हृदयचन्द्र स्मृति सम्मान २०७८ बाट नियात्राकार पराजुली सम्मानित

मिती २०७९ असार १८ गते साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको हृदयचन्द्र स्मृति सम्मान २०७७ एक समारोह बीच वरिष्ठ समालोचक प्रा.डा. ताराकान्त पाण्डेयलाई अर्पण गरेको छ । उहाँलाई बधाई दिन चाहन्छु ।

त्यसैगरी सोही समारोहमा २०७८ को हृदयचन्द्र स्मृति सम्मान मलाई प्रदान गरेकोमा साहित्य सदन नेपालका कार्यकारी अध्यक्ष प्रा. डा. हेमनाथ पौडेल तथा सम्पूर्ण साहित्य सदन परिवारमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु ।

मेरो लेखन कार्यमा मैले धेरैबाट प्रेरणा र हौसला पाएको छु । खुसीको यस अवसरमा केहीलाई यहाँ ह््रदयदेखिनै सम्झन चाहन्छु । त्यसमा स्व. मदनमणि दीक्षित, प्रा. रामकृष्ण रेग्मी, प्रमोद प्रधान, श्रीरामसिंह वस्नेत हुनुहुन्छ । त्यसरीनै यात्रा संस्मरण, कथा, कविता, निवन्ध लेख्नकालागि प्रेरित पनि गर्ने र पत्रिकामा स्थान पनि दिने आदरणीय रोचक घिमिरे, नरेन्द्रराज शर्मा, प्रा.डा. हेमनाथ पौडेल, रामप्रसाद पन्त, विनयकुमार शर्मा, मोहन दुवाल, छविरमण शिलवाल, ठाकुर शर्मा, निर्मल पुन (भारत)का साथै आदिरणीय विज्ञ पाठकहरू, समीक्षकहरू, छापा र विद्युतीय सञ्चार माध्यम र पत्रकार तथा अन्य थुप्रै शुभचिन्तक हुनुहुन्छ । आज यो सम्मान ग्रहण गर्ने अवसर उहाँहरु सबैले दिएको उत्साहपूर्ण प्रेरणाबाट सम्भव भएको हो । म सबैलाई नमन गर्दछु । मेरो लेखन यात्रामा उहाँहरूको सल्लाह, सुझावलाई सधैँ शिरोधार्य गर्ने छु ।

सोही समारोहमा गोपालप्रसाद रिमाल पुरस्कार २०७८ र २०७९कवि एवं सम्पादक वासुदेव अधिकारी र कवि एवं समालोचक डा.गीता त्रिपाठीलाई अर्पण गरेकोमा उहाँहरू दुवैलाई बधाई दिन चाहन्छु ।

त्यस्ता महान व्यक्तिको नाममा सम्मान र पुरस्कार स्थापना गरेर साहित्य सदन नेपालले उहाँहरूको सम्मान र त्यसतर्फ अग्रसर सर्जकलाई थप प्रोत्साहन, जाँगर र उत्साह थप्न हौसला प्रदान गरेको छ ।


सो कार्यक्रममा उपस्थित प्रमुख अतिथि वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईं, विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्याय, रचना साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरे, विभिन्न साहित्यिक संस्थाका प्रमुख र प्रतिष्ठित स्रष्टाहरूको उपस्थिति रहेको थियो ।


साहित्य सदनका सचिव मित्रलाल पंज्ञानीले हृदयचन्द्रसिंह र गोपालप्रसाद रिमालको योगदानका बारेमा र सदनका सदस्य देविका तिमिल्सिनाले पुरस्कृत चार जना स्रष्टाको योगदानका बारेमा मन्तव्य राख्नुभएको थियो । साहित्य सदनका कार्यवाहक अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा अन्य साहित्यकार, प्राध्यापक, पत्रकार, जनप्रतिनिधि तथा अन्य विशिष्ट ब्यक्तिको उपस्थिति रहेको थियो ।

ह््दयचन्द्रसिंह प्रधान जस्ता विशिष्ट साहित्यकारको नाममा स्थापित सो स्मृति सम्मान पाउदा म गौरवान्वित भएको छु र लेखन यात्रा जारी राख्न थप प्रेरणा जाग्रित भएको कुरा राख्न चाहान्छु । यो अवसरको लागि सबैलाई धन्यवाद ।

असार १८, २०७९
हृ्दयचन्द्रसिंह प्रधान स्मृति सम्मान–२०७८ बारे मन्तब्य ।
सबैमा नमस्कार ।
साहित्य सदन नेपालका अध्यक्षज्यू, यस गरिमामय समारोहका प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथि, सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरू एवं उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूमा हार्दिक अभिवादन !
हृ्दयचन्द्रसिंह प्रधान तथा गोपालप्रसाद रिमाल बारे धेरै चर्चा भइनै सक्यो । उहाँहरू दुवै परिवर्तनकारी, इमान्दार, सिद्धान्तलाई व्यवहारमा परिणत गर्ने साहित्यकार तथा महान व्यक्ति हुनुहुन्थ्यो । इमान्दार, सत्यनिष्ठ, परिवर्तनकामी चिन्तन राखेर समग्र समाजलाई उन्नति पथमा अग्रसर बनाउन चाहने सर्जक युगौँयुगसम्म मानवबीच जीवित रहन्छन् भन्ने यथार्थ र सत्य उदाहरण पनि हो यो । उहाँहरू दुवैमा श्रद्धासुमन अर्पण गर्दछु ।
हृ्दयचन्द्रसिंहले १८ वर्षको उमेरदेखि मात्र पढन थाल्नु भएको थियो । त्यसपछि आफैले अध्ययन गरेर नेपाली, नेवारी, हिन्दी भाषामा साहित्य सिर्जना गर्नु भयो । उहाँका नाटक, निवन्ध, कथा, उपन्यास विधामा दमनको विरोध, परिवर्तन र मुक्तिको स्पष्ट सन्देस पाईन्छ भने उहाँले रहस्यवादको खुलेर विरोध गर्नु भयो । हामी उहाँलाई पछ्याईरहेका छौँ ।
गोपालप्रसाद रिमालले वि.सं. २००० मा लेखेको कविता “आमाको सपना” आज पनि त्यत्तिकै प्रेरणादायी छ । त्यसमा भनिएको –
हेरौला, त्यो हुरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ
‘हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
वाश्तवमा जनचेतनाको हुरीले राणा शासन र निरङ्कुशतन्त्र फालेकै हो । राजतन्त्र फालेर गणतन्त्रको स्थापना गरेकै हो । आज हाम्रोमा राजनीतिक परिवर्तन संस्थागत हुनकालागि लोभ, मोह र स्वार्थ पर्खाल बनेको छ । इमान, संस्कार र संस्कृति सङ्कटमा छ, दर्शन र व्यवहारमा तालमेल छैन । स्वार्थी फोहोरमा अलमलिएको वर्तमान राजनीतिक परिवेशलाई सफा पार्न पनि यथार्थपरक, वैज्ञानिक र परिवर्तनकारी सिर्जना गर्नै पर्ने छ ।
त्यस्ता महान व्यक्तिको नाममा सम्मान र पुरस्कार स्थापना गरेर साहित्य सदन नेपालले उहाँहरूको सम्मान र त्यसतर्फ अग्रसर सर्जकलाई थप प्रोत्साहन, जाँगर र उत्साह थप्न हौसला प्रदान गरेको छ । यस प्रकारको उच्च सम्मानबाट सम्मानित हुने अवसर दिएकोमा साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेल लगायत साहित्य सदन परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
यहाँ मैले भन्नै पर्छ कि – मेरो कपाल फुलेर सेतै भए तापनि साहित्यिक फाँटमा म बाल्यकालकै अवस्थामा छु । यो हृ्दयचन्द्रसिंह स्मृति सम्मान पनि यस क्षेत्रमा धेरै योगदान गर्नुहुने विशिष्ट व्यक्तित्वहरू बाँकी हुँदाहुँदै कतै मैले पाए कि भन्ने कुरा मेरो मनमा उब्जेको कुरा यहाँ राख्न चाहन्छु ।
तर यथार्थमा, यस सम्मानले म आफैमा कहिलेकाहिँ म हिंडेको बाटो ठीक हो कि होइन भनेर उब्जने शंकालाई मेटाएर निर्धक्कसँग अगाडि बढ्न भने प्रेरित गरेको छ । यसको लागि सम्मान गर्दै आभार व्यक्त गर्दछु । यो मेरो निम्ति गौरवको विषय हो ।
मैले एसएलसी गरेपछि २०३४ देखि २०३८सम्म आइ.ए र वि.ए उत्तर–पुर्व भारत मिजौराममा पढेको हुँ । त्यहाँ बस्दा स्टेनसिलमा लेखेर “निगालो ” पत्रिका निकालेका थियौँ । त्यसबेला कथा, कविता लेख्थेँ । २०३९ सालमा नेपाल फर्के पछि विश्वविद्यालयको अध्ययन, जागिरको चक्कर, परिवारिक जिम्मेवारी र भोक निभाउने कार्यमा होमिदा अंकुराउदो लेखन बन्द भयो ।
जागिरको समयमा जागिरमै जोतिइयो सिर्जना गर्न सकिनँ । २०६२ मा जागिर छोडेँ । स्वतन्त्र रुपमा पत्रकारिताको तालिम आयोजना गर्दै सबै जिल्लामा पुगेँ । मौका मिल्दा पदयात्रा गर्थेँ । २०६६–६७ देखि कविता लेख्न थालेँ । समसामयिक लेख र स्तम्भ लेख्ने गर्थेँ ।
उच्च हिमाली क्षेत्रको पदयात्रा मेरो सोख हो ।
अफगानिस्तानको पश्चिमदेखि पूर्वीतिब्बतसम्म फैलिएको हिमालय पर्वतमालाको लम्बाई २४०० किलोमिटर छ । त्यसमा नेपाल हिमालयको लम्बाई ८०० किलोमिटर छ । उच्च हिमालय खण्डको पदमार्गलाई हाल द ग्रेट हिमालयन ट्रेल भनिन्छ त्यसको कुल लम्वाई ४५०० किलोमिटर छ । नेपाल खण्ड पूर्व ताप्लेजुङ–कन्चनजङ्घादेखि हुम्लाको हिल्सासम्मको पदमार्ग दुरी १७०० किलोमिटर रहेको छ । मैले नेपालखण्डको त्यो पदमार्ग र त्यस बाहेक किमाथाङ्का, ओलाङ्चुङ्गोला, मुगुम जस्ता हिमालभन्दा धेरै टाढाका गाउँको पदयात्रा गरेर पुरा गरेको छु । यसमा ८ हजार मिटर माथिका सबै हिमालको आधार शिविर अन्य धेरै हिमालहरू, हिमाली उपत्यका र हिमाली गाउँ पर्दछन् ।
साहित्यकार तथा पत्रकार दाइ प्रमोद प्रधानले – लेख्न प्रेरित गर्नु हुन्थ्यो । लामो समय दिमागमा छिरेन ।
धेरै पछि मात्र दाइको भनाईले मनमा छोयो । त्यसपछि, मैले २०६६ असारमा ल्हासा तिरबाट र २०७० असारमा हुम्ला तिरबाट मानसरोवर र कैलास परिक्रमा जुन गरेको थिएँ त्यसका तस्वीर र टिपोट खोजेँ । केही अध्ययन पनि गरेँ र २०७२ मा “तिब्बत यात्रा” प्रकाशित भयो । सँगसँगै विभिन्न पत्रिकामा कविता, कथा, निवन्ध पनि प्रकाशित भए ।
त्यसपछि भने मैले पत्रकारिता तालिम आयोजना गर्न पनि छोडेर अध्ययन गर्न थालेँ ।
२०७४ मा “डोल्पोः विश्वको जीवित सङ्ग्रहालय” प्रकाशित भयो । विदेशी लेखकले डोल्पामा भएको संस्कृति तिब्बती संस्कृति हो भनेको कुरालाई त्यो गलत हो । त्यो नेपालको ऋग्वैदिक कालभन्दा हजारौँ वर्ष पहिलेदेखि प्रकृतिपूजा गर्ने मानव सभ्यताकालिन संस्कृति हो भन्ने प्रसङ्ग उठाएको छु ।
२०७८ मा तेस्रो नियात्रा कृति “श्वेत पर्वत” प्रकाशित भयो । त्यसमा धवलागिरि, अन्नपूर्ण क्षेत्रकासाथै मुस्ताङ र मनाङ उपत्यका समेटिएको छ । त्यसमा कागवेनी गयाभन्दा पुरानो र पवित्र तीर्थस्थल हो । यो क्षेत्रमा १० हजार वर्ष पहिलेदेखि मानवको बसोबास थियो । आज पनि छ । ऋषिमुनिले भनेको स्वर्ग नेपाल हो र मानव सभ्यताको विकासमा पनि नेपाल अग्रस्थानमा छ भन्ने कुरा उठाईएको छ ।
२०७८ मा नै “कर्णालीमा प्रचलित दर्शन–परम्परा” प्रकाशित भयो ।
प्राध्यापक जगत उपाध्याले डोल्पोमा भुमिका लेख्नु भएको थियो । त्यसैको आधारमा उहाँले लेख्न प्रोत्साहित गर्नु भयो अनि “कर्णालीमा प्रचलित दर्शन–परम्परा” लेखेँ । नेपाल प्रज्ञा प्रतिष्ठानलेनै प्रकाशित ग¥यो । यसमा जगतको उत्पत्ति, मानव सभ्यता, हिमाली दर्शनको आधार वेद–उपनिषद, कर्णालीको चिनारी र कर्णालीमा प्रचलित दर्शन परम्परा उल्लेख छ ।
२०७८ मा नै तिब्बत यात्राको अङ्ग्रेजी संस्करण व्यगचलभथ त्य त्ष्दभत प्रकाशित भयो, त्यो अमाजोनमा संसारभर उपलब्ध छ । पत्रकार आचार संहिताको व्याख्यात्मक टिप्पणी –२०६६ र विपत् पत्रकारिता–२०७३ सँयुक्त लेखनमा प्रकाशित छन् । यो मेरो संक्षिप्त साहित्यिक यात्रा हो ।
अन्तमा, पदयात्रा मैले एक्लै गरेको छु । तर साहित्यिक यात्रा मैले एक्लै गरेको होइन । मैले धेरैबाट प्रेरणा र हौसला पाएको छु । केहीलाई सम्झन चाहन्छु । त्यसमा स्व. मदनमणि दीक्षित, प्रा. रामकृष्ण रेग्मी, प्रमोद प्रधान, श्रीरामसिंह वस्नेत हुनुहुन्छ । त्यसरीनै यात्रा, कथा, कविता, निवन्ध लेख्नकालागि प्रेरित पनि गर्ने र पत्रिकामा स्थान पनि दिने आदरणीय रोचक घिमिरे, नरेन्द्रराज शर्मा, प्रा.डा. हेमनाथ पौडेल, रामप्रसाद पन्त, विनयकुमार शर्मा, मोहन दुवाल, छविरमण शिलवाल, ठाकुर शर्मा, निर्मल पुन (भारत) का साथै आदिरणीय विज्ञ पाठकहरू, समीक्षकहरू, छापा र विद्युतीय सञ्चार माध्यम र पत्रकार तथा अन्य थुप्रै शुभचिन्तक हुनुहुन्छ । आजको यो सम्मान उहाँहरु सबैले दिएको उत्साहपूर्ण प्रेरणाबाट सम्भव भएको हो । म सबैलाई नमन गर्दछु । आदर गर्दछु । उहाँहरूको आर्शिवार्द लिएर आगामी लेखन यात्रा निरन्तर जारी राख्ने प्रण पनि गर्दछु ।
साहित्य सदन नेपालfO{ आभार । उपस्थित सबैमा आभार ! सबैलाई धन्यवाद !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s