भीर् हाम्रा वरपर
पाइला गनि चाल्नु पर्छ
डाँफे मयुर् नाच्न् छाडे
सृस्टि कहा बाच्न सक्छ् ।
मयुर् तिमी लेक चढी
हेर् बुकि फूल
चिरी देउ छाति मेरो
देख्यौ भने भूल् ।
छाति मेरो दुख्यो ऐले
लाला बाला भोकै रहे
उषा पक्कै झर्छिन् भोली
रात एक् बाच्न पाए ।
माटो फले देश हास्छ
देश् हासेँ मन्
प्याउली फुल्छ पाखा भरि
ढुक्क् हुन्छ तन ।
छाति मेरो फराकिलो
अन्तरिक्ष अट्न् सक्छ
मलाई तिमीले चिन्यौ भने
संसार् यही हास्न सक्छ ।
कात्तिक् १३