पार्वती खोज्दै शिव शिवपुरीमा

प्रकाशित तथा साभारः रचना साहित्यिक पत्रिका अङ्क १७८ भदौ–असोज २०७९
निवन्ध


असारको दिन थियो । रातभर पानी परे तापनि उत्तरी उपत्यकाको विहान भने उज्यालिएको थियो । चन्द्रगिरितिर कताकति नीलो आकास देखिन्थ्यो । फुलचोकी बादलको अँगालोमा बाँधिएको थियो । तर गुर्जु भन्ज्याङ, विष्णुद्वार, बागद्वार, तारेभीर, मूलखर्कतिरबाट देखिने वर्खाको हरियालीयुक्त पहाड र गगनचुम्वी भवन देख्दा बाहिरी रूपमा भानुभक्तले भनेझैँ प्राचीन नेपाल खाल्डो अलकापुरीनै झल्किन्थ्यो । ठीक त्यसैबेला, शिवपुरीको यात्रामा निस्केका यात्रुले पोखरीमा लम्पसार परेर व्रह्माण्डलाई नियालीरहेका वुढानीलकण्ठलाई नमन गरे अनि उकालो उक्ले ।
जगतको संरक्षणकर्ता वुढानीलकण्ठ विष्णु शिवपुरी क्षेत्रका पनि संरक्षक हुन् । यो शिव र विष्णु दुवैको सम्मान गरिएको क्षेत्र हो भन्ने कुरा नामबाटनै थाह हुन्छ । वुढानीलकण्ठमा रहेको विष्णुको ढुङ्गाको विशाल र सुन्दर मूर्ती करिव १ हजार ५०० वर्ष पहिले लिच्छविकालमा बनाएर स्थापना गरिएको हो भनिन्छ । चार हातमा शङ्ख, चक्र, गधा र पद्य लिई सानो पोखरीमा नागले घेरिएका उनी विश्राम गरेको अवस्थामा छन् । पुराणकथानुसार उनको वासस्थान क्षीर सागर हो । समुद्रमा नागको विछौँनामा सुत्ने विष्णुको नाइटोबाट कमलको पूmल निस्क्यो । त्यसबाट ब्रह्मा उत्पन्न भए । अनि ब्रह्माले जगतको सृष्टि गरे भन्ने कथा पुराणमा छ । स्व. मदनमणि दीक्षितका अनुसार विष्णु पश्चिम एसियाबाट पूर्व आएका हुन् । शिव चाहिँ हिमालय क्षेत्रका हुन् ।
साथीलाई लाग्न सक्छ, पशुपतिको उत्तरी क्षेत्रमा बागमती नदीको शिर रहेको पहाडको नाम शिवपुरी कसरी रहन गयो त ? शिवपुरी, बागद्वार र पशुपति के हो त ? भन्ने जिज्ञासा पनि त लाग्ने नै भयो । त्यसबारे एकादेशको कथा यस्तो छः
एक दिनको कुरो हो । शिव कैलासमा आफ्नो परिवार र गणसँग सुखसँग बस्थे । हिउँ कम हुने वर्खा ऋतुमा शिव, पार्वती, यक्ष, गन्धर्व, किन्नर, किरात, खस आदि सहित मनोरञ्जनको लागि स–परिवार आफ्नो घर कैलासको परिक्रमा गर्न निस्के । उनीहरू आजको डोल्मा ला (५६३० मिटर) त्यसबेलाको शङ्कर भन्ज्याङ पुगे । त्यसबेला पार्वतीलाई सास फेर्न केही कठीन भयो । वरपर पानी थिएन । शिव भने सुन्दर मौसमको कारण अत्यधिक प्रशन्न भई ब्रह्मा र विष्णुलाई पार्वतीको हेरविचार गर्न लगाई आपूmले शिवबुटी बनाई दुईचार सर्को तानी सोही धुनमा कैलास परिक्रमामा ध्यानमग्न भए । उता पार्वतीलाई व्रह्मा, विष्णु, यक्ष, गन्धर्व, किन्नर सबै मिलेर शिव भन्ज्याङ पार गराई केही तल झारे । पार्वतीको तीर्खाको पिडा अन्तरहृ्रदयबाट थाह पाई शिव भन्ज्याङको केही तल पूर्वी कुनामा व्रह्माले गौरी कुण्ड ( सानो कुण्ड आज पनि देख्न सकिन्छ) को निर्माण गरे । पार्वतीले पानी पिए पछि उनमा स्पूmर्ति आयो । सबै नाचगान गर्दै झरे (मानसरोवरको उत्तरमा रहेको आजको दारचेनतिर) ।
उता शिवजी शिवबुटीको धुनमा पार्वती वेपत्ता भइन् भन्दै कैलास पर्वत पार गरी, विशाल हिमगिरी नाघेर दक्षिणपूर्व जाँदा अलकापुरीको उत्तरमा रहेको थुम्कोमा पुगे । त्यहाँ पुग्दा शिवबुटीको असर कम भै सकेको थियो । पार्वती र गणका सदस्य कहाँ होलान भनि अन्तरदृष्टिदिँदा पार्वती त उनलाई खोज्दै कैलास नाघेर गौरी पर्वत नजीक पुगेको देखे । चारैतिर पहाडै पहाडले घेरिएको, मानसरोवर जत्रै ताल भएको अतिनै सुन्दर उपत्यकाको टुप्पोमा शिव पुगेका थिए । उनले त्यहीँ केही कन्दमुल खाई ध्यान गरे । शिवलाई खोज्दै त्यहाँ पुगेका यक्ष, गन्धर्व, किरात, खस त्यसै उपत्यका वरपर बस्न थाले । शिव बसेको पहाडको फेंदमा उनका गणले पुर बसाए । त्यसबेलादेखि त्यस पहाडको नाम शिवपुरी रहन गयो । त्यसबेलादेखि आजका दिनसम्म कसैले आफ्नै पार्वती खोज्दै त कोही सांसारिक भोग र मोहबाट मुक्त हुन शिवपुरीमा तपस्या गर्न पुग्ने गर्छन, शिवपुरी बाबा, टोडके बाबा, योगी, भोगी तथा युवायुवती ।
पार्वतीलाई भेटन शिव पूर्वतिर लागे । पार्वतीले थकाईमार्न विश्राम गरेको पहाडलाई ‘गौरी’ पहाड भनि नामाकरण गरियो । शिवको प्रतिक्षामा बेसेकी पार्वतीसँगै अर्को त्यस्तै हिमाच्छदित पहाड थियो जहाँ शिवले एक रात विताएका थिए । भोलिपल्ट विहान सुर्योदयसँगै शिवले पार्वतीलाई नजिकै जोडिएको हिमालमा देखे । दुवै जनाको भेटभयो । एकअर्का अँगालोमा बाँधिए । त्यस पछि शिवले रातकाटेको हिवैहिउँले भरिएको सेतो पहाडको नाम शङ्र रहन गयो । कालान्तरमा त्यस वरपर बस्ने शिवगण, दैत्य, यक्ष, गन्धर्व, किन्नर र मनुश्यले त्यसलाई गौरीशङ्कर भनि पूजागर्न थाले । जुन आजको नेपालको दोलखामा गौरीशङ्कर हिमालको नाममा प्रख्यात छ । अर्को एउटा कथामा शिवपुरीको उपत्यकालाई खेतीयोग्य बनाउन शिवले आफ्नो शिरबाट बागमती र विष्णुमतिको सृष्टि गरी आपूm पशुपतिमा गई बसे । यो एउटा कथा हो । त्यहाँ भौगोलिक, प्राकृतिक, सांस्कृतिक र जातिगत सत्यता भने प्रसस्त छन् ।
शिवपुरी चुली हिडेका यात्रुले विष्णुलाई ढोगे । आशिर्वाद लिई यात्रामा पेट पूजा गर्न मन्दिर छेउ फलपूmल, विस्कुट, दालमोठ र पानी किने । झोलामा हाले । आफ्नो फोहोर आफैले बोकेर फिर्ता ल्याउनु पर्ने नीति पारित गरेपछि उकालो लागे पानी मुहान तिर ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै पानीमुहान छ, त्यहाँबाट गुर्जुभन्ज्याङ, सुइरेचौर र ककनीतिर जान सकिन्छ । वन घना छ । राजधानीको त्यो बिच्र्याटलाग्ने कोलाहलपूर्ण डाउन–टाउनबाट पाँच किलोमिटरको दुरीमा अति मधुर, शान्त, सुमधुर, पानीको कलकल, जुरेलीको चिरबिर, रुखका पातहरूको फिरफिर, जनावरको स¥याक–सुरुक र लस्याक–लुसुकपूर्ण वातावरणमा पुग्ने ठाउँ हुनु राजधानीबासीको लागि अपुर्व अवसर हो । तर त्यस्तो ठाउँमा आपूmले ल्याएको प्लास्टिकहरू वनको छातिमा फाल्दा मन नदुख्नु अपराधि प्रवृत्ति हो ।
निकुञ्ज कार्यालय नजीकका रुखमा रुखको वैज्ञानिक र नेपाली नाम लेखिएका सूचना किलासँगै टाँसिएका थिए । रूखलाई दुखेर हो कि रुखको आँशु तलसम्म झरेको देखिन्थ्यो । अरब गएको छोरोको लास काखमा लिएर बसेकी एक्ली आमाको आँशुको त यहाँ अर्थ छैन भने किला ठोक्दा झरेका रुखका आँशुको के कुरा ?
अग्ला रुखहरू वर्खाको पानीले स्नान गरेर यति सुन्दर देखिएका थिए तिनले वाश्तवमै चुमनुर्वी उपत्यकाकी तरुनीको सौन्दर्यलाई विर्साउथे । घाम बादलभित्र गुम्फिए पनि हावाले विश्राम गरेकाले हपक्क गर्मी थियो । प्रवेशद्वार नजिक पानी मुहानको पानी ल्याएर बनाईएको कलात्मक ढुङ्गे धारोले लिच्छविकालीन सभ्यताको झल्को दिन्थ्यो । कलिला सहरीया युवायुवतीलाई धाराको पानीले प्रेमिल छेपा–छेपमा रङ्गिदै सेल्फिन भरपुर अवसर दिन्थ्यो ।
एक सय रुपँैयाँको टिकट सेनाको जाँचकीलाई देखाएर यात्रु निकुञ्ज भित्र पसे । ‘आफुसँग लगेको प्लास्टिकजन्य फोहोर आफै फिर्ता ल्याउनु होला, हजुर । ’ जवानले शिष्ट शैलीमा आग्रह गरे ।
निकुञ्जको अग्निरेखा (ँष्चभष्लिभ)को बाटो हुँदै उनीहरू धकेलिए । आधा घण्टा नहुँदै पसीनाले निथु्रक्क पार्न थाल्यो, पानी पिउनु पर्ने, विस्कुट टोक्नु पर्ने अवस्था आयो । रुखले आकाश देखिदैन्थ्यो । चराहरू डाली–डाली नाच्दै थिए । झाडी बाक्लियो । पसिनाकै कुराकानीमा अग्ला जय, नेपाली उचाइका प्रतिक र प्रधानबीच बल्ल परिचय भयो । उनीहरूको मुल थलो क्रमशः खोटाङ र रामेछाप थियो । वर्खाकै दिन किन नहोस् हिंड्न पाएकोमा प्रसन्न देखिन्थ्यो सबैको अनुहार ।
पसीना बगाउन आएका शहरीयाहरू । मानो छरेर मुरी उब्जाउने बर्खाको बेला खेतमा हलो जोतेर, धान रोपेर, घाँस काटेर पसीना बगाएको भए सायद त्यसको परिणाम वहुगुणी हुन्थ्यो । तर त्यहाँ तिनीहरूको पसीना आफ्नो शरीरमा भएको चिनी कारकाना कमजोर पार्न थियो । पसीना नझारेमा सेकुवा, व्हिस्कि र वियर तान्नेहरू छिटै यमराजको प्रिय बनिदिन्छन् । त्यसैले शहरीयाहरू धोक्छन् र त्यसलाई पचाउने निहुँमा कुद्छन् ।
झ्याउँकिरीको आवाज झ्याउँ–झ्याउँ झन्केको थियो । मित्र प्रधान पसिनाले लुछुप्पै भिजे । स्याँ–स्याँ गर्दै बिना चिनीको विस्कुट टोके, घत्घती पानी पिए । बुढानीलकण्ठ मन्दिरबाट नै उकालिएकाले एक घण्टा हिडेका थिए ।
अति सामान्य त्यो हिडाई पनि मित्रलाई गाह्रै परे जस्तो भयो । मित्र प्रधानको कन्चेटबाट असारे झरीमा झरेको झरीझैं पसीना झ¥यो । विस्तारै हिडेर उनीहरू शिवपुरी चुली र नागी गुम्बा जाने दोबाटोमा पुगे ।
यात्राको प्रारम्भ मात्र भएको थियो । शरिरले असहज मान्दै थियो । मनमा एक थोपो पसीना थिएन तर तनमा थियो । बाक्लो वनमा भलाकुसारी गर्दै, जीवनका प्रेमिल कथा एक–अर्कालाई सुनाउँदै चराहरूको चिरबिर, चितुवाको हेराई, मृग र बदेलको लुकाछिपी, झरनाको झरझर र रुखका पातहरूको फिरफिरे धुनसँग पाईला चाल्ने रहर बोकेरनै यात्रा तय गरेका थिए, उनीहरूले । तर यात्रा आपूmले सोचे जस्तो कहाँ हुन्छ र ?
त्यसबेला मनको भाव र शरीरको शक्तिको यथार्थता केलाएर निर्णय गर्नु पर्ने हुन्छ । पसीना तरतरी चुहिने नाके उकाली त शुरु हुदै थियो । जङ्गलको बीचमा पुगेर फर्कँदा उकालो उक्लने र ओरालो ओर्लने दुवै थरीलाई नमज्जा हुन्थ्यो । त्यसैले प्रधान निकुञ्जको प्रवेश द्वारतिरै फर्के । अन्य उकालो लागे । नजिकै छाप्रो थियो । त्यहाँ प्लास्टिकका बोतल, प्लास्टिकका झोला, विस्कुटका खोस्टा, वियरका बोतल छरपस्ट छरिएका देखिन्थे । त्यसले वैदिक युगका सभ्य पुर्खाका सन्तान एक्काइसौं शताब्दीमा आईपुग्दा जङ्गली हुन पुगेछन् भन्ने छर्लङ्गिन्थ्यो ।
डाउनटाउनमा फोहोर देखेर अत्तालिएका प्रतीक निकुञ्ज परिसर पनि सफा नदेख्दा धोबीको कपडाझैँ निचोरिए । हाम्रोमा सभ्यता र संस्कारमा खिया लागेको छ । जिम्मेवारी व्रह्मनालमा लम्पसार छ । इमानमा विर्को लागेको छ । वागद्वारको मुलनै फोहोर भयो भने बागमती सभ्यता भनेर फलाक्दैमा पानी सफा हुन्छ र ?
त्यो दिन बासिबिदो परेकोले लफलफे चिसो थिएन । जुकाहरू पनि पार्टी र सरकारी कार्यालयतिर पो गएछन् कि बाटोमा देखिएनन् । वर्खाको पानीले गलेका पातपतिङ्गरको थुप्रो, छाता जस्तै उभिएको च्याउ, स–साना खोल्सिबाट बगेको कलकले पानी वरपर देखिन्थ्यो । त्यस्तैमा जयलाई एउटा जुकोले चुम्बन गरेछ ।
तल्लो देउराली नपुग्दै जयले केरा खोल्स्याउने कुरो निकाले जबकी उनले टन्न भात खाएको सूचना दिएका थिए । बिना चिनीको विस्कुट टोक्दै प्रतीकले उनलाई साथ दिए । ठाडो उकालो तुरे पछि तल्लो देउराली आयो जुन नागी गुम्बाको पछाडिबाट ठडिएको थियो । देउराली बारे बहस भयो । के हो त देउराली भनेको ?
एउटाले –पहाडको ठाडो लमतन्न परेर चुलिएको पखेरो जहाँ पोखरी, मौलो हुन्छ र सन्तान सुख, खेतीपाती र पशुपालन राम्रो होस् भनेर वर्षमा एकपटक पूजा गरिन्छ त्यसलाई देउराली भन्छन् भन्यो । दोस्रोले–पहाडको अग्लो ठाउँ जहाँ बाटोको अन्त हुन्छ, जहाँ यात्रीले पाती, रुखको हाँगो, ढुङ्गा चढाउछन्, त्यो देउराली हो । अर्कोले मोवाइलमा भएको शब्दकोश घिसार्दै भन्यो– डाडो वा भन्ज्याङ परेको ठाउँलाई पनि देउराली भनिदो रहेछ ।
नेपाली प्रकृतिपूजक हुन् । प्रकृतिमा निरन्तर परिवर्तन भइरहन्छ । जन्म, मृत्यु, वनस्पति, बाढी, पहिरो, ऋतु परिवर्तन, भुकम्प आदि घटनाहरू प्रकृतिमा हुने निरन्तर गतिको कारण भएका हुन् । त्यो गतिलाई पहिचान गरी मानिस जब सभ्यताको सिँढी उक्लँदै गयो तब प्राकृतिक प्रलयबाट बाँच्न मानिसले नदी, हिमाल, पहाड, मैदान, वनस्पति, चट्याङ, सूर्य, चन्द्र, पृथ्वी, वायु, अग्नि आदि तत्त्वहरूको पूजा गर्न थाल्यो । दसौँ हजार वर्ष पहिले प्रारम्भ भएको प्रकृति पूजा आज पनि नेपालको विभिन्न भुभागमा विभिन्न विधिबाट गरिँदै आएको छ । देउरालीमा गरिने पूजा पनि त्यस मध्यको एक हो । मानिसले चढाउँदै गएको ढुङ्गा, काठ आदि वस्तुको थुप्रो हुँदै गयो र पछि त्यसले वनदेवीको रुप धारण ग¥यो ।
देउरालीमा पुग्दा सबै खुशी भए । देउरालीदेखि बागद्वारसम्मको बाटो सजिलो तेर्पाए थियो । वर्खाको हरियो वनले उनीहरूलाई स्वागत त गरेकै थियो । त्यसमाथि सेतो वादलको बाक्लो भुल्काले घाम छेकेर शितल बनाएको थियो ।
यहाँ जंगली जनावर त होलान् नि, स्याँ–स्याँ गर्दै प्रतीकले सोधे ।
पथ प्रदर्शकको जिम्मालिएझैँ गरी अर्कोले भन्यो– बुझ्यौं प्रतीक, पहिले यो शिवपुरी राष्ट्रिय निकुञ्जमात्र थियो । अहिले यसैमा नागार्जुन पनि थपेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनेको छ । यसको कुल क्षेत्रफल १ सय ५९ वर्ग किलोमिटर छ । यहाँ २ हजार १२२ प्रकारका रुख विरुवा छन् । त्यसमध्ये १ हजार २५० त पूmलफुल्ने रुख तथा विरुवा छन्, जसमध्ये ५७ थरीका औषधिजन्य वृक्ष छन् । तिमीले काठमाडौंदेखि नजीक छ भनेर हेपेका हौला । यही जङ्गलले त तिमी डाउनटाउनका वासिन्दाले उत्सर्जन गरेको प्रदुषण निलेर सास फेर्न अक्सिजन दिएको छ । कि कसो हो ?
साथीको कुरा सत्य थियो । त्यसैले कोही बोलेनन् । हो, वनस्पति फ्लोरा (ँयिचब) मा त अचम्मै धनि छ नि यो निकुञ्ज । त्यतिमात्र कहाँ हो र ? यो निकुञ्ज त कञ्चन पानीको भण्डार पनि हो जहाँबाट ऐतिहासिक र धार्मिक महत्व भएका बागमती, विष्णुमती, रुद्रमती, नागमती, स्यारमती, साङ्ला, टुसाल लगायत थुप्रै नदी, खोला र नाला छन् । धेरै गाउँ र शहरमा यिनै नदीको ताजा पानीलाई खाने पानीको रुपमा प्रयोग गरिएको छ । यो निकुञ्जले पर्यावरणमा सन्तुलन ल्याउन महत्वपूर्ण योगदान दिएको छ । चारैतिरबाट वनले घेरीएको हुनाले पनि राजधानीले सास फेर्न सकेको छ, जयले थपे ।
फेरि विस्कुट टोक्ने काम भयो । जीवजन्तु फोना (ँबगलब)को बारेमा प्रतीकको प्रश्न बाँकी थियो । यो निकुञ्जको सीमा काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक र धादिङसँग जोडिएको छ । निकुञ्ज प्रभावित क्षेत्रमा तामाङ्, गुरुङ, नेवार, क्षेत्री, बाहुन आदि जातिको बसोबास छ । चितवन र वर्दियामाझैँ यहाँ पनि यहाँका बासिन्दा जङ्गली जनावरबाट पीडित छन् । निकुञ्जका अनुसार यहाँ २४ थरीका जनावरको बसोबास रहेको छ । सानो फुस्रो चितुवा सहित नौ थरीका जनावर लोपोन्मुख अवस्थामा रहेका छन् । चितुवा, बन विरालो, हिमाली कालो भालु, घोरल, मृग, साम्बर, बदेल, आसामी बाँदर आदि ठूला जनावर यहाँ घुमफिर गर्छन् । त्यसै गरी १ सय ६ थरीका पुतली, ३ सय १८ थरीका चराचुरुङ्गीको घर यही हो । त्यसमध्ये १ सय १७ थरीका चरा वसार्इं सरेर आउने गर्दछन् । त्यसैले यो निकुञ्ज वनस्पति र जंगली जीवजन्तु र चराचुरुङ्गीमा पनि उत्तिकै धनि छ, जयले बिटमारे ।
वाश्तवमा उनीहरू विस्तारै हिड्दै, यी सबै कुरा पनि गर्दै थिए । त्यसैले थकाईको महसुस गरेका थिएनन् । देउराली पछि सानो खोल्सी तरे । उकालो लागे । कटुसका बडेमाका रुखले सूर्यको किरण जमिनमा पर्न रोकेको थियो । त्यस्तैमा तिनीहरू खुला ठाउँमा पुगे जुन बागद्वार नजिक थियो । मौसम खुलेको बेला त्यो खुला ठाउँबाट गौरीशङ्कर हिमालका जोडी देख्न सकिन्छ ।
वागद्वार पुगेपछि उनीहरू अचाक्ली रमाए । नयाँ ठाउँमा पुग्दा रमाउनु स्वभाविक हो । वागद्वार नेपालको बागमती नदीको शिर हो, जुन शिवपुरी पहाडको शिरवाट निस्केको छ । बागमती एक नदीमात्र नभएर मानव सभ्यता र संस्कृति को जननी हो । त्यसका अतिरिक्त यस क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, हिन्दु र बौद्ध धर्मावलम्बिको भरोसाको केन्द्र पनि हो । वागद्वारमा विभिन्न धार्मिक आस्था भएका स्थानीयले आफ्नो परम्परा अनुसार चाडपर्व मनाउने गर्दछन् । हजारौं वर्ष पहिले जव मानिसले प्रकृतिनै जननी हुन्, प्रकृतिको संरक्षण विना जीवजन्तु र वनस्पति रहन सक्दैनन् भन्ने जाने त्यसबेलादेखि प्रकृतिपूजाको शुरु भयो र आजसम्म त्यो चलिरहेछ । पृथ्वीलाई प्राणी र वनस्पतिको घर बनाईराख्न पुर्खाले प्रकृतिको पूजा गरे । त्यसको मर्म मानिसले बिर्सेको हुनाले आज पृथ्वी तातेको छ । युरोप र अमेरिकामा तातो वायुको कारण हजारौं मानिसको मृत्यु भएको छ । प्रलयको घण्टीको आवाज पृथ्वीमा घन्केको छ ।
स्याउ र विस्कुट सँगसँगै टोक्दै जयले भनेको कुरा गहिरो गरि मनन गरे । प्रतीक भने बाघको टाउकोको आकृति भएको तथा वाघको मुखबाट कलकली बगेको पानीको धारोमा पुगेर धार्मिक स्नान गरे । शिवपुरीको शीर तिरबाट सानो खोल्सीहुँदै आएको पानीलाई त्यसस्थानमा वाघको टाउकोको आकृति बनाएर बाघकै मुखबाट पानी झरेको बनाईएको छ, जस्ले बाघको मुख मूल भएर निस्केर बगेको नदी भयो र त्यसलाई बागमती नदी भनियो । शिवपुरी बाघको वासस्थान हो, वाघको वासस्थानमा मूल भएकाले बागमती भयो । जे होस, बागद्वार वरपर रहेका स–साना गुफामा भक्तालुले चढाएका ध्वजा, लुङ्दार, मूर्ति, तपस्थल, र पोखरी रहेको छ । प्रतीकले भिडियो र तस्वीर बनाए पछि उनीहरू उकालो लागे शिवपुरी चुलीतिर, जहाँ पार्वती खोज्दै कैलासबाट शिवजी त्यहीं बसी ध्यान गरेकाले शिवपुरी भनिएको थियो ।
बागद्वार नजिकै सन्यास आश्रम र सानो बौद्ध विहार रहेको छ । त्यहाँ कहिलेकाहीँ नेपाल र भारतका योगी, सन्यासीहरू शिवलाई जगाएर शिवधाम पुग्न ध्यानमा बसेका हुन्छन् । योगीहरू भएको समयमा त्यहाँ तीन–चार जनालाई खान र बस्न पनि मिल्दछ । त्यहाँबाट पुर्वतिर चिसापानी, मूलखर्क र उत्तरतिर शिवपुरी चुली जाने बाटो छुट्टिन्छ ।
कटुस, लालीगुराँसका रुख र निगालो घारीको वन देखियो । सिँढीको बाटो कटुसको रुखको टुप्पोतिर ठडियो । त्यो अन्तिम उकालो थियो । बागद्वारबाट करिव पैतालिस मिनटमा उनीहरू शिवपुरी चुलीमा पुगे ।
जय र प्रतीकको लागि शरीरले उकालो थेग्छ कि फिर्ता पठाउछ भनेर शरीरको क्षमता जाँच्ने बलमिटर पनि थियो शिवपुरीको यात्रा । उनीहरू त्यहाँपुग्दा शिवपुरी बाबा जालीभित्र गुपचुप बसेका थिए । असारे बादलले वरपरका सबै पहाडलाई गर्लम्म अँगालोमा बाँधेको थियो । हिउँदमा नीलो आकास भएको बेला हुन्थ्यो भने त्यहाँबाट अन्नपूर्ण दोस्रो, हिमालचुली, मनास्लु, लाङ्टाङ, जुगल जस्ता विशाल र सुन्दर हिमाल श्रृङ्खलाको ताँती लामलागेर उभिएको दृश्य देख्न सकिन्थ्यो । त्यसबेला त्यो दृश्य देखेझैँ गरी खुशी भएका थिए वर्खाको बेला पनि शिवपुरीको चुलीमा पुगेको भएर प्रतीक र जय ।

काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुली शिवपुरीको उचाइ २७३२ मिटर छ भने सबैभन्दा अग्लो फुलचोकीको उचाइ २७९१ मिटर रहेको छ । चम्पादेवी, चन्दागिरी, नगरकोट, मणिचुड, ककनी, जामाचो अन्य चुलीहरू हुन् जहाँबाट हिमालयको लामो श्रृङ्खलाका साथै उपत्यकाको पानोरामिक दृश्य देख्न सकिन्छ । शिवपुरी चुलीबाट पश्चिम–दक्षिण हुँदे विष्णुद्वार पुग्न सकिन्छ ।
शिवपुरी वावा जो भारतबाट आई चुलीमा पुगेर ध्यान गरेका थिए उनको शालिकको तस्वीर लिए । शालिकमा दिइएको जानकारी अनुसार उनको जन्म सन् १८२६ मा भएको थियो भने उनले सन् १९६३ मा समाधि लिएका थिए । त्यसलाई पत्याउने हो भने उनी १३७ वर्ष बाँचे । उनी ख्यातीप्राप्त योगी थिए भन्ने कुरा भारतका तत्कालिन राष्ट्रपति तथा दार्शनिक डा. सर्वेपल्लि राधाकृष्णन यहाँ आएर उनलाई भेटेकोबाट पनि थाह हुन्छ । उनलाई पशुपतिनाथ क्षेत्रको ध्रुवस्थलीमा समाधिस्थ गरिएको छ ।
त्यहाँबाट विदा भएर धर्मशालामा झरे । लामा तथा सेता दाह्री पालेका बाबाजीसँग गफ गर्दै चिया पिए । शिव प्रसाद ग्रहण गरे । आकाशमा ठूलो गर्जन सुनियो । असारको महिना भए तापनि त्यसबेलासम्म पानी परेको थिएन । झर्दै गर्दा पानी प¥यो । त्यो पनि प्रतीकलाई नौलो भयो, छाता ओढेर पनि हाइक ग¥यौँ भनेर सहपाठीहरूलाई गफ हाँक्न उनले सेल्फि हाने । त्यसदिन वुढानीलकण्ठ मन्दिरमा झर्दा उनीहरू करिव २० किलोमिटर हिँडेका थिए ।
तीनै जनाले फर्केर शिवपुरी चुलीलाई हेरे । शिवपुरीका थुम्का पनि शिव र पार्वती जस्तै देखिए । पानी मुहान क्षेत्रको वन भने त्यसैमा टाँसीईरहुँ जस्तो लाग्ने गरी गाढा हरियो देखियो । ठीक त्यसैबेला गोधूलितर्फ धकेलिँदै गरेको सूर्यको किरण एउटी सुन्दरी यौवनाको छातिमा पहेंलो पछ्यौंरी टाँसिएझैँ टपक्कै टाँसियो । गाढा हरियो वन सुनौलोरङ्मा परिणत भयो । त्यो सुनौलो किरण लम्पसार परेर सुतेका वुढानीलकण्ठको निधारमा प¥यो । उनी मुसुक्क मुस्काएझैँ गरे । त्यही बेला ती तीन यात्री सार्वजनिक बसबाट दक्षिणतिर लागे, मानिसहरूको भीडमा । फोहोरको दुर्घन्धित चुलीमा । मन्दिरै–मन्दिरको शहर कान्तिपुरी नगरीमा ।
असार ३०, २०७

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s