साभारः दायित्व मासिक माध–फागुन २०७६ ।
यो ब्रह्म सबै तिमीलाइ
जुन भित्रको शितल मेरो माया तिमीलाई
उषाको आभासँगै सूर्यको किरण तिमीलाई
आकाशको गाम्भीर्य मेरो सबै तिमीलाई
समुद्रको विशालता मेरो सबै तिमीलाई ।
१.
देउ ! बोझका तिम्रा पहाड सबै मलाई
देउ ! त्रासका तिम्रा सुनामी सबै मलाई
देउ ! मृत्युका तिम्रा भय सबै मलाई
देउ ! धोकाका तिम्रा पिडा सबै मलाई ।
२.
झरेको हेर ! आँशु तिम्रो देख्नै सकिनँ
घाउँ ह्दयको हेर ! तिम्रो सहनै सकिनँ
विष निल्न तिम्रो नीलकण्ठ नभई सकिनँ
उषा ओठमा तिम्रो नदेखि बाँच्नै सकिनँ ।
३.
कठै ! कति कमजोर प्राणी म नै रहेछु
‘जोत्न पर्छ टाउको चट्टानमा’ भन्नै भुलेछु
‘धारिलो शिशा हो जीवन घोचिरहन्छ’ भन्नै भुलेछु
आत्मनिर्भर हाँसो तिम्रो जीवनको देख्न ब्याकुल छु ।
४.
ह्दय भरीको माया मेरो सबै तिमीलाई
आँखा भरीको दृष्टि उपहार सबै तिमीलाई
ज्ञान भरीको भकारी नासो सबै तिमीलाई
सत्यको हो सत्य, यो ब्रह्म* सबै तिमीलाई ।
५.
- जगत ।