विष्णु प्रसाद शर्मा पराजुली खोजी र अन्वेषण गर्ने रुचाउने नियात्राकार हुन् । उनको तिब्बत यात्रा , डोल्पो : विश्वको जीवित सङ्ग्रहालय , श्वेत पर्वत प्रकाशित कृतिहरू हुन् । यात्रा गर्ने रुचाउने यात्रामा निस्कन अगाडी त्यस क्षेत्रको बारेमा खोजी गर्ने समय खर्चिन्छन् । पढ्नमा निकै रुचि राख्ने पराजुलीसंग जनमतले पुस्तक पढ्न सारै रुचाउने पराजुली सँग जनमतको लागि पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
सम्यक् प्रकाशनले प्रकाशित गरेको राहुल सांकृत्यायनको बुद्धको जीवनी, उपदेश र विभिन्न सुत्त सहितको “बुद्ध चर्या” पुस्तक पढ्दै छु ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा रु
नेपाली: नेपालीमा बालकृष्ण पोखरेलद्वारा लिखित मानव जातिको विकास, मानव सभ्यता र पश्चिम एसियादेखि प्रारम्भ भएको “खस जातिको इतिहास” । त्यो एक जातिको मात्र होइन । त्यसमा मानव जातिको विकास र फैलाव कहाँबाट र कसरी भयो भन्ने विस्तृत जानकारी छ । हिन्दी राहुल सांकृत्यायनको “मानव समाज” । अङ्ग्रेजी: नेपालविद् टोनी हेगनले लेखेको Nepal :The Kingdom in the Himalaya

तपाईंको लागि लेखपढको उपयुक्त समय कुन हो ?
मेरो लागि लेखपढ कोलागि त्यस्तो विशेष समय छैन । फुर्सदको क्षण जुनसुकै समय पनि अध्ययन गर्छु । बिहानको समयमा ध्यान बढी केन्द्रित हुन्छ ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
सत्य, यथार्थ र सामाजिक परिवेशलाई आधार मानेर बाटो देखाउने साहित्यिक विधा मध्य नियात्रा, निबन्ध, कथा र कविता नै शक्तिशाली लाग्छ ।

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
मैले एस.एल.सी सम्म पर्वतको रानी पानीमा पढेको हुँ । पुस्तकालय थिएनन् । त्यसैले सानोमा स्कुलमा पाठ्य पुस्तक बाहेक अन्य पुस्तक पढ्ने अवसर पाइएन ।

कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो रु तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
मैले कलेज चाहिँ उत्तर–पूर्व भारतको मिजौराम भन्ने ठाउँमा सिलोङ् विश्वविद्यालय अन्तरगत पढेको हुँ । प्रवासी नेपालीसँग भएका पुस्तक मागेर, खोजेर कविता, कथा र उपन्यास पढेँ । त्यस बेला उपन्यास र कथा पढ्न मन पर्थ्यो । नेपाल फर्केपछि विश्वविद्यालयको अध्ययन पश्चात जागिर र पारिवारिक जिम्मेवारीको कारण अध्ययन गर्न पाइएन । त्यसैले मैले पचपन्न वर्षको उमेरदेखि फेरि पढ्न थाले । त्यसपछि भने अध्ययन गर्दै छु । मलाई मानव विकास क्रम र सभ्यता, इतिहास, संस्कृति, भूगोल, दर्शनसँग सम्बन्धित पुस्तक पढ्न मन लाग्छ । साहित्यिक पुस्तकहरू पनि पढ्ने गर्छु ।

धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
बालकृष्ण पोखरेलले लेखेको “खस जातिको इतिहास”, लक्ष्मीप्रसाद देवकोटाको “लक्ष्मी निबन्ध सङ्ग्रह”,टोनी हेगनले लेखेको नेपालसम्बन्धि पुस्तकहरूमा Nepal: The Kingdom in the Himalaya and Building Bridges in the Third World , क्रिस्टोफ भोन फुरर हेमनडोर्फको Himalayan Traders

दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ? ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
क) खस जातिको इतिहासमा समग्र मानव जातिको विकास, प्राचीन अवस्थामा जातिको अवस्था के कस्तो थियो, खस जातिको उद्गम कहाँ, कसरी भयो, खस जाति कसरी नेपाल आइपुगे र अहिले कहाँसम्म फैलिएका छन् । खस जाति भनेको एक जाति होइन भन्ने बारेमा अत्यन्त मिहिनताका साथ अनुसन्धानात्मक तरिकाले लेखिएको छ । यदि यो पुस्तक अङ्ग्रेजीमा छापिएको थियो भने नोबेल पुरस्कार पाउन पनि सक्थ्यो होला । त्यो त्यो स्तरको पुस्तक हो । सबै नेपालीले पढ्नु पर्छ ।
ख) लक्ष्मीप्रसाद देवकोटाको “लक्ष्मी निबन्ध सङ्ग्रह” ले सधैँ नयाँ ऊर्जा प्रवाह गर्ने क्षमता राख्छ, त्यसैले दोहोराएर पढछु ।
ग) टोनी हेगनको पहिलो पुस्तक Nepal: The Kingdom in the Himalayas नेपाल हिमालयको उत्पत्ति, नेपालको भौगोलिक अवस्था, नेपालका जातजाति, भाषा, धर्म र संस्कृति जस्ता विषय दिईएको छ । नेपालीले त्यसबारे जानकारी लिन जरुरी छ । लेख्ने क्रममा कैयौँ पटक सन्दर्भ उल्लेख गर्नु पर्ने हुन्छ, त्यसकारण त्यो पढछु ।
घ) टोनी हेगनकै Building Bridges in the Third World मा हेगनले नेपाल बारे अध्ययन गर्दा विभिन्न ठाउँमा पुगेको अनुभव राखेका छन् र नेपालले आधुनिक युगमा प्रवेश गर्न, आर्थिक विकास गर्न र जीवनस्तर उकास्न विभिन्न सुझाव दिएका छन् । सन् १९५०देखि १९६० सम्मको नेपालको अवस्था कस्तो थियो र पछिल्लो कालमा विकास कसरी भएको छ भन्ने बारे उल्लेख छ ।
ङ) क्रिस्टोफ भोन फुरर हेमनडोर्फको Himalayan Traders मा नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने हिमाली बासीको जनजीवन, कृषि, पशुपालन, चाडपर्व, व्यापारबारे अनुसन्धान गरी प्रस्तुत गरेको हुनाले ।

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
विषयवस्तु, यथार्थता, सत्यता, प्रस्तुति, सामाजिक परिवेश र पात्रले निश्चित रूपमा पछ्याउँछ ।

तपाईँको विचार पढ्नु केका लागि हो ? कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
अध्ययन के का लागि भन्ने पनि हुन्छ । अध्ययन नयाँ विषयमा ज्ञान आर्जन गर्नका लागि गरिनुपर्छ । यसले मानिसको सोचाइमा र दृष्टिकोणमा परिवर्तन त्याउनुका साथै सोच क्षेत्र फराकिलो हुँदै जान्छ र परिपक्वता तर्फ अग्रसर बनाउँछ । जीवनमा परिवर्तन ल्याउन यथार्थपरक, अनुसन्धानात्मक र मार्गदर्शन गर्ने पुस्तक पढ्नु पर्छ । मेरो लेखनमा पनि नेपालबारे लेखिएका पुस्तक, अनुसन्धानमा आधारित पुस्तक र मानव विकास वारे लेखिएका पुस्तकले सघाएका छन् ।

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
१. Nepal: The Kingdom in the Himalayas, Tony Hegan
२. Building Bridges in the Third World, Tony Hegan
३. हिन्दु संस्कृतिको परिशीलन, मदनमणि दीक्षित
४. खस जातिको इतिहास, बालकृष्ण पोखरेल
५. हाम्रो समाज: एक अध्ययन, जनकलाल शर्मा
६. नेपालको इतिहास, विभिन्न लेखकहरू
७. लक्ष्मी निबन्ध सङ्ग्रह, लक्ष्मीप्रसाद देवकोटा
८. गुरुप्रसाद मैनालीका कथाहरू
९.बुद्ध चर्या, राहुल सांकृत्यायन
१०. नेपाल गण युगदेखि राष्ट्र युगसम्म, मोदनाथ प्रश्रित

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक र?
मैले पढ्न चाहेर पनि पढ्न नपाएका पुस्तक निम्न छन्: जोसेफ टुचीको क) Preliminary Report on Two Scientific Expedition in Nepal , Nepal:The Discovery of the Mallas, राहुल सांकृत्यानको मध्य एसियाको इतिहास भाग १ र २

मनपरेका ५ जना स्वदेशी र विदेशी लेखकहरुको नाम लिनुपर्दा ?
स्व. मदनमणि दीक्षित, रोचक घिमिरे, बालकृष्ण पोखरेल, ह्दयचन्द्र सिंह प्रधान र टोनी हेगन ।

अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
पदयात्राः मैले नेपालको कञ्चनजङ्घा आधार शिविरदेखि हुम्लाको हिस्सासम्मको उच्च हिमाली क्षेत्रको भाग विभिन्न चरणमा गरी पैदल यात्रा गरी सम्पन्न गरेको छु । कैलाश र मानसरोवर परिक्रमा गरेको छु । पदयात्रा नै मेरो मुख्य रुचि हो । त्यसैको आधारमा मैले नियात्रा लेख्ने प्रयास गरेको छु ।

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?

  • टोनी हेगनको Nepal: The Kingdom in the Himalayas, Tony Hegan
  • मदनमणि दीक्षितको हिन्दु संस्कृतिको परिशीलन
  • बालकृष्ण पोखरेलको खस जातिको इतिहास
  • डी.एल. स्नेलग्रोभको Buddhist Himalaya
  • जनकलाल शर्माको हाम्रो समाज: एक अध्ययन
    तपाईँका हालसम्म प्रकाशित कृतिहरू के के हुन ?
    १.तिब्बत यात्रा –२०७२
    २.डोल्पो: विश्वको जीवित सङ्ग्रहालय–२०७२
    ३. श्वेत पर्वत–२०७८
    ४. Journey to Tibet –२०७८
    ५. कर्णालीमा प्रचलित दर्शन–परम्परा–२०७८
    ६.पत्रकार आचार संहिता र व्याख्यात्मक टिप्पणी २०६६ सह लेखन,
    ७. विपत् पत्रकारिता २०७३ सह लेखन
    ८. विविध कथा, कविता, र निबन्ध विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकाशित हुने गरेका छन् ।

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
म मुख्यतया: नियात्रा लेखनमा नै केन्द्रित रहेको छु । अब मैले पूर्वी हिमाली क्षेत्र गौरीशंकर देखि पूर्व कञ्चनजङ्घासम्मको भाग समेट्ने गरी नियात्रा लेख्नु पर्ने छ । त्यसपछि मनासलुदेखि पूर्व र गौरीशंकर देखि पश्चिमको भाग समेट्ने छु । तिब्बत यात्रामा हुम्लाको खण्ड परेको छ । त्यसैले डोल्पादेखि पश्चिम मुगु, जुम्ला, हुम्लाको सिम कोट, रारा क्षेत्र समेटेर राराको सेरोफेरोको पनि नियात्रा कृति नै तयार गर्नु पर्ने छ । मेरा धेरै कविता, कथा र निबन्ध विभिन्न रचना, जनमत, अभिव्यक्ति, दायित्व, मधुपर्क आदि साहित्यिक पत्रिकामा प्रकाशित छन् । तीनलाई सङ्कलन गरी क्रमशः पुस्तककै रूपमा प्रकाशित गर्ने योजना रहेको छ ।

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
स्रष्टाले नै सिर्जना गर्ने हो । स्त्री–पुरुषको मिलन पश्चात मानव जीवन प्राप्त हुन्छ । त्यसमा विभिन्न भौतिक तत्वको सम्मिश्रण रहेको हुन्छ । मानव जीवन भनेको सचेत जीवन हो । त्यस सचेत प्राणी मानवले आफूm वरपरको वातावरणको आधारमा आफ्नो अनुभवलाई विभिन्न विधामा सिर्जना गर्न सक्षम हुन्छ । स्रष्टाले समग्र विश्व, जीवजन्तु, वनस्पतिका साथै मानव जातिलाई सही मार्ग देखाउन सिर्जना गर्दछ । सबै मानिससँग सोच्ने, सिर्जना गर्ने आआफ्नै प्रकारको सृजनशील क्षमता हुन्छ तर कतिले त्यसलाई बाहिर ल्याउँछन् भने कतिले आफ्नो मनमनै सिर्जना गरेका हुन्छन् बाहिर पुस्तकाकारका रूपमा ल्याएका हुँदैनन् । स्रष्टाले भोगाई, अनुभव, परिवर्तन, समग्र विश्वको हितार्थ सिर्जना गर्दछ । मानव स्रष्टाबाट मात्र सिर्जना सम्भव छ । अरू कुनै काल्पनिक शक्तिबाट सिर्जना हुन सक्दैन ।

तपाईँसँग के कति पुस्तक रहेका छन् ?
सङ्कलित पत्रपत्रिकाहरू, साहित्यिक पत्रिकाहरू ग्रामीण क्षेत्रमा दिने गरेको हुनाले धेरै सङ्कलन छैन । साहित्य र दर्शन गरी करिब पाँच सय, पत्रकारितासँग सम्बन्धित करिब तीन सय र साहित्यिक पत्रपत्रिका करिब दुई सय गरी एक हजार मात्र पुस्तक रहेका छन् ।

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मलाई पदम पानी उपाध्याय पराजुली मेरो हजुरबाले अक्षरारम्भ गराउनु भएको हो । मेरो आमा तुलसी उपाध्याय पराजुली र बुबा धनपति उपाध्याय पराजुलीले पढ्नु भएको थिएन । उहाँहरू कृषक हुनुहुन्थ्यो, दुवै औँठा छाप । उहाँहरू दुवैले व्यवहारबाट खारिएर कण्ठाग्र भएका व्यवहारिक ज्ञान मलाई सिकाउनु हुन्थ्यो । जीवन वारे ज्ञान दिनुहुन्थ्यो, के गर्नु उपयुक्त हुन्छ र के गर्नु नराम्रो हो भन्ने कुरा कुटो, कोदालो, घाँस, दाउरा, खेतीपाती गर्दा भन्नुहुन्थ्यो । सानो सफलतामा हौसिने र असफलतामा खुम्चिने गर्न हुँदैन भन्नु हुन्थ्यो । बाँचुन्जेल इमानदार भएर मेहनत गर्नु पर्छ भन्नु हुन्थ्यो । चेतनशील प्राणी मानव जाति भएर जन्मेपछि समाजलाई दीर्घकालसम्म सही बाटोमा डो¥याउन सक्ने योगदान दिनु पर्छ । कसैलाई दुःख र पिडा पार्ने काम गर्नु हुँदैन यस्तै कुराहरू दस कक्षा पढ्ने बेलासम्म दिमागमा घुसेका रहेछन् । मैले खासै उपलब्धि हुने कार्य गर्न सकेको छैन । तर आज म जे जस्तो छु, जे जति गरेँ, यो जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिने मेरा मातापिता नै हुन् । जसलाई मैले दसकौँ पहिले नै सधैँको लागि बिदा गरेको छु । तर मैले उहाँहरूले म सानो छँदा भनेका कुराहरू, निर्देशनहरू हरेक दिन बिहान सम्झेर मात्र मैले मेरो दैनिकी प्रारम्भ गर्छु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s