
रचना द्वैमासिकमा प्रकाशित पुष–माघ २०७२ ः वर्तमानमा आउदा सन्दर्भ मिल्ने जस्तो लागेर पुनः फेसबुकमा राखिएको छ ।
तराईमा सुन फल्छ हिमालमा चाँदी,
पहाडमा हिरा झर्छ डर केको साथी ।
गर्नुपर्छ आँट अब दास बन्न हुन्न,
सार्वभौम सधैँ हामी झुक्न कत्ति हुन्न ।
तितोमिठो खाउँला बरु आफ्नै सीपले लाउँला,
ढिलो भए होस् बरु अमृत आफ्नै पिउँला ।
पीडा अब बोक्नुहुन्न राष्ट्रियता बिर्सेर,
कालो मसी चोब्न हुन्न स्वाभिमान बेचेर ।
धरतीमा उषा झर्छ देखाउँदै बाटो,
इमानले देश हाँस्छ पसिनाले माटो ।
नाच्नुपर्छ देश अब मयूरझैँ झुली,
हाँस्नुपर्छ देश अब हिमालझैँ खुली ।