सैतान् बनि कोपर्न मलाई नखोज
काचुली तिम्रा ह्रिम्सक् नङ्ग्राहरुले ,
कलुशीत् नजरले घोच्न नखोज
फुटेका तिम्रा नयनका नानीहरुले ।
चिमोटेर मलाई खान्छौ कति
ग्रिस्मको हिऊ म कँहा हुँ र,
सताएर् मलाई लुट्छौ कति
पछ्यौरी मलमलको म कँहा हुँ र।
होला परिबर्तन् भुगोल् प्रलयमा
हिउ हिमालमा सुक्ने छैन
‘नेपाल’लाई तिमीले ‘नेपाल’ नभने पनि
‘नेपाल’लाई झुक्न म दिने छैन् ।
बिश्णुप्रसाद् शर्मा पराजुली , २०७२ मङ्सिर ४ गते