जीवन

प्रकाशित: अभिब्यक्ति द्वैमासिक कात्तिक–मंसिर २०७५
निवन्ध

विष्णुप्रसाद शर्मा पराजुली




संसारमा एउटा मात्र त्यस्तो कुरा छ, जुन एक पटक मात्र पाईन्छ । त्यो हो –जीवन । संसारमा अर्को त्यस्तै एउटा मात्र शास्वत सत्य छ –जुन हो मृत्यू । जन्मे पछि मृत्यू हुन्छ भन्ने कुरा आगोले पोल्दा डामिने डाह, पिडा र जलन सत्य भएझै सत्य हो । यो सबैले मानेको, सबैले भोगेको, सबैले देखेको सत्य हो । संसारमा जे जति मानिस छन्, तिनको रुप, ब्यवहार, सोँचाई, चरित्र, दृष्टिकोण फरक–फरक हुन्छ । सामान्य कुरा जुम्ल्याहा वा अन्य केहिमा– ‘ओ हो ! उस्को र मेरो कुरा ठ्याक्क मिल्यो । उस्को र मेरो मन मिल्यो । उ त, म जस्तै छ । तिनीहरुको अनुहार दुरुस्तै मिल्छ । ’ भन्ने भाव, आवेग, परिवेश मिलेको सुन्नमा आउछ । ति सबै कुरा कुनै समय, परिवेश, सन्दर्भले झल्को दिने गरी मिलेका हुन्छन् । अन्यथा, सबैको जीवन चरित्र र दर्शन, मानव अनुहार जस्तै फरक हुन्छ ।
समयको अन्तरालमा, त्यो मिलेको भनेको कुरा, मन, सिद्धान्त फाट्छ, झरी पछि बादल फाटेझै मन पनि फाट्छ, सम्बन्ध दशैँको लठ्ठे पिङ् चुँडिएझै चुँडिन्छ, जीवन यात्रा चङ्गा टुटुझै टुट्छ र सिद्धान्त ढुङ्गा माथि जमेको पातलो आईस माथि टेक्दा झरम्म फुटेझैँ फुट्छ । मिले जस्तो देखिए पनि मिलेको हुदैन । मानिसको बनोटसँगैे नम्र बोल्ने, चर्को बोल्ने, रिसाउने, खुशी हुने, रोग लाग्ने केहि ब्यवहारगत र चरित्रगत विषय वंशगत हिसाबमा सन्तानमा देखिन्छन् ।
प्राचिन कालमा एउटै वंशका मानिस मिलेर जंगलमा शिकार खेल्थे र जंगलमानै बस्थे । त्यसबेला एउटै वंशका सदस्य बीच यौन सम्पर्क गरी सन्तान जन्माउथे । सचेत हुदै गएपछि मात्र मानिसले एउटै वंशमा यौन सम्पर्क गर्दा सन्तान राम्रा नभएको निष्कर्ष निक्ल्यो । विज्ञानले पुष्टि पनि ग¥यो । अनि मानिसले अर्को वंशसँग सम्पर्क विस्तार गर्न थाले । यो प्रसंग उठाउनुको कारण – मानिसको शरिर जसरी फरक हुन्छ, त्यसरीनै उसका चाहना, विचार , मन, दृष्टिकोण फरक हुन्छ, भन्नलाई हो । जीवनको जन्म पछि मृत्यू हुन्छ भन्ने कुरामा सबैको धारणा एउटै हुन्छ । त्यसमा कसैले मृत्यूलाई सहज रुपमा स्वीकार गर्न सक्छन भने कतिले त्यो सत्यसँग डराउछन् । त्यस्तो देखिएको हुन्छ । यथार्थमा, ब्यवहार एकको अर्कासँग मिल्दैन ।
जीवन र मृत्यूको बारेमा पनि सबैका आ–आफ्नै धारणा र सोँचाई हुन्छन् । संसारमा धेरै मानिस, पूर्वजन्म, पूर्वजन्मको फल र कर्म स्वरुप वर्तमान जीवन, र यो जीवन पछि मृत्यू अनि पूनर्जन्म हुन्छ भन्ने विश्वास गर्छन् । विश्वमा अहिले जे जति धर्म, मान्यता, विश्वास छन्, त्यसमा धेरैले पूर्वजन्म, पूनर्जन्ममा विश्वास गर्छन् । जे विश्वास जसको दिमागमा रोपिएको छ, त्यो विश्वास जति गरे पनि मेटिदैन । पूर्वजन्म र पूनर्जन्ममा विश्वास गर्नेहरुका लागि मृत्यू जसरी शाश्वत सत्य छ, त्यसरीनै पूर्वजन्म र पूनर्जन्मको विश्वास त्यत्तिकै सत्य भएर रहेको हुन्छ । मलाई पूर्वजन्म र पूनर्जन्ममा विश्वास छैन । धेरै मानिस मेरो धारणा र विश्वासमा असहमत छन् । त्यो सत्य हो । जीवनमा मानिस आफ्नो धारणा बनाउन स्वतन्त्र हुन्छ ।

जीवन एक पटकमात्र प्राप्त हुने कुरा हो । बारम्बार प्राप्त हुदैन । पूर्वजन्म, पूनर्जन्म, वा एक पटकमात्र हुने जन्मका बारेमा मानव सभ्यताको विकाससँगसँगै हजारौँ वर्षदेखि बहस शुरु भएको हो । त्यो बहस निरन्तर चलिरहेको छ । जीवन दर्शन, जीवनलाई हेर्ने दृष्टिकोण फरक फरक छन् । विज्ञानले अनुसन्धानको आधारमा हिजो भनिएका असम्भव कुरा सम्भव बनाएर देखाएको छ । त्यसलाई आँखा चिम्लनु एउटा कुरा हो तर यथार्थ सत्य त त्यहिनै हो । वि.सं. २०७५ साउन २७ गते अमेरीकाले एउटा यान सूर्यको नजिक त्यहाँको वातावरण र तापबारे अध्ययन गर्न पठाएको छ । त्यो यानले ६१ लाख किलोमिटर यात्रा गर्ने छ । असम्भव भनिएका कुरालाई विज्ञानले सम्भव बनाएको छ, त्यसलाई अस्विकार गर्नेले विकल्प दिन सकेका छैनन् । धर्मलाई संस्कृतिको रुपमा मान्नु एउटा कुरा हो, तर सबै कुरा अदृश्य शक्तिलेनै गरेको हो भन्ने विश्वास गर्नु अर्को पक्ष वा भ्रम हो । यो मेरो सोचाई हो, अरुलाई मैले सोचेको कुरा भ्रम लाग्नु अस्वाभाविक होईन ।

मानवको सबैभन्दा प्रीय बस्तु जीवन हो । पूनर्जन्म भै हाल्छ भनेर कसैले जीवनलाई हेला गरेको देखिदैन । आफ्नो जीवनभन्दा प्यारो वस्तु संसारमा कसैलाई अरु केहि हुदैन । जीवनको अर्थ नबुझ्दै प्रेमीप्रेमिकाका जोडी झोलुङ्गे पुलबाट हाम फालेर जीवन त्याग्नु मात्र उदारण हो । एउटा मात्र सत्य हो । त्यो के भने, चाहे जनावर होस वा मानव प्राणी, संसारमा आमामात्र एउटा त्यस्तो प्राणी हो जस्ले सन्तानको जीवन रक्षा गर्न आफ्नो प्राणको आहुती हाँसेर दिन्छिन । प्राकृतिक प्रकोप वा मानव निर्मित प्रकोप सबैमा आमाले सन्तान बचाएर आपूm मरेको हामीले देखेकै छौँ । आमा साच्चिकै पृथ्वी हुन् । माया गर्ने मुटु र पीडा सहजे छाती आमासँग मात्र हुन्छ, अरु कसैसँग हुदैन । जंगली जनावरले पनि सन्तानको निम्ति आपूmलाई जोखिममा राखेको हामीले टेलिभिजनमा देख्न सक्छौँ । त्यसैले आमाले बाहेक अरु सबैले आफ्नो जीवनलाईनै सबैभन्दा बढि माया गर्छन् । यदी कसैले होइन भन्छ भने त्यो भूmटो हो, त्यो ढोँङ हो । अपवाद फरक हो ।

मैले जीवन दर्शनको बारेमा लेख्न खोजेको होइन । म सक्दिनँ । जीवनका बारेमा लेखिएका सिद्धान्त मैले अध्ययन गरेको छैन । जीवन जत्तिकै सत्य मैले बुझेको कुरा के भने जीवनको ब्याख्या हिन्दु दर्शनमा बृहत रुपमा गरिएको छ । दर्शनका कैयौँ विषयमा असहमत हुनु छुट्टै हो । हिन्दुधर्मको जीवन दर्शनमा परमेश्वर वा भगवानलाई साक्षी राखेर धेरै कुरा भनिएका छन् । भगवानको नाम लिएर कर्म गरेमा जीवन सुख हुन्छ, मुक्ति पाईन्छ, पूनर्जन्ममा कैलास वा वैकुण्ठबास हुन्छ भनिएको छ । मानिसलाई क्रियाशिल, कर्मशिल बनाउन कथाका रुपमा ति प्रसँग आएका हुन् । कर्म गर नत्र नर्कमा पर्छौ । अर्को जन्ममा पातालको बास हुन्छ भनेर तर्साए तापनि त्यसको खाश मर्म भनेको काम गर अन्यथा दुख पाउछौ, दुख पाउनु भनेको वर्तमान जीवनमानै नर्कमा होमिनु हो, भनेको हो । योजनाबद्ध काम गरेनौ भने भोक भोकैनै मर्न पर्छ भनेको हो । त्यसलाई पण्डितले ब्याख्या गर्दा फरक आसयले भजन, किर्तन र दान गरे पछि इन्द्रको स्वर्ग पाईन्छ भने । त्यो होईन । ऋषिले ज्ञान प्राप्त गर्न कठोर तप गरेझैँ, हामी साधारण मानिसले सुखी जीवन प्राप्त गर्न एक चित्त भएर काम नै गर्न पर्छ ।
हिन्दुको बृहत त्यो जीवन दर्शनले मानव जातिलाई सत्कर्म गर्न, फेरि पनि कर्म गर्न, लोभ, लालच, द्वैस, घृणा, रीसराग त्याग्न, नैतिकवान हुन, जिम्मेवार बन्न, कर्तब्यबोध गर्न र सो अनुहार आचरण र ब्यवहार गर्न प्रेरित गर्छ । त्यसलाई अनावश्यक कथा बनाउनु गलत हो । मानिसले सत्कर्म गरे पछि त्यसको फल पाउछ । हाम्रो दर्शनमा मैले पूनर्जन्ममा विश्वास नगरे पनि सत्कर्म गर्ने कुरा र सत्कर्मबाट प्राप्त हुने फलमा विश्वास गर्छु । त्यो सत्कर्मबाट प्राप्त फल आफूले आफ्नो जीवनकालमा प्राप्त गरेर यही जीवनमा भोग्ने केहि कुरा हुन्छन् भने केहि कुरा यस्ता हुन्छन् जुन आफ्नो जीवनकाल पछि भोगिने हुन्छन् । पूनर्जन्म नहुने भए जीवनकाल पछि कसरी भोग्ने भन्ने प्रश्न आउछ । जीवन आफ्नो मात्र हो र ?
आफू पछि चाहे ति आफ्ना सन्तान हुन् वा अरुका सन्तान । एकजनाले गरेको कामको फल अर्कोले खान पाउछ । वैज्ञानिकले जहाज बनाए, टेलिफोनको आविश्कार गरे । उनीहरु त मरेर गए । तिनीहरुले गरेको सत्कर्मको फल हामीले खायौँ, होइन र ? आज सबैको हातमा विश्व अटाएको छ । हिजोका बैज्ञानिकले गरेको कठोर मेहनतको फल अहिले हामीले खान पाएका छौं । मंगल ग्रहमा जीवनको सम्भावना, सूर्यको वातावरणको अध्ययनबाट भविश्यमा प्राप्त हुने फल कस्ले पाउछ ? भविश्यका सन्तानले ।
जीवनलाई कसरी ब्याख्या गर्ने , कसरी हेर्ने आफ्नो धारणा, विश्वास, दृष्टिकोण, बुझाइ, ज्ञान, र दर्शनमा भर पर्छ । त्यसमा सबै स्वतन्त्र हुन्छन् । मलाई लाग्छ, सबैले भनेकै छन्, त्यसैलाई दोह¥याएको भन्दा पनि फरक परेन । मेरो विचारमा पनि जीवन भनेको दुखैदुखको सागर हो । जीवन भनेको संधर्ष हो । जीवन भनेको सगरमाथाको उचाइ हो, जहाँ पुग्न र सकुसल झर्न दुख र मेहनत गर्नै पर्छ ।
के जीवनमा सुख हुदैन त ? दुःखको सागर हो भने जीवनको के अर्थ ? के जीवनमा सुख, हरियाली, उज्यालो भन्ने हुदैन ? के जीवन झरी पछि खुलेको नीलो आकास र हिउँदको बेला देखिने हिमाल जस्तै मनमोहक हुदैन ? के जीवन आकाशको इन्द्रेणीलाई पृथ्वीमा झारेर नृत्य गर्ने झरना जस्तो हुदैन ? के जीवन तराईमा धानका बाला झुलेझै झुल्न सक्दैन ? यो प्रश्न उठछ । उठनु स्वभाविक पनि हो ।
हो । म पनि जीवनमा हुने सुख र आनन्दलाई स्वीकार गर्छु । जीवनमा हुने आकासको नीलो पनलाई महसुस गर्छु । साच्चिैकै धानका बाला झुलेझै जीवन सुखमा झुलेको पनि देखेको छु । म आफै पनि हिमालको काखमा पुगेर सेता हिम चुचुरासँग तिनीहरुको मुकुट सापटी मागेर त्यो मुकुट पहिरेर डाँफे र मुनालसँग छमछम नाचेको पनि छु । झरझर झरेको झरनासँगै आपूmलाई समाहित गरेर पहाडको टुप्पाबाट झरनासँगै झरेर त्यसको स्वाद लिएको छु । मेरो जीवन त्यसबेला कति खुशि र सुखि भए होला तपालईले अन्दाज गर्न सक्नु हुन्न । स्वर्ग र सुख भनिएको कुरा मैले त्याहँ भेटेको थिए ।
हिन्दु धर्म शास्त्रमा स्वर्ग भनेर चर्चा गरिएका, देवता बस्ने ठाउँ भनेर पुराण र महाभारतमा उल्लेख गरिएका ठाउँमा म पुगेको छु । ति ठाउँमा पुगेर पसिना पुछ्दै नाचेको छु । पुराण र विदेशी लेखकले स्वर्ग भनि उल्लेख गरेका नेपालका ति स्वर्गमा बसेर आनन्दसँग रमाएको छु । शिवको दरवार कैलास परिक्रमा गरेर र शिवले स्नान गर्ने मानसरोवरमा मैले पनि डुबुल्की मारेको छु । विष्णु विराजमान भएको दामोदर कुण्डमा डुबुल्कि मारेको छु । पुराण भनिएझंै र विदेशी लेखकले लेखेझैं, भावुक भएर म पनि ति सुन्दरतामा लुटपुटिएको छु । ति साच्चिै स्वर्ग हुन् र ति नेपालमा छन् , भनेको छु । यति हुदाहुदै पनि जीवन दुखको सागर हो भन्छु । किनभने, जीवन जतिसुकै लामो वा छोटो किन नहोस हाम्रो जीवनमा छाँयाजस्तै सँगै रहने मूख्य र भरपर्दो मित भनेको दुःखनै हो । सुख क्षणभर झुलुक्क आउछ । क्षणभर हँसाएर, नचाएर, फुरुक्क पारेर जान्छ । क्षणभरको त्यो सुखलाई आधार बनाएर दुःखको सागर हामीले तर्नु पर्छ । जीवन त्यही हो ।

मेरा बुबा र आमाको मृत्यूलाई मैले नजिकबाट हेरेँ । अन्तिम सास फेर्ने बेलामा बुबालाई कष्ट भएको मैले प्रत्यक्ष देखेँ र अनुभव गरेँ । हामी छोराबुहारी वरपर थियौँ । बुबा कुरा गर्दै हुनुहुन्थ्यो । अन्तिम क्षण रहेछ । हात अनि खुट्टा तन्काउन थाल्नु भयो । आँखाका ढिलमा झरेका आँशु टप्लक्क ऐनाझैं टल्के । हात, खुट्टा र शरिर ओछ्यानमा यताउता तन्काउनु भयो । घरी हात, त घरी खुट्टा तान्नु भयो । हेर्दा हेर्दै, बोल्दाबोल्दै आँखाका ढिलमा बसेका आँशु झर्न भ्याएनन् । आफ्नो लम्पसार परेको शरिर वरपर बुबाले हामीलाई छोडेर जानुभयो । मृत्यू हुने क्षण प्राण त्याग्न पनि जीवनले संघर्ष गरेको मैले त्यहाँ अनुभव गरेँ । मृत्यू स्वीकार गर्दागर्दै मृत्यू वरण गर्न पनि कठोर यात्रा गर्न पर्दो रहेछ । मैले यहाँ यो प्रसंग ल्याउनुको अर्थ जीवनको अन्तिम सत्य मृत्यू हो , त्यो मृत्यू शैयामा सुत्दा पनि मृत्यूवरण गर्न समेत कठोर संधर्ष गर्न पर्दो रहेछ । मात्तिएर हिड्यौँ भने, हाम्रो जीवन जिउदै नर्क बन्छ । मैले त्यो बुझेँ ।
जीवनमा दुःख गर्न पर्छ, दुःख जीवन हो । दिन र रातलाई एक दिन मान्यौँ भने त्यसमा ८६ हजार ४ सय सेकेण्ड हुन्छन् । त्यसमध्ये दिनमा दुई सेकेण्डमात्र पनि जीवनले सुख अनुभव गर्छ भने जीवनले स्वर्गको अनुभव गरेको हुन्छ । वेदमा मानिसको आयु सय वर्ष मानिएको छ । दिनको दुई सेकेण्ड सुख प्राप्त गर्दा सय वर्ष बाँच्ने मानिसले २० घण्टाको सुखको अनुभव गरेको हुदो रहेछ । मानिस चरित्रवान भई सत्कर्म गरेर दिनमा दुई सेकेण्ड मात्र ह्रदय खोलेर सुखको अनुभव गर्न सक्यो भने त्यो दुई सेकेण्डनै मानवको जीवन डो¥याउने आधार हुन जान्छ ।
परीक्षामा पास भएको खवर सुनेको क्षण, कालापत्थरको चुचुरोमा चढेको क्षण, राराताल देखेको क्षण, विहे गर्दा माला पहिराएको क्षण, समुद्र किनार पुगेको क्षण, सन्तान जन्मेको क्षण र अन्य त्यस्तै क्षण जीवनका सुखद क्षणका उदारणका रुपमा ब्याख्या गर्न सकिन्छ । ति सुखका क्षणनै स्वर्गमा पुगेको अनुभव हुने क्षण हुन् । ति क्षणिक हुन्छन् । बाँकी सबै क्षण, जीवनका प्रत्येक पाईलामा भेटिने तीखा विषालु काँडा सहितका गोरेटा हुन्, तीनलाई होशियारीपूर्वक पन्छाउदै पार गर्नु पर्छ । डराउन, आवेगमा आउन, भाग्न, निरास हुन पटक्कै हुदैन । काँडाबाट निस्केर स्वर्गको क्षणिक सुख भोग्न लगातार संघर्ष गरिरहन पर्छ । स्वर्गमा पुग्छु र सुख प्राप्त गर्छु भन्ने लक्ष लिएर अथक संधर्ष गरि रहनु पर्छ । त्यो नै जीवन हो । त्यो जीवन, जीवनमा एक पटक मात्र आउछ । ॐ
२०७५ साउन २९ , ९८४१ ३७७०८३

‘कर्णालीमा प्रचलित दर्शन-परम्परा’ प्रकाशित

Journey to Tibet Released

AMAZON “Journey to Tibet” is also available worldwide on Amazon. If INTERESTED CLICK The link given below:

Journey to Tibet

धन्यवाद !

तिब्बत यात्रा (२०७२) को अङ्ग्रेजी संस्करण ‘जर्नी टु टिबेट’ प्रकाशित भएको छ ।

काठमाडौं गेष्टहाउसको बगैंचामा आयोजित एक सानो कार्यक्रममा ‘बरिष्ठ संचारवीद् प्रा.रामकृष्ण रेग्मीले ‘जर्नी टु टिबेट’ सार्वजनिक गर्नु भएको हो ।

सो समारोहमा

नियात्रा साहित्यको इतिहास लेख्नमा क्रियाशील साहित्यकार प्रमोद प्रधान, कथाकार, लेखक तथा पत्रकार श्रीरामसिंह बस्नेत, साहित्यकार तथा पत्रकार छवि रमण सिलवाल, तथा अङ्ग्रेजी संस्करण प्रकाशित गर्ने बुक्स हिमालयका निर्देशक पवन शाक्यले नियात्रा लेखन, अनुवाद, नियात्रा लेखनको महत्व र प्रकाशित तीनवटै पुस्तकहरू तिब्बत यात्रा, डोल्पो विश्वको जीवित सङ्ग्रहालय र श्वेत पर्वतमा रहेका प्रमुख विषयबारे चर्चा गर्नु भयो । उहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

सो समारोहको कार्यक्रम संचालिका तथा पत्रकार राधिका अधिकारी, पर्यटन पत्रकार अमृत भादगाउँले सहित विभिन्न सञ्चार माध्यमबाट उपस्थित पत्रकार तथा अन्य महानुभावहरूलाई उपस्थिति तथा समाचार सम्प्रेषणको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपालीमा प्रकाशित पुस्तक भुँडीपुराणले प्रकाशन गरेको हो भने अङ्ग्रजीको प्रकाशन बुक्स हिमालयले गरेको हो । अङ्ग्रेजी संस्करण अमेजन वितरक मार्फत विश्वभर उप लब्ध छ ।

https://ekantipur.com/literature/2022/02/24/164570314419525164.html?fbclid=IwAR2ZIJNX4hVXceOcz5JZDJqs8E8mERdSI_kNX3tfBHKNxrNFcMDrPyApzYw

‘जर्नी टु टिबेट’ पुस्तक सार्वजनिक

काठमाडौँ — लेखक विष्णुप्रसाद शर्मा पराजुलीको ‘जर्नी टु टिबेट’ नियात्रा पुस्तक सार्वजनिक भएको छ । राजधानीमा बिहीबार भएको कार्यक्रममा लेखकसहित प्राध्यापक रामकृष्ण रेग्मी, साहित्यकार प्रमोद प्रधान, श्रीरामसिंह बस्नेतलगायतले पुस्तक लोकार्पण गरे ।

पुस्तकमा १० औं शताब्दीको तिब्बतको गुगे, नेपालको सिन्जा राज्य, हुम्ला यारी, तिब्बततर्फ गुगे, कैलाश पर्वत, मानसरोवर, ल्हासा, सिगात्से, सगरमाथा आधार शिविर, त्यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक, सामाजिक पक्षलाई सुक्ष्मरुपमा समेटिएको छ ।

यसअघि २०७२ मा शर्माले नियात्रा पुस्तक ‘तिब्बत यात्रा’ बजारमा ल्याएका थिए । पुस्तकलाई अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्‍याउन अंग्रेजी भाषामा समेत निकालिएको लेखक शर्माले बताए । नियात्रा लेखन असाध्यै कठिन भएको सुनाउँदै शर्माले भने, ‘पदयात्रा गर्न, लेख्न, छाप्न र पाठक पाउन गाह्रो छ । जति लेखियो त्यसमा पाठकको मायाले अझै लेख्ने सोच बनाएको छु ।’

कार्यक्रममा प्राध्यापक रेग्मीले पुस्तक पदयात्राका लागि महत्वपूर्ण रहेको बताए । ‘यो पुस्तक गहकिलो ट्रेकिङ पदयात्रा हो’, उनले भने,‘यसमा पदयात्राको अनुभव, धर्म, संस्कृति, बुद्ध दर्शनका कुराहरु उहाँले खोज्नुभएको छ ।’ युवा पुस्तामा पठनीय संस्कृतिको विकास गरी पाठ्यक्रममा यस प्रकारका पुस्तकहरु राख्न सकेमा युवा मस्तिष्कमा सकारात्मक धारणा र नेपाली संस्कृतिप्रति चाख बढ्ने उनको धारणा छ । साहित्यकार प्रधानले यात्राका बारेका लेखिएका सबै पुस्तकहरु नियात्रा हुन नसक्ने सुनाए ।

नलेखिएको र नदेखिएको सुक्ष्म पाटोसहित लेखकको अनुभूति समेटिएको पुस्तक नै नियात्रा हुन सक्ने उनको ठहर छ । नेपालमा लेखिएको कतिपय पुस्तकहरु उत्कृष्ट भए तापनि भाषाकै कारण विश्वस्तरमा पुग्न नसकेको अवस्थालाई औंल्याउँदै साहित्यकार बस्नेतले हाम्रा पठनीय सामग्रीहरु नेपाली तथा स्थानीय भाषासँगै अन्तर्राष्ट्रिय भाषामा समेत अनुवाद हुनुपर्ने बताए ।

Comments for Journey to Tibet:

  1. Dan Rutz, from the USA

My Dear Brother,


I picked up your book and could not put it down until finishing.  Each section was a joy and reminded me, anew, of your journalistic and linguistic skills, but more than that, the kind, generous, and loving heart that beats within you.

The narrative took me to places I fear I will never see in person, but at least could enjoy through your eyes; the mountain, the lake, the shrines….all of it, dear man, captivated my senses and enhanced my appreciation for your gifts and innate goodness.  I’ve written an Amazon review, currently in their hands, and hopefully to be published soon.  I will also share the link with my friends in the US and Europe in the hope others will read your book and thereby become introduced to my Good Brother.

Please let me know how you are; how your family is doing and when you might be headed to America.

I loved the book!!  You are, indeed, a gifted and compassionate man.

Brotherly love to you, 

Dan

2. Mark Larsan

3. Peter Tawache