्रमा । ससाना खोला, झरना, ताल, घाँसे उपत्यका, पूmल, चुनढुङ्गा र कार्सटिक चट्टानका अति नै तिखा, चुनौतीपूर्ण चुचुरा, माउन्ट ब्लाँ पर्वत र त्यसवरपर इटालीसम्म फैलिएका हिमपर्वतको दृश्य र पहाडी घरको बास दुई दिने टुर दे फिजको सबैभन्दा महŒवपूर्ण अंश थियो ।
हामी आनमासको कम्फोर्ट होटलमा बस्यौँ । टुर दे फिजका लागि आनमासबाट पचपन्न किलोमिटर टाढा रहेको दु लिगोनसम्म कारमा गयौँ । कार पार्क गर्ने वरपर नेपालको हिमाली क्षेत्रका काठले बनेका जस्ता ससाना लज रहेका थिए । त्यस्ता लजलाई त्यहाँ रिफ्यूज भनिँदोरहेछ । त्यस बेला हामी तीन नेपालीसहित क्लुदिन, पास्कल, मुरियल, दोमिनिक, मारयुस र बाबेत गरी नौ जना थियौँ ।


कार पार्क गरेपछि करिब तिस मिनेट वनको गर्गरे ढुङ्गाको बाटो हिड्यौँ । गर्गरे बाटोमा यात्रुको सुरक्षाका लागि फलामको बार राखिएका थिए । यात्रु लर्केर नलडून् भनेरै काठका फलिका ठोकेर सिँढीहरू बनाइएका थिए । पानी बाटोमा नजाओस् भनेर काठ र फलामका डुँड राखिएका थिए । प्रत्येक घुम्ती, दोबाटो र चौबाटोमा सो ठाउँमा पुग्न लाग्ने समय, त्यहाँबाट देखिने अल्पस पर्वत, तालतलैया, जनावर, चट्टानबारे जानकारीसहितको नक्सा ठाउँठाउँमा राखिएका थिए । नेपालमा अति चर्चित पदमार्गमा पनि साइनबोर्ड छैनन् । बिस्कुट, चाउचाउका खोस्टा हेर्दै ‘बाटो त्यही हुनुपर्छ’ भन्दै गन्तव्यमा लाग्नुपर्छ । फ्रान्समा भने आपूm कुन ठाउँमा जाने हो सो ठाउँ थाहा भएपछि नक्सा हेर्दै उक्त स्थानमा पुग्न बाधा हुँदैन । करिब आधा घण्टा हिँडेपछि हामी सुन्दर दे ला प्लुरुज झरनानजिक पुग्यौँ । झरनालाई पृष्ठभूमिमा राखेर तस्वीर लियौँ । त्यसपछि हामी दुई समूहमा बाँडियौँ ।

Mt. Blanc


क्लुदिन, बाबेत, सुशीला झरना झरेको ले गिफ्रे खोलाको सजिलो र छोटो बाटो हुँदै क्लुदिनको अल्पसको पर्वतीय घर चले ९ऋजबभित० तिर लागे । हामी छ जना अलि फेरो, अलि साहसिक करिब सात घण्टा हिँडेर कार्सटिक चट्टान चढेर साँझ सोही पर्वतीय घरमा पुग्ने गरी अर्को बाटो लाग्यौँ ।
हामीले अन्नपूर्ण परिक्रमा भने जस्तै यो फिज पर्वतको परिक्रमा हो । यस पर्वतवरपर धेरै प्रकारका पदयात्रा गर्न सकिँदोरहेछ । युरोपको सबैभन्दा अग्लो अल्पस पर्वतमालादेखि नजिक रहेका यी पर्वतहरूमा पदयात्रा गर्न संसारभरकै पर्यटक पुग्दारहेछन् । जेठदेखि भदौसम्म यहाँ पर्यटककोे अत्यधिक भिडभाड हुने जानकारी पास्कलले दिएका थिए । फ्रेन्च नागरिक तन्दुरुस्त रहन त्यस प्रकारको पदयात्रा हरेक साता गर्दा रहेछन् । त्यसैले नेपालको हिमालय पवर्तको पदयात्रामा पनि उनीहरूलाई कठिन नहुँदो रहेछ ।


सामान्य उकालो चढेपछि हामी सानो भञ्ज्याङ पार गरेर दे’ एन्तर्नेको पाटनमा पुग्यौँ । पूर्व–पश्चिम फैलिएको त्यो पाटन चुनढुङ्गाको पर्वतले घेरिएको छ । हरियो घाँस र ढकमक्क फुलेका थरीथरीका पूmलले सजाएझैँ पाटन सुन्दर देखिएको थियो । मृग र झारल पाइने भए तापनि त्यसबेला भने हामीले देख्न पाएनौँ । त्यहाँबाट माउन्ट ब्लाँको अति नै मनमोहक र हिउँले ढाकिएर गमक्क परी बसेको चुचुरो देख्दा मैले कास्की, स्याङ्जा, पर्वतको गल्छेडोबाट विविध रूपमा झुलुक्क देखिने अन्नपूर्ण दक्षिणलाई झल्यास्स सम्झेँ । हाम्रा पर्वतलाई हिमालय र युरोपका पर्वतलाई अल्पस भनी नामकरण गरे तापनि आखिर हिउँ त हिउँ नै हो । त्यो सेतै हुन्छ अनि सेतो हिउँ मनमोहक नै हुन्छ । त्यसले मानवलाई लोभ्याउँछ लेकाली पूmलले भँवरालाई लोभ्याएझैँ । त्यस दृश्यमा अलमलिएको बेला साथीहरू अगाडि पुगेर मलाई पर्खँदै थिए । घाँस, लटरम्म फुलेका लेकाली पूmलहरू भएको सानो उपत्यकामा हिँड्दा शरीर हलुङ्गिएर फुरुङ्गिएको थियो ।


हलुका उकालो चढेपछि दे’एन्तर्ने उपत्यकामा प्रवेश ग¥यौँ । त्यो उपत्यका पहिलोभन्दा फराकिलो र अझ सुन्दर देखिन्थ्यो । सफा मौसममा देखिएको निलो आकाश, हिउँले ढाकिएका पर्वत र चट्टानको दृश्यले यात्रालाई रोमाञ्चक पारेको थियो । नयाँ ठाउँ भएकाले नयाँ के देखिन्छ कि भन्दै आँखा र मन तुलबुलाउँदै कहिले निलो आकाश, कहिले सेता तिखा ढुङ्गैढुङ्गाको पर्वत, कहिले चराचुरुङ्गी त कहिले पूmलहरू त कहिले सेता हिमपर्वतमा पुगेर ठोकिन्थे । त्यो स्थान समुद्र सतहदेखि २,००० मिटरको उचाइमा थियो । एकाध भेटिने यात्रुले हामीले ‘नमस्ते’ भनेझैँ ‘बोँजु’ भन्दै अभिवादन गर्थे तर उनीहरूले ‘तपाईंको जिल्ला कुन प¥यो कुन्नि’ भनेर सोधेको भने सुनिँदैनथ्यो ।
युरोपमा समुद्र सतहदेखि २,५००–३,००० मिटर अग्ला भञ्ज्याङ पार गर्नु, भञ्ज्याङमा पुग्नु वा त्यतिकै उचाइका ठाडो चट्टान डोरीको भरमा चढ्नु साहसिक यात्रा गर्नु हो । फ्रान्स र स्वीट्जरल्याण्डमा भने त्यति उचाइ धेरै ठाउँमा पाइन्छ । ती क्षेत्रमा पदयात्रा, चट्टान आरोहण गरी रमाउने बालकदेखि असी वर्षसम्मका यात्रीको घुँइचो नै हुन्छ ।


हामी दे’एन्तर्ने नाम गरेको सानो तालको किनारमा पुग्यौँ । वातावरण अति नै शान्त भएको हुनाले उपत्यकाको दुवैतिर रहेका चट्टान र निलो आकाश दे’एन्तर्ने तालमा विश्राम गरेको जस्तो देखिन्थ्यो । समुद्र सतहदेखि २,०६३ मिटरको उचाइमा रहेको दे’एन्तर्ने तालले ११ हेक्टर भूभाग ओगटेको छ भने गहिराइ मात्र १३ मिटर रहेको छ । त्यस बेला मलाई यस्तो लाग्यो कि मानौँ चुनढुङ्गाका पर्वतमाला र निलो आकाश त्यो तालमा पौडी खेल्दै पिरतीका कुरा गरिरहेका छन् ।
चट्टान प्राचीन चुनढुङ्गाको समुद्री सतह हो । भौगर्भिक उतारचढावले त्यो पर्वत विभिन्न आकृतिमा रूपान्तरित भएको देखिन्थ्यो । नेपालमा भएको भए त्यो पर्वतमा देखिएको विभिन्न आकृतिलाई साक्षात् शिव, पार्वती, गणेश, विष्णु, सेनरेव, बुद्ध बनेर पूजा गन्थ्यिो । ताल भएको उपत्यका निकै शान्त, रमणीय र प्रिय थियो । तालमा पुगेपछि हामीलाई शुभयात्रा भन्दै मुरियल र दोमिनिक अर्को बाटो हुँदै कार राखेको ठाउँतिर फर्के । हामी दे’एन्तर्ने भञ्ज्याङतिर चढ्यौँ । हिमाली कागहरू हाम्रोवरपर कावा खाइरहेका थिए ।
पश्चिमाहरू समयको पछि दौडिन्छन् । त्यो सत्य हो । त्यसै कारणले आर्थिक विकास गरे । त्यो अर्को सत्य हो । उनीहरूले बिदाको बेला प्रकृतिसँगको खेल पनि साँच्चिकै धोको पु¥याएर खेल्छन् । त्यसैले त आइस जमेको तालमुनि पौडिने, हिउँमा स्की खेल्ने, नाङ्गा कठिन अल्पस पर्वत चढ्ने, हिमालय पर्वत चढ्न र पदयात्रा गर्न नेपाल जाने गर्छन् । उनीहरूले जति प्रकृतिको स्वाद र प्रकृतिबाट मनोरञ्जन कमैले लिन्छन् ।
दे’एन्तर्ने भञ्ज्याङमा पुगेपछि त्यहाँबाट देखिने मनमोहक दृश्यले हाम्रा आँखाको डिल फराकिलो पार्न बाध्य पा¥यो । त्यहाँबाट युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ (४,८१० मि.), एग्विली दु मिदिका तिखा चुचुराहरू, चुचुरासम्म पुग्ने केवल कार, हिम गुफा, फराकिलो हिमनदी र असङ्ख्य अन्य तिखा अल्पस पर्वतको इटालीसम्म फैलिएको दृश्य देखिएको थियो । पहाडहरू एकअर्कासँग कसिलो अँगालोमा बाँधिएका युवायुवती जस्ता देखिएका थिए । धुपीको हरियो वन, वनभित्र लुकेको पर्यटकीय र पर्वतीय सहर चामोनिक्स र सेता हिमपर्वतले अँगालो हालेको उपत्यका देख्दा जो कोहीलाई पनि नलठ्ठ्याई रहन सक्दैनथे ।
फ्रान्सको दे’एन्तर्ने भञ्ज्याङमा उभिएर पूर्वतिर फर्केर त्यसवरपर देखिएका अल्पस पर्वतमालाको लामो ताँती देख्दा मलाई नेपालको झल्को लाग्यो । मलाई यस्तो लाग्यो कि म पुनहिलमा उभिएर माछापुच्छ«ेदेखि गन्धर्वचुली, गङ्गापूर्ण, खाङ्सार काङ, अन्नपूर्ण प्रथम, अन्नपूर्ण दक्षिण र हिउँचुली हेरिरहेको छु । उनीहरूसँग भलाकुसारी गरिरहेको छु । हामीले बिहानको सूर्योदयको मिठो पाहारको न्यानोपनको स्वाद लियौँ । त्यहाँबाट इटालीसम्मका पर्वतहरूको दृश्य हेर्दै प्याक लन्च खायौँ । त्यो घनीभूत आनन्दमा थप ऊर्जा फ्रेन्च रेड वाइनले दिएको थियो । त्यसपछि ओरालो ओर्लेर फिज पर्वतको फेद चले दे’आयर्समा पुग्यौँ । दिउँसोको चर्को घामसँगै हामीले फिजको चले दे’आयर्स चट्टान चढ्ने तयारी ग¥यौँ ।
चामोनिक्स उपत्यकाको पश्चिममा रहेको फिज पर्वत प्रकृति संरक्षण क्षेत्रमा पर्छ । सेतो चट्टानको अधिकांश भागमा धाँजा फाटेको देखिन्थ्यो । ती चट्टान कतैकतै खुकुरीको धार जस्ता धारिला थिए । कुनै चट्टान भने छुरीको टुप्पो जस्तै तिखारिएका थिए । चर्को घाममा नाङ्गो चट्टान चढ्नु सबैलाई कठिन हुन्छ नै । त्यहाँ यात्रुलाई सहज महसुस गराउन र कुनै पनि दुर्घटना नहोस् भन्नका लागि चट्टानमा फलामका डन्डी ठोकेर त्यसमा फलामको साङ्लो बाँधिएका थिए । पहरामा खुट्टा अड्याउन नमिल्ने भागमा फलामको डन्डी ठोकेर टेक्न मिल्ने खुड्किलो बनाइएको थियो । किला ठोक्न नमिल्ने ठाउँमा हाम्रो मुगुको लिस्नोभन्दा सजिला फलामकै भ¥याङ ठड्याइएका थिए । तिखा, धारिला र धाँजा परेका सेता दाह्रे चट्टान डोरी समातेर चढ्नुपर्ने भएकाले त्यसलाई साहसिक पदयात्राको कोटीमा राखिएको थियो । असजिलो ठाउँमा केटाकेटी, युवायुवती र पाको उमेरका मानिसको भिड थियो । बलियाले पनि त्यहाँ पुगेर पर्खनुपथ्र्यो किनभने त्यहाँ अर्को बाटो थिएन । कोही यात्रु ओर्लन नसकेर र कोही चढ्न नसकेर रोएको पनि देखिन्थ्यो ।
भूगर्भविद्का अनुसार अल्पस पर्वतमाला सात करोड सत्तरी लाख वर्ष पहिले बनेको हो भने हिमालय पर्वतमाला पचास लाख वर्षपहिले मात्र बनेको हो । त्यसैले हिमालय पर्वतलाई संसारको कान्छो पर्वतमाला भनिन्छ । अल्पसको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँको उचाइ समुद्र सतहदेखि ४,८१० मिटर रहेको छ भने हिमालय पर्वतमालामा पर्ने संसारकै उच्च शिखर सगरमाथाको उचाइ ८,८४८ रहेको छ ।
युरोपमा १,५०० मिटरको उचाइमा हिउँ लामो समय रहन्छ भने हाम्रोमा ५,००० मिटरभन्दा माथि मात्र लामो समय हिउँ जमिरहन्छ । हिमालय पर्वतमालामा समुद्र सतहदेखि ५,००० मिटरको उचाइसम्म पनि वनस्पति पाइन्छ भने युरोपमा ३,००० पछि पाइँदैन । फ्रान्सका अल्पसमा १,५०० को उचाइदेखि नै नेपालको ३,५०० मिटरमा पाइने पूmल र अन्य बिरुवा देख्न थालिन्छ । युरोपमा २,५०० मिटरको उचाइमा पाइने बिरुवा नेपालको ४,५०० मिटरमा मात्र देख्न सकिन्छ । त्यो नौलो लाग्यो मलाई । त्यहाँ देखिने पूmल, ससाना पोथ्रा, दुई फुट अग्ला काँडेझार र होचा बुट्यान देख्दा म कतै नेपालको ४,००० मिटरभन्दा माथिको उचाइमा त हिँडेको छैन भन्ने भान हुन्थ्यो ।

This image has an empty alt attribute; its file name is img_0893-lake-danterne-.jpg
IMG_0893 Lake d’Anterne


मैले धवलागिरि परिक्रमा र सगरमाथा क्षेत्रको चो ला पार गर्दा डोरीको प्रयोग गरेबाहेक अन्यत्र गरेको थिइनँ । डा. सुनिताको लागि डोरीको प्रयोग पूर्णतः साहसिक र नयाँ अनुभव थियो । उनलाई डोरी समात्ने, चट्टानमा खुट्टा राख्ने आधारभूत सिप मित्र मरयुसले सिकाएका थिए । हामी बिस्तारै त्यो धार परेको ठाडो चट्टान चढ्दै गयौँ । आकाश फराकिलो हुँदै गएकाले उकालो सकिन थालेको अनुभव गरेको थिएँ । त्यसको केही क्षणपछि २,३०० मिटरको उचाइमा रहेको चले दे’आयर्स भञ्ज्याङमा पुग्यौँ । भञ्ज्याङबाट पूर्वतिरका हिमपर्वत, पश्चिमको दे’साल्ज उपत्यका र हामी बास बस्ने चलेका कटेराहरू देखिएका थिए ।
त्यो साँझ अल्पस क्षेत्रमा खाने फ्रेन्च खाना फोन्दुसहित स्थानीय गुलियो वाइन, रेड वाइन र छ–सात थरीको चिज खायौँ । चिज, चकलेट र वाइनमा फ्रेन्च सौखिन हुन्छन् । भोलिपल्ट हामी ले गिफ्रे खोलाबाट झरेका त्रेनात्त, साजेज, सुफाज र प्लुरुज झरना हुँदै टुर दे फिज यात्रा पूरा गरेर दु लिगोनमा झ¥यौँ । यात्रामा झारल, मृग, मारमोत हामीभन्दा टाढा रहे तापनि चराहरूले भने हाम्रो स्वागत खुसी भएर गरेका थिए । उनीहरूले मधुर आवाजमा गीत गाउँदै हामीलाई स्वागत गरेकोमा हामी प्रफुल्ल भएका थियौँ ।
पदयात्रीको सुरक्षा गर्न राखिएका डोरी, बार, भ¥याङ, पहिरो गएको ठाउँको मर्मत, बाटोमा पानी जान नदिन रखिएका फलाम र काठका डुँड, गर्गरे भिरालोमा चिप्लो नहोस् भनी काठ वा ढुङ्गा ठोकेर बनाइएका टेका, ठाउँठाउँमा राखिएका नक्सासहितका सूचना पाटी देख्दा नेपालको पदमार्गको सम्झना भई नै रह्यो । हामीले नेपाललाई देवता बास बस्ने ठाउँ भने तापनि पदयात्रीलाई चाहिने सामान्य सूचना पनि नदिँदा प्रत्येक वर्ष बाटो बिराएर विदेशबाट आएका देवताहरू दुर्घटनामा परेको सम्झेँ । ‘नेपालमा पनि मानवको सुख, सुविधा र सुरक्षाका लागि सोच्ने युगको प्रारम्भ अवश्य हुनेछ । हाम्रोमा पनि प्रकृतिलाई माया गरेर त्यसबाट भरपुर स्वाद लिने दिन धेरै टाढा छैन ।’ भन्ने कुरा मनमनै सोच्दै यो मनलाई आफैँले शान्त पारेँ। त्यस्तै कुरा खेलाउँदै मित्र मारयुसको सुविधा सम्पन्न कारभित्र छिरेँ र टुर दे फिजको अविस्मरणीय यादहरूलाई मनभरि सँगालेँ ।

समाप्त

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s